हिमालयन बैंकलाई भिसा लिडरसिप कन्क्लेभमा दुई अवार्ड
- BFIS News
- 2026 Nov 25 15:36
काठमाडौं । हिमालयन बैंक लिमिटेडले भुक्तानी कार्ड तथा मर्चेन्ट अक्वायरिङ व्यवसायमा उत्कृष्ट प्रदर्शन गरेको भन्दै भिसा लिडरसिप कन्क्लेभमा दुईवटा अवार्ड प्राप्त गरेको छ।
बैंकले आफ्नो स्थापनादेखि हालसम्मकै उच्च अक्वायरिङ कारोबार रेकर्ड कायम गरेको उपलब्धिको कदरस्वरूप ‘एक्सिलेन्स इन कन्ट्याक्टलेस अक्वायरिङ’ र ‘एक्सिलेन्स इन पीओएस अक्वायरिङ बिजनेस (प्रिन्सिपल क्लाइन्ट)’ अवार्ड प्राप्त गरेको हो।
यी अवार्डले डिजिटल भुक्तानी तथा कार्ड कारोबारको क्षेत्रमा बैंकले हासिल गरेको प्रगति र सेवा विस्तारलाई प्रतिबिम्बित गरेको छ। विशेषगरी कन्ट्याक्टलेस भुक्तानी र पीओएसमार्फत हुने कारोबारमा बैंकको बढ्दो सक्रियतालाई यसले मान्यता दिएको छ।
हाल हिमालयन बैंकले देशभर १५७ शाखा, ११ एक्सटेन्सन काउन्टर र २७९ एटीएममार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ। बैंकको सेवा सञ्जालमा ९ हजारभन्दा बढी पीओएस टर्मिनल र ८ हजार ५०० रेमिट्यान्स भुक्तानी केन्द्रसमेत रहेका छन्।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1794925158_1200x100.gif)




 (3) (1).gif)


.gif)
.gif)










प्रतिक्रिया