नेप्सेका नयाँ सीईओलाई लगानीकर्ताको सुझाव : शेयर राफसाफ र भुक्तानी प्रणाली छिटो बनाउन माग
- BFIS News
- 2026 Nov 28 09:34
काठमाडौं, मंसिर १२ गते । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रताप सुवेदीलाई लगानीकर्ताले शेयर कारोबार राफसाफ तथा भुक्तानी प्रणाली छिटो र प्रभावकारी बनाउन सुझाव दिएका छन्।
नेपाल पुँजीबजार लगानीकर्ता संघका अध्यक्ष एसपी चौलागाईंको नेतृत्वमा नेप्सेको कार्यालय पुगेको लगानीकर्ताको प्रतिनिधिमण्डलले आज सीईओ सुवेदीलाई भेटेर यस्तो सुझाव दिएको हो।
भेटका क्रममा संघले सुवेदीलाई नयाँ जिम्मेवारीका लागि बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ। साथै नेपालको पुँजीबजारलाई पारदर्शी, प्रतिस्पर्धी, प्रविधिमैत्री, विश्वसनीय तथा लगानीकर्तामैत्री बनाउन आवश्यक सुधारका विषयमा ध्यानाकर्षण गराएको छ।
संघले नेप्से परिसूचक गणना प्रणालीलाई वास्तविक कारोबारयोग्य शेयरको अवस्थासमेत प्रतिबिम्बित हुने गरी पुनरावलोकन तथा सुधार गर्नुपर्ने सुझाव दिएको छ। त्यस्तै, अन्तर्राष्ट्रिय स्तरको सुरक्षित र भरपर्दो कारोबार प्रणाली विकास गर्न, दोस्रो बजारमा लगानीकर्ताको सहज पहुँच तथा कारोबार स्वतन्त्रता सुनिश्चित गर्न र बजारको तरलता अभिवृद्धिका लागि आधुनिक वित्तीय उपकरण तथा संस्थागत सहभागिता प्रवर्द्धन गर्नुपर्ने माग राखेको छ।
यसैगरी शेयर राफसाफ तथा भुक्तानी प्रणालीलाई थप छिटो र प्रभावकारी बनाउन, बजारको पारदर्शिता र सुशासन कायम गर्न तथा लगानीकर्ता संरक्षणलाई सुदृढ बनाउन आवश्यक नीतिगत र व्यावहारिक सुधार गर्न संघले आग्रह गरेको छ।
संघका अध्यक्ष चौलागाईंले नेप्सेको नयाँ नेतृत्वले संस्थागत सुशासन, व्यावसायिक कार्यक्षमता, प्रविधिगत आधुनिकीकरण र लगानीकर्ताको विश्वास अभिवृद्धिलाई आफ्नो कार्यकालको प्रमुख उपलब्धिका रूपमा स्थापित गर्ने विश्वास व्यक्त गरे।
उनले नेपालको पुँजीबजारमा आबद्ध लाखौँ लगानीकर्ताको हित संरक्षण गर्दै बजारलाई देशको आर्थिक विकास र समृद्धिको महत्वपूर्ण आधार बनाउन संघ नेप्से तथा सम्बन्धित नियामक निकायसँग रचनात्मक सहकार्य, नीतिगत सुझाव र संस्थागत समन्वयका लागि तयार रहेको बताए।
संघले सुवेदीको कार्यकाल नेपालको पुँजीबजारको इतिहासमा सुधार, आधुनिकीकरण, पारदर्शिता र लगानीकर्ताको विश्वास पुनःस्थापनाको महत्वपूर्ण कार्यकाल बन्ने विश्वाससमेत व्यक्त गरेको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1794925158_1200x100.gif)




 (3) (1).gif)


.gif)
.gif)









प्रतिक्रिया