Nepal Life

इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपाल फुल अटोमेशनमा, छोटो समयमै तालिम सँगै प्राज्ञिक क्षेत्रमा फड्को मार्दै

Global Ime detail Page
  • BFIS News
  • 2024 Feb Mon 13:57
इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपाल फुल अटोमेशनमा, छोटो समयमै तालिम सँगै प्राज्ञिक क्षेत्रमा फड्को मार्दै
Sanima Reliance

काठमाडौं । बीमा आफैमा जटिल र प्राविधिक क्षेत्र हो । एकदमै लामो अनुभव भएका व्यक्तिहरुलाई पनि कहिलेकाँही समस्यामा पारिदिन्छ । यसले गर्दा बीमा क्षेत्रमा संलग्न जो सुकैलाई जुनसुकै समयमा तालिम तथा ज्ञानको आवश्यक पर्छ । यस्तै तालिम र ज्ञानको काम गर्ने उद्देश्य सहित नेपाल बीमा प्राधिकरण र बीमा कम्पनीहरुको संयुक्त लगानीमा २०७५ सालमा स्थापना भएको इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपालले आफ्ना सम्पुर्ण तालिमका कार्यक्रमलाई फुल अटोमेशनमा लगेको छ ।

NIMB

तालिममा सहभागी हुने सहभागीहरुको नाम रजिष्ट्रर गर्नेदेखि लिएर तालिमका सम्पुर्ण प्रकृयाँ सफ्टवेयर प्रणालीबाटै सञ्चालन गरिएको इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपालका प्रमुख कार्यकारी अधिकृत तथा नेपाल बीमा प्राधिकरणका निर्देशक शुसिलदेव सुवेदीले जानकारी दिए । उनले भने ‘इनस्टिच्युटले सिस्टमबाटै फुल फ्लेजमा सञ्चालन सुरु गरेको छ ।’

यदि कुनै पनि संस्थाले कर्मचारी तथा सहभागीहरुलाई तालिम दिन चाहेमा सबैभन्दा पहिला अनलाइन प्रणालीबाट लगइन गरी सम्पुर्ण विवरण इन्ट्री गर्नु पर्छ । लगइन पछि तालिममा लाग्ने शुल्कदेखि लिएर सबै कुराहरु सफ्टवेयरबाटै जानकारी दिइन्छ । साथ साथै तालिम दिने संस्थाले अनलाइनबाटै तालिमको शुल्क समेत भुक्तानी गर्न मिल्छ ।

तालिमा सहभागीहरुको हाजिरदेखि लिएर प्रतिक्रिया समेत अनलाइन प्रणालीमै प्राप्त हुन्छ । सहभागीहरुले प्रश्न उत्तर पनि अनलाइनबाटै गर्न पाउछन् । तालिम सम्पन्न भए पछि सर्टिफिकेट समेत सफ्टवेयर प्रणालीबाटै निर्माण हुन्छ । यस्तो प्रमाणपत्र सहभागीहरुले प्रिन्ट गरेर लिन पनि सक्ने छन् ।

यदि कुनै निकाय सँग समन्वय गर्नु परेमा सफ्टवेयरमा उपलब्ध लिङ्कबाटै जान सकिने व्यवस्था मिलाइएको छ । अर्को तर्फ तालिमका सम्पुर्ण तथ्याङ्क सफ्टवेयरमै उपलब्ध हुने भएकाले इन्स्टिच्युटलाई रिपोर्टिङ गर्न पनि सहज हुनेछ ।

हालसम्म इन्स्टिच्युटले १४२ वटा ट्रेनिङ सञ्चालन गरिसकेको छ । यस भन्दा अगाडी सम्पन्न भएका तालिमहरु कागजीप्रकृयाँमा आधारित थियो । अव सबै तालिमहरु सफ्टवेयरबाटै सञ्चालन हुने व्यवस्था मिलाइएको छ । इन्स्टिच्युटमा ८ जना पुर्ण कालिन र सपोर्टका रुपमा ४ हसित १२ जना कर्मचारीहरु रहेका छन् ।

प्राधिकरणले भोजराज शर्माको अवकास पछि निर्देशक शुसिलदेव सुवेदीलाई नै प्राधिकरणको कामका अतिरिक्त थप जिम्मेवारी सहित इन्स्टिच्युटको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको हो । सुवेदी विहान ९ बजेदेखि १० बजेसम्म काम गर्छन् । त्यस पछि नियमित कार्यसम्पादन गर्न प्राधिकरण पुग्छन् । आवश्यकताका आधारमा उनले समन्वय लगायतका कार्यहरु सम्पादन गर्छन् ।

सुवेदीले प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाले सँगै इन्स्टिच्युटले १० वटा भन्दा धेरै अन्तर्राष्ट्रिय संस्थाहरु सँग सहकार्यको लागि एमओयुमा सम्झौता गरिसकेको छ । इन्स्टिच्युटले तालिमका लागि तयार पारेका कतिपय पाठ्यक्रमहरुलाई आवश्यकताका आधारमा पियर रिभ्युका लागि तिनै अन्तर्राष्ट्रिय संस्थाहरुमा पठाउने गरेको छ । ति अन्तर्राष्ट्रिय संस्थाले रिभ्यु गरेर पठाइसके पछि इन्स्टिच्युटले त्यसलाई स्वीकृत गरेर सञ्चालनमा ल्याउने गरेको छ । यसो गर्दा तालिमको गुणस्तर र मान्यता समेत बढेको सुवेदी बताउछन् ।

पाठ्यक्रम अनुसार अनुभवी ट्रेनरको खोजि गरिन्छ । यसरी ट्रेनर खोज्दा पनि बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत तथा मानव संशाधन विभाग सँग समन्वय गरिन्छ । यदि तालिममा सहभागीहरुले ट्रेनर मन नपाएरमा दोहोर्याइदैन । प्रतिक्रियाका आधारमा ट्रेनरलाई निरन्तरता दिने या नदिने निर्णय गरिन्छ । इन्स्टिच्युटले यस्ता ट्रेनरहरुलाई वेवसाइटमा देखाइदिने गरेको छ ।

गत आर्थिक वर्षको ६ महिनाको तुलनामा यस वर्षको ६ महिनामा तालिमबाट आर्जन भएको आम्दानी ४० प्रतिशतले बढेको छ । यस आर्थिक वर्षमा मात्रै २० वटा भन्दा तालिम सञ्चालन भइसकेका छन् । जसबाट एक हजार भन्दा धेरै लाभान्वित भइसकेका छन् । यस वर्ष ४० भन्दा धेरै तालिम सञ्चालन गर्ने इन्स्टिच्युटको योजना रहेको छ ।  

इन्स्टिच्युटले अन्तर्राष्ट्रिय कार्यक्रमहरु पनि सञ्चालन गर्ने योजना बनाएको छ । छिट्टै प्राधिकरणको समन्वयमा एभिएसन इन्स्योरेन्स समिट पनि गर्दै छ । विश्वविद्यालय तथा क्याम्पसहरुमा बीमा सम्बन्धी खासै धेरै पढाइ हुने गरेको छैन । त्यसैले गर्दा इन्स्टिच्युटले आफै सर्टिफिकेसन कोर्ष बनाउदै छ । कोर्षका लागि आवश्यक पुस्तक तयार पार्ने काममा पनि अगाडी बढेको छ । जसले नेपालबाट बीमाको आधिकारिक पुस्तकहरु प्रकाशन गर्दै जानेछ । बीमा क्षेत्रलाई अध्ययन गर्न थप सहज होस भने इस्टिच्युटले आफै इन्स्योरेन्स लाइब्रेरी बनाउदैछ । जुन बीमा क्षेत्रको आधिकारिक सरकारी बीमा लाइब्रेरी हुनेछ । जसले अनुसन्धान गर्नेहरुलाई सहज हुनेछ ।

यसरी इन्स्टिच्युटले गरेका कामहरुमा केहि पनि समस्या नहोस भने प्राविधिक समुह समेत तयार पारेको छ । जसले भइरहेका कामहरुमा सुझाव प्रदान गर्नेछ । इन्स्टिच्युटका हरेक कामहरु उक्त टेक्निकल टिमबाट स्वीकृत भए पछि मात्रै अगाडी बढ्छ । इन्स्टिच्युटले अमेरिका, क्यानडा, जर्मनी, युकेका इन्स्योरेन्स इस्टिच्युटहरु सँग समेत समन्वय गरिरहेको छ । समन्वय पछि एमओयु गर्ने तयारीमा छ ।

बीमा क्षेत्रमा काम गर्ने जनशक्ति धेरै छ । जसले यसै क्षेत्रलाई आफ्नो जीवन सुम्पएका छन् । उनिहरुले आफुलाई शैक्षिक हिसावले पनि केन्द्रित गर्न खोजिरहेका छन् तर विश्वविद्यालयहरुले बीमालाई मात्रै केन्द्रित गरेर कोर्षहरु डिजाइन गरिरहेका छैनन् । यसै अवस्थालाई मध्यनजर गर्दै इन्स्टिच्युटले कुनै एउटा विश्वविद्यलायको सहकार्यमा रिस्क म्यानेजमेन्ट एण्ड इन्स्योरेन्समा डेडिकेटेड एमबिए कक्षा सञ्चालन गर्दै छ । यस्तो कोर्ष इन्स्टिच्युट आफैले सञ्चालन गर्ने योजना रहेको छ । यसको मोडालिटी भने तय हुन बाँकी छ ।

यसै वर्ष इन्स्टिच्युटको सञ्चालक समितिमा पनि केहि फेरबदल भएको छ । सूर्यज्योति लाइफका प्रमुख कार्यकारी अधिकृत प्रकाश बिक्रम खत्रीको स्थानमा पोषकराज पौडेल र सिद्धार्थ प्रिमियरका सिइओ विरेन्द्र बैदवारको स्थानमा नेपाल पुनर्बीमाका दामोदर भण्डारी सञ्चालक भएका छन् । अन्य सञ्चालकहरुमा पनि फेरबदल भएको छैन ।   

२०७५ साउन ६ गते तत्कालिन बीमा समिति, निर्जीवन बीमा कम्पनी र जीवन बीमा कम्पनीहरुबाट २/२ लाख रुपैयाँ बीज पूँजी संकलन गरि इन्स्टिच्युटको स्थापना भएको थियो । तत्पश्चत २०७५ माघ १० गते तालिम इन्स्टिच्युट कम्पनीको रुपमा कम्पनी ऐन २०६३ अन्तर्गत ‘इन्स्योरेन्स इन्स्टिच्युट नेपाल लिमिटेड’को रुपमा स्थापना भएको हो । बीमा कम्पनीका कर्मचारी तथा अभिकर्ताहरुको क्षमता अभिबृद्धि गर्ने उद्देश्यका साथ स्थापना भएको इन्स्टिच्युटले आफ्ना सुरुवाति केहि लक्ष्यहरु पुरा गरिसकेको छ भने केहि पुरा गर्ने चरणमा छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया