NIMB Header 2
Prabhu Mahalaxmi

सानिमा बैंकका सीईओमा पवनकुमार आचार्य, आजदेखि सुरु भयो ४ वर्षे कार्यकाल

United Ajod
  • BFIS News
  • 2026 Jan 26 10:10
सानिमा बैंकका सीईओमा पवनकुमार आचार्य, आजदेखि सुरु भयो ४ वर्षे कार्यकाल
IME LIFE

काठमाडौं। सानिमा बैंकका नव–नियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) पवनकुमार आचार्यले आजदेखि आफ्नो चार वर्षे कार्यकाल औपचारिक रूपमा सुरु गरेका छन्। बैंक सञ्चालक समितिले गत कार्तिक २४ गते नै आचार्यलाई सीईओ नियुक्त गर्ने निर्णय गरेको थियो।

Nepal Life
NIMB

हालसम्म सीईओ रहेका निश्चलराज पाण्डेले चार वर्षे कार्यकाल पूरा गरी आजदेखि जिम्मेवारीबाट बाहिरिएका छन्। पाण्डेको कार्यकाल माघ ११ गते समाप्त भएको थियो।

सोमबार साँझ बसेको सानिमा बैंकको सञ्चालक समिति बैठकले आचार्यलाई माघ १२ गतेदेखि लागू हुने गरी आगामी चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्ने निर्णय गरेको हो। आचार्य यसअघि सानिमा बैंककै डेपुटी सीईओका रूपमा कार्यरत थिए।

२०६० सालमा बैंक स्थापना भएदेखि नै सानिमा बैंकमा आबद्ध रहेका आचार्यले बैंकिङ क्षेत्रमा २१ वर्षभन्दा बढी अनुभव संगालेका छन्। उनले यसअघि बैंकका कर्जा, जोखिम व्यवस्थापन, सञ्चालन लगायतका दश विभागमा विभागीय प्रमुखका रूपमा काम गर्दै व्यापक अनुभव बटुलेका छन्।

कर्जा मूल्याङ्कन, डिजिटलाइजेसन तथा परियोजना लगानीका क्षेत्रमा विज्ञ मानिने आचार्य सानिमा बैंकको सहायक कम्पनी सानिमा क्यापिटलको सञ्चालक समितिमा अध्यक्षका रूपमा पनि कार्यरत छन्। शैक्षिक योग्यता तर्फ उनले अमेरिकाको पिट्सबर्ग स्टेट युनिभर्सिटीबाट स्नातकोत्तर उपाधि हासिल गरेका छन्।

नयाँ नेतृत्वसँगै सानिमा बैंकले डिजिटल बैंकिङ विस्तार, कर्जा प्रवाहको गुणस्तर सुधार तथा दिगो वित्तीय वृद्धिमा थप गति लिने अपेक्षा गरिएको छ।

शेयर गर्नुहोस

Nepal Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया