Siddartha Bank
Prabhu Mahalaxmi

हिमालयन लघुवित्तको १५औँ वार्षिक साधारणसभा पुस ८ गते बस्ने

Sanima Reliance
  • BFIS News
  • 2026 Nov 26 13:54
हिमालयन लघुवित्तको १५औँ वार्षिक साधारणसभा पुस ८ गते बस्ने
United Ajod

काठमाडौं, १० मंसिर । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो १५औँ वार्षिक साधारणसभा आगामी पुस ८ गते बोलाएको छ । संस्थाको मंसिर ९ गते बसेको सञ्चालक समितिको बैठकले बुधबार बिहान ११ बजे काठमाडौंको त्रिपुरेश्वरस्थित बोगनभिल्ला इभेन्ट्समा साधारणसभा गर्ने निर्णय गरेको हो ।

 

Siddartha Bank
EBL
Nepal Life

सभाले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई वितरण गर्न प्रस्ताव गरिएको कुल ५ प्रतिशत लाभांश पारित गर्नेछ । जसअनुसार संस्थाले हाल कायम चुक्ता पुँजीको ४.७५ प्रतिशत बोनस सेयर र बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

संस्थाको हाल कायम चुक्ता पुँजी ३४ करोड १० लाख ८६ हजार रुपैयाँभन्दा बढी रहेको छ । प्रस्तावित लाभांशअनुसार संस्थाले करिब १ करोड ६२ लाख रुपैयाँ बराबरको बोनस सेयर र ८ लाख ५२ हजार रुपैयाँभन्दा बढी नगद लाभांश वितरण गर्नेछ ।

साधारणसभामा आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितका वित्तीय विवरणहरू छलफल गरी पारित गर्ने प्रस्ताव पनि रहेको छ । साथै, आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने, सर्वसाधारण सेयरधनीका तर्फबाट एक जना सञ्चालक निर्वाचित गर्ने तथा संस्थाको प्रबन्धपत्र र नियमावली संशोधन गर्ने प्रस्ताव सभामा पेस हुनेछन् ।

त्यस्तै, अन्य उपयुक्त लघुवित्त वित्तीय संस्थासँग मर्जर तथा एक्विजिसनसम्बन्धी प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाको कार्यसूचीमा रहेको छ ।

साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि संस्थाले मंसिर २३ गते एक दिन सेयरधनी दर्ता पुस्तिका बन्द गर्ने भएको छ । यसअनुसार मंसिर २२ गतेसम्म नेपाल स्टक एक्सचेन्जमा सेयर कारोबार भई कायम रहेका सेयरधनीले साधारणसभामा सहभागी हुन र प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन् ।

शेयर गर्नुहोस

Sanima Reliance Life Insurance Company

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया