Siddartha Bank
Prabhu Mahalaxmi

नेष्डो समृद्ध लघुवित्तको आठौं वार्षिक साधारणसभा पुस ३ गते

Sanima Reliance
  • BFIS News
  • 2026 Nov 27 10:30
नेष्डो समृद्ध लघुवित्तको आठौं वार्षिक साधारणसभा पुस ३ गते
United Ajod

काठमाडौं, मंसिर ११ गते । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले पुस ३ गते आठौं वार्षिक साधारणसभा बोलाएको छ।

 

Siddartha Bank
EBL
Nepal Life

संस्थाको सञ्चालक समितिको मंसिर १० गते बसेको बैठकले पर्वतको कुश्मास्थित रोयल कुश्मा रिसोर्टमा बिहान ११ः३० बजे सभा गर्ने निर्णय गरेको हो।

सभामा सञ्चालक समितिका तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने प्रस्ताव रहेको छ। त्यस्तै, आर्थिक वर्ष २०८२/८३ को लेखापरीक्षकको प्रतिवेदनसहित वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सम्बन्धित अनुसूचीहरू छलफल गरी पारित गरिनेछ।

सभामा लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पनि पेस हुनेछ। साथै, सञ्चालक समितिका सदस्यहरूको नियुक्ति अनुमोदन गर्ने र सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने दुई जना सञ्चालकको निर्वाचन गर्ने कार्यसूची रहेको छ।

त्यसैगरी, संस्थाको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने विशेष प्रस्ताव सभामा पेस हुनेछ। प्रस्तावित संशोधनमा नियमनकारी निकायबाट कुनै फेरबदल वा परिमार्जन गर्न निर्देशन आएमा सोहीअनुसार संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्तावसमेत रहेको छ।

सभाले अन्य इजाजतपत्र प्राप्त एक वा एकभन्दा बढी उपयुक्त लघुवित्त वित्तीय संस्थालाई गाभ्ने वा प्राप्ति गर्ने प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई अधिकार दिने प्रस्ताव पनि पारित गर्नेछ। यसअन्तर्गत समझदारीपत्रमा हस्ताक्षर गर्ने, सम्पत्ति तथा दायित्वको मूल्यांकनका लागि मूल्यांकनकर्ता नियुक्त गर्ने र मर्जर तथा प्राप्तिसम्बन्धी आवश्यक प्रक्रिया अगाडि बढाउने विषय समेटिएका छन्।

संस्थाले साधारणसभा प्रयोजनका लागि मंसिर १८ गते शेयर दाखिला खारेज किताब बन्द गर्ने जनाएको छ। त्यसअनुसार मंसिर १७ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कारोबार भई तोकिएको समयभित्र शेयर रजिस्ट्रार ग्लोबल आईएमई क्यापिटल लिमिटेडमा शेयर नामसारी गराएका शेयरधनीहरू मात्र साधारणसभामा सहभागी हुन योग्य हुनेछन्।

शेयर गर्नुहोस

Sanima Reliance Life Insurance Company

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया