Nepal Life

हिमालयन पावर पार्टनर ५० प्रतिशत हकप्रद शेयर वैशाख १७ देखि निष्काशन हुने

NMB Bank
  • BFIS News
  • 2026 Apr 13 11:05
हिमालयन पावर पार्टनर ५० प्रतिशत हकप्रद शेयर वैशाख १७ देखि निष्काशन हुने
United Ajod

काठमाडौं । हिमालयन पावर पार्टनर लिमिटेडले आगामी वैशाख १७ गतेदेखि आफ्ना शेयरधनीहरूका लागि ५० प्रतिशत हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको आधारमा १ कित्ता शेयर बराबर ०.५ कित्ता अनुपातमा हकप्रद शेयर जारी गर्न लागेको हो।

Shikhar
Nepal Life
NIMB

यस योजना अन्तर्गत कम्पनीले कुल ५३ करोड २७ लाख ८ हजार ५०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ५३ लाख २७ हजार ८५ कित्ता हकप्रद शेयर निष्काशन गर्ने जनाएको छ।

हकप्रद शेयर निष्काशन प्रयोजनका लागि कम्पनीले चैत १० गते बुक क्लोज गरिसकेको छ। यसअनुसार चैत ९ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम रहेका शेयरधनीहरूले मात्र हकप्रद शेयरमा आवेदन दिन पाउनेछन्। आवेदन दिने अन्तिम मिति जेठ ६ गते तोकिएको छ।

कम्पनीले हकप्रद निष्काशनका लागि प्राप्त गरेको क्रेडिट रेटिङअनुसार केयर रेटिङ्ग नेपालले ‘केयरएनपी डबल बी माइनस’ इस्यूअर रेटिङ प्रदान गरेको छ, जसले कम्पनीको वित्तीय दायित्व बहन क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्दछ।

हकप्रद शेयरको निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताहरूले ग्लोबल आइएमई बैंकका बेशीशहर, दोर्दी, भोटेओडार र उदिपुर शाखाबाट आवेदन दिन सक्नेछन्। साथै, नेपाल धितोपत्र बोर्डबाट स्वीकृत सी-आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थामार्फत सी-आस्बा प्रणाली प्रयोग गरी वा सिडिएस एण्ड क्लियरिङ लिमिटेडद्वारा विकसित ‘मेरो शेयर’ अनलाइन प्रणालीबाट समेत आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ६ करोड ५४ लाख १७ हजार रुपैयाँ रहेको छ। हकप्रद शेयर निष्काशन तथा बाँडफाँटपछि कम्पनीको चुक्ता पूँजी १ अर्ब ५९ करोड ८१ लाख २५ हजार ५०० रुपैयाँ पुग्नेछ।

कम्पनीले हकप्रद शेयरमार्फत संकलन हुने रकम प्राइम कमर्सियल बैंकको अगुवाइमा नबिल बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, प्रभु बैंक तथा हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीसँग लिएको सहवित्तीयकरण ऋण तिर्न प्रयोग गर्ने जनाएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया