Nepal Life

कमजोर अर्थतन्त्रको फाइदा उठाउदै बैंक वित्तीय क्षेत्रमा एक पछि अर्को आक्रामण, सामाजिक सञ्जाल र सञ्चार माध्यमको दुरुपयोग

Global Ime detail Page
  • BFIS News
  • 2024 Feb Tue 05:34
कमजोर अर्थतन्त्रको फाइदा उठाउदै बैंक वित्तीय क्षेत्रमा एक पछि अर्को आक्रामण, सामाजिक सञ्जाल र सञ्चार माध्यमको दुरुपयोग
Sanima Reliance

काठमाडौं । बैंकिङ क्षेत्र एकदमै संबेदनशिल क्षेत्र हो । अर्थतन्त्र सिथिल भइ आम मानिसको मनस्थिति कमजोर भइरहेको अवस्थामा सुनियोजित रुपमा विभिन्न सामाजिक सञ्जाल तथा सञ्चार माध्यम मार्फत बैंकको विषयमा एकदमै भ्रामक प्रचार भइरहेका छन् । केहि समय अगाडी सहकारीमा यस्तै भयो जसले गर्दा आजका दिनमा सहकारीमा ठुलो समस्या देखिएको छ ।

NIMB

सञ्चार माध्यमहरुले नै केहि समय अगाडी लघुवित्त वित्तीय संस्थाहरुको विषयमा नकारात्मक सन्देश प्रवाह गरे । परिणाम अहिले लघुवित्त वित्तीय संस्थामा ठुलो समस्या देखिएको छ । यसरी एक पछि अर्को वित्तीय क्षेत्रलाई सिध्याउने काम भइरहेको छ । अर्थतन्त्रमा आइरहके साना तिना धक्काले सबैभन्दा पहिला वित्तीय क्षेत्रलाई नै असर गर्छ । तर यस्ता वित्तीय क्षेत्र विश्वासमा अडिएका हुन्छन् । सामाजिक सञ्जाल तथा सञ्चार माध्यमले सहकारी, लघुवित्त वित्तीय संस्था, बैंकहरुका विषयमा फैलाएका नकारात्मक धारणाले पक्कै पनि निक्षेपकर्ता र ऋणी दुबैको मनोबल कमजोर हुन्छ ।

लघुवित्त वित्तीय संस्थाहरुले महंगो व्याजदरमा कर्जा प्रवाह गरिरहेको भन्ने कुराहरु जव विभिन्न सामाजिक सञ्जाल तथा सञ्चार माध्यमबाट आयो अहिले सबैभन्दा ठुलो समस्यामा लघुवित्त वित्तीय संस्था छन् । लघुवित्त वित्तीय संस्थाहरु अन्य बैंकहरु भन्दा फरक प्रकृतिका हुन्छन् । जसको सञ्चालन खर्च अधिक हुन्छ । चुक्ता पूँजी काम हुने भएकाले यस्ता संस्थाको प्रतिशेयर आम्दानी पनि धेरै देखिन्छ । अर्को तर्फ उनिहरुले जोखमियुक्त क्षेत्रमा कर्जा प्रवाह गर्ने भएकाले स्वभाविक रुपमा बढि चार्ज गर्छन् । सामाजिक सञ्जाल सञ्चार माध्यममा आएका एक दुई वटा समाचारको आधारमा राष्ट्र बैंक पनि हल्लियो र नीति नै परिवर्तन गर्यो ।

जव राष्ट्र बैंकले कर्जा लगानीमा क्याप लगाइदियो त्यस पछि लघुवित्त वित्तीय संस्थाहरु यसरी समस्यामा परे अव उम्किन धेरै गाह्रो छ । त्यस्तै केहि सहकारीको बदमासीलाई लिएर सामाजिक सञ्जाल र सञ्चार माध्यममा समाचार आउन थाले पछि सहकारीका सदश्यहरुले पैसा झिक्न थाले । यसरी सदश्यहरुको विश्वास गुम्दा अहिले सहकारीहरु सबैभन्दा ठुलो समस्यामा छन् । राम्रो नियतका साथ काम गरिरहेका सहकारीहरु पनि सदश्यहरुले बचत झिकिदिदा तरलता धान्न नसक्ने अवस्थामा पुगेका छन् । हुँदा हुँदा बचत फिर्ता गर्न नसक्ने र थप कर्जा विस्तार पनि गर्न नसक्ने अवस्थामा पुर्याइदियो ।

पछिल्लो केहिदेखि यस्तो आक्रामक बैंकिङ प्रणालीमा देखिन थालेको छ । एनआइसी एशियाको नामै किटेर दुर्गा प्रसाइले राखेको फेसबुक पोष्टले लाखौ सोझा साझा जनताको विश्वास धरमराएको छ । यसरी एउटा सामाजिक रुपमा चर्चित व्यक्तिले यति ठुलो क्षेत्रमा आक्रामण गर्नु भनेको अन्य क्षेत्र पनि सकिनु हो । अहिले एनआइसी एशियाले सहकारी तथा लघुवित्तको जस्तै समस्या भोग्नु परेको छ । यस अवधिमा बैंकले विश्वास दिलाउन धेरै प्रयास गर्नु परेको छ । कर्जा रिकभरी तथा व्यवसायमा ध्यान केन्द्रित गर्नु पर्ने समयमा सञ्चार माध्यम तथा सामाजिक सञ्जालको आक्रमलाई डिफेन्स गरेर बस्नु परेको छ ।

यस्ता हावा कुरा गरेर हिड्ने कसैलाई पनि विश्वास गर्न नहुने पूर्व बैंकर तथा बैंकिङ विज्ञ परशुराम कुवर बताउछन् । उनले आफ्नो सामाजिक सञ्जाल मार्फत ‘अहिले बजारमा ख़ास गरेर सामाजिक संजालमा  कतिपय हावादारी कुरा गरेको, यस्तो कुराहरुको पछि लागेको देख्छु। बैंकिंग क्षेत्र एकदमै समवेदनसिल क्षेत्र हो र यस्को अस्तित्व जनताको विश्वासमा टिकेको हुन्छ। तसर्थ बैकहरुको बारेमा (अझ कुनै अमुक बैकको नामै लिएर) वोल्दा वा लेख्दा निकै नै समवेदनशिल हुन जरुरी हुन्छ ।’  

उनले थपे ‘अनावस्यक र अनर्गल प्रचार गर्ने, भ्रम सृजना गर्ने, उत्तेजना फैलाउने आदि गर्नु हुदैन र यस्ता प्रचार गर्नेहरुलाई निरुत्साह गर्ने र राज्यले पनि बेलैमा क़ानून बमोजिम आवश्यक कारवाही गर्नुपर्छ ।’

राष्ट्र बैकले बैक तथा वित्तीय संस्थाहरुको ख़ास गरेर ठुला सस्थाहरुको अनुगमन अति नै नजिकबाट गर्ने कुवर बताउछन् । राष्ट्र बैकले बैक तथा वित्तीय संस्थाहरुबाट विभिन्न तथ्याकंहरु दैनिक, साप्ताहिक, मासिक र त्रैमासिक रुपमा लियर अनुगमन गर्नाको साथै आवधिक (सामन्यत: वार्षिक), लक्षित र  विशेष निरीक्षण तथा सुपरिवेक्षण गरेर आवश्यक कार्यवाही गर्दछ र यस्ता कार्यवाहीको विवरण त्रैमासिक रुपमा प्रकाशित पनि हुदै आएकोछ।

अहिलेको मुलुक एकदमै जटिल अवस्थाबाट गुज्रिरहेको छ । त्यसैले सबै जनाले धैर्य गर्नु पर्ने विज्ञहरु बताउछन् । ‘यसर्थ धैर्य होऔं, समवेदनशिल बनौं, अनर्गल प्रचारको पछि नलागौं, राष्ट्र बैकलाई विश्वास गरौं, उसलाई काम गर्न दिऔँ’ कुवर बताउछन् ।

केहि दिन अगाडी एनआइसी एशिया बैंकले पनि प्रेश विज्ञप्ती जारी गरेर सञ्चार माध्यम मार्फत भइरहेका अनर्गल प्रचारको पछि नलाग्न आह्वान नै गर्नु पर्यो । बैंकर्स संघ, बैंक तथा वित्तीय संस्था परिसंघ, नेपाल लघुवित्त बैंकर संघ, डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालले संयुक्त तथा छुट्टा छुट्टै यस्ता हल्लाको पछाडी नलाग्न सन्देश प्रवाह गरिरहेका छन् ।

अहिले बैंकहरु एकदमै दवावमा छन् । बैंकहरु सँग प्रशस्त तरलता छ । तर तरलता अनुसार कर्जा प्रवाह हुन सकेको छैन भने कर्जा रिकभरीको अवस्था एकदमै कमजोर बन्दै गइरहेको छ । यसले गर्दा निस्कृय कर्जा बढेको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पनि यस्तो अवस्थालाई स्वीकार गर्नु पर्ने बताउदै आएका छन् । नेपालका बैंकहरुले यस भन्दा अगाडी पनि खराव कर्जाको सामाना गर्नु परेको थियो । अहिलेसम्मको अवस्थामा यो स्वीकारयोग्य स्तरमा छ। विभिन्न किसिमका धक्काहरु बहन गर्न बैंकहरुको सँग प्रयाप्त पूँजीकोष छ । केहि वर्ष लाभांश दिन नसक्लान् तर समग्र प्रणाली नै ध्वस्त हुने अथाव सकिने भन्ने अवस्था छैन । त्यसैले विश्वासमा टिकेको बैंकिङ प्रणाली माथीका जस्ता जुकै आक्रमणलाई राष्ट्र बैंकले फेस गर्नु पर्छ र यस क्षेत्रलाई जोगाउने काम गर्नु पर्छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया