Nepal Life

लक्ष्मी सनराइज बैंकको १० प्रतिशत बोनससहित २ अर्ब ५६ करोड लाभांश घोषणा

NMB Bank
  • BFIS News
  • 2025 Nov 17 10:55
लक्ष्मी सनराइज बैंकको १० प्रतिशत बोनससहित २ अर्ब ५६ करोड लाभांश घोषणा
National Life

काठमाडौं। मर्जरपछि लगातार दुई वर्ष क्रमशः ५ प्रतिशत र ७ प्रतिशत लाभांश वितरण गरेको लक्ष्मी सनराइज बैंकले यस वर्ष आफ्ना शेयरधनीहरूलाई थप आकर्षक लाभांश प्रस्ताव गरेको छ। बैंकले गत आर्थिक वर्षको मुनाफाबाट १० प्रतिशत बोनस शेयर र ०.५३ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) वितरण गर्ने निर्णय गरेको हो।

Shikhar
NIMB

लक्ष्मी सनराइज बैंक लिमिटेड (LSL) को हालको चुक्ता पूँजी २३ अर्ब ३४ करोड रुपैयाँ रहेको छ। प्रस्तावित १० प्रतिशत बोनस शेयर वितरणपछि बैंकको चुक्ता पूँजी २५ अर्ब ६७ करोड रुपैयाँ पुग्नेछ। बोनस तथा नगद गरी बैंकले यस वर्ष कुल २ अर्ब ५६ करोड रुपैयाँ लाभांशका लागि विनियोजन गर्ने गरेको छ।

कात्तिक ३० गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि शेयरधनीहरूलाई वितरण गरिनेछ।

बोनस शेयरको वितरणसँगै बैंकको पूँजी बलियो हुँदै शेयरधनीहरूको मूल्य वृद्धि हुने बैंकले विश्वास लिएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया