Nepal Life

रास्वपाले दुईतिहाइ नै ल्याउन सक्ने आकलन, नेपालको सबैभन्दा शक्तिशाली प्रजातान्त्रिक दल बन्दै

NMB Bank
  • BFIS News
  • 2026 Mar 06 09:16
रास्वपाले दुईतिहाइ नै ल्याउन सक्ने आकलन, नेपालको सबैभन्दा शक्तिशाली प्रजातान्त्रिक दल बन्दै
National Life

काठमाडौं। विभिन्न सञ्चार माध्यम तथा पत्रकारहरूले निर्वाचनअघि गरेको स्थलगत अवलोकनका आधारमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले एकल बहुमतसम्म ल्याउन सक्ने आकलन सार्वजनिक गरेका थिए। अहिले सार्वजनिक भइरहेका निर्वाचनका प्रारम्भिक मतपरिणामहरूले त्यस्तो सम्भावनालाई थप बल पुर्‍याइरहेको देखिएको छ।

Shikhar
NIMB

देशका विभिन्न जिल्लाको अवस्था बुझेर फर्किएका विश्लेषक तथा पत्रकारहरूले यसपटकको निर्वाचनले अप्रत्याशित नतिजा दिन सक्ने संकेत यसअघि नै दिएका थिए। उनीहरूका अनुसार जनमतमा आएको तीव्र परिवर्तनले परम्परागत राजनीतिक दलहरूको गणित बिग्रिन सक्ने देखिएको थियो।

“देशको मुटु छामेर फर्किँदा एउटा दाबी गरेको थिएँ यसपालिको चुनावले २०१५ सालपछिकै सबैभन्दा ठूलो र अनपेक्षित नतिजा ल्याउनेछ,” एक पत्रकारले सामाजिक सञ्जालमार्फत लेखेका छन्। उनका अनुसार अहिले देखिएका प्रारम्भिक संकेतहरू पनि त्यही चकित पार्ने दिशातर्फ इशारा गरिरहेका छन्।

इतिहास फर्केर हेर्दा 1959 Nepalese general election (२०१५ सालको आमनिर्वाचन) मा नेपाली कांग्रेसले दुईतिहाइ बहुमतसहित सरकार गठन गरेर ऐतिहासिक उपलब्धि हासिल गरेको थियो। अहिलेको जटिल मिश्रित निर्वाचन प्रणालीमा कुनै एक दलले दुईतिहाइ बहुमत ल्याउनु कठिन मानिए पनि प्रारम्भिक संकेतहरूले राजनीतिक समीकरणमा ठूलो परिवर्तन आउन सक्ने चर्चा सुरु भएको छ।

विश्लेषकहरूका अनुसार मतगणनाको अन्तिम नतिजा आउन अझै समय लाग्ने भए पनि प्रारम्भिक परिणामहरूले यसपटकको निर्वाचनले सबैको राजनीतिक गणित फेल खुवाउन सक्ने संकेत दिएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीको अप्रत्याशित प्रदर्शनले आगामी दिनमा नेपालको राजनीतिमा नयाँ अध्याय सुरु हुन सक्ने आँकलन गरिएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया