NIMB Header 2
Nepal Life

‘बागमती प्रदेश साकोस समिट–२०८०’ आयोजना हुने

Sagarmatha Lumbini
  • BFIS News
  • 2024 Feb 19 14:16
‘बागमती प्रदेश साकोस समिट–२०८०’ आयोजना हुने
IME LIFE

काठमाडौं । बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (बागमती प्रोस्कुन) को आयोजनामा ‘बागमती प्रदेश साकोस समिट–२०८०’ आयोजना हुने भएको छ। समिट १६ र १७ फागुनमा भक्तपुरको गठ्ठाघरमा आयोजना हुन लागेको हो।

Nepal Life
NIMB

बागमती प्रोस्कुनका अध्यक्ष उद्धव सापकोटाले ‘सहकारी सुदृढीकरणको आधार : सहकार्य, एकता र विश्वास’ भन्ने मूल उद्देश्यका साथ सम्मेलन हुन लागेको जानकारी दिए। उनले प्रदेशका १३ वटै जिल्लाका प्रतिनिधि सहभागि रहने बताए।

सहकारी सञ्चालक तथा व्यवस्थापकको क्षमता विकासका लागि नयाँ विषयमा बहस चलाउने, सहकारीका असल अभ्यासलाई धेरै संस्थामा पुर्‍याउने र अभियानमा ऐक्यबद्धता कायम गर्ने तथा सहकारी संस्कृतिलाई विशिष्ट संस्कृतिको रुपमा बचाइ राख्ने समिटको उद्देश्य रहेको आयोजकले जनाएको छ।

त्यसैगरी अभियानका साझा सवालहरुमा साझा धारणा विकास गरी बहस पैरवीमा प्रभावकारिता ल्याउने, सहकारीका वर्तमान चुनौतीहरुको सामनाका लागि कार्यक्रममार्फत सबै संस्थालाई जागरुक गराउने र बचत तथा ऋण सहकारी सञ्जालमा कार्यगत एकता कायम गर्ने उद्देश्य रहेको अध्यक्ष सापकोटाले उल्लेख गरे।

शेयर गर्नुहोस

United Ajod

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया