सलिकोद्वारा कृषि, पशुपंक्षी तथा विपद् बीमा जोखिम न्यूनिकरण सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न
- BFIS News
- 2026 Jan 27 18:12
काठमाडौं। सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडको आयोजनामा माघ १२ गते उदयपुर जिल्लाको रौतामाई नगरपालिका वडा नं. ७ स्थित सभा हलमा कृषि, पशुपंक्षी तथा विपद् बीमा जोखिम न्यूनिकरण सम्बन्धी छलफल तथा सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
उक्त कार्यक्रम सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीका कोशी प्रदेश प्रमुख नारायण गौतमको अध्यक्षतामा तथा रौतामाई नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष मनोज कुमार राणा मगरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रमको सञ्चालन सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी, गाईघाट शाखाका प्रमुख धन बहादुर कटूवालले गरेका थिए ।
कार्यक्रममा कार्यालयका कृषि तथा पशु प्राविधिक, अन्य कर्मचारीहरू, स्थानीय प्रतिनिधि तथा अगुवा कृषकहरू गरी जम्मा ४० जनाको सहभागिता रहेको थियो । सो अवसरमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीका कृषि तथा पशुपंक्षी विभाग प्रमुख उमेश ढकालले कृषि तथा पशुपंक्षी बीमा प्रक्रिया, दाबी गर्दा आवश्यक पर्ने कागजात तथा अपनाउनुपर्ने महत्वपूर्ण प्रक्रियाबारे जानकारी गराएका थिए ।
कार्यक्रमले स्थानीय कृषकहरूलाई बीमाको महत्वबारे सचेत गराउँदै सम्भावित जोखिम न्यूनिकरणमा सहयोग पुग्ने विश्वास लिइएको छ ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)
















प्रतिक्रिया