Nepal Life

लाभांश दिनेभन्दा नदिने लघुवित्त कम्पनीको संख्या बढ्यो, जम्मा १६ वटाले मात्रै दिए

Global Ime detail Page
  • BFIS News
  • 2024 Feb Mon 05:38
लाभांश दिनेभन्दा नदिने लघुवित्त कम्पनीको संख्या बढ्यो, जम्मा १६ वटाले मात्रै दिए
Sanima Reliance

काठमाडौं । कुनै समय आकर्षक लाभांश दिने लघुवित्त वित्तीय संस्थाहरुको लाभांश दर घट्नुका साथै दिनेको भन्दा नदिनेको संख्या बढ्दै गएको छ । खराव कर्जा लगायतका कारणले लघुवित्त वित्तीय संस्थाहरु लाभांश दिन नसक्ने अवस्थामा पुगेका हुन् । गत बर्थिक वर्षको मुनाफाबाट हालसम्म १६ वटाले मात्रै लाभांश दिएका छन् । जवकी गत आर्थिक वर्षमा ४१ वटाले दिएका थिए । 

NIMB

नेप्सेमा सूचीकृत ५५ लघुवित्त कम्पनीमध्ये हालसम्म १६ ले गत आर्थिक वर्ष (आव) २०७९/८० सम्मको मुनाफाबाट शेयरधनीलाई लाभांश दिएका छन् । २७ कम्पनीले लाभांश नदिने निर्णय गरिसकेका छन् । 

हिमालयन, गुँरास, इन्फिनिटी, लक्ष्मी, सिवाईसी, साधना, मेरो माइक्रोफाइनान्स, गणपति, मनकामना स्मार्ट, उपकार, सामुदायिक, फरवार्ड, नाडेप, सबैको, समता घरेलु उन्नति सहकार्य र नेरुडे लघुवित्तले लाभांश वितरण नगर्ने निर्णय गरेका छन् । 

त्यस्तै ग्रामीण विकास, निर्धन उत्थान, कालिका, किसान, महुली, महिला, जाल्पा सामुदायिक, विन नेपाल, मिर्मिरे, स्वाभिमान र धौलागिरी लघुवित्त वित्तीय संस्थाले लाभांश वितरण नगर्ने निर्णय गरेका छन् । 

गत आवमा आर्थिक मन्दीका कारण कम्पनीहरूको नाफा प्रभावित भएको छ । अर्कातिर नियामकीय कडाइले पनि उनीहरूलाई लाभांश वितरण गर्न नसक्ने अवस्थामा पुर्‍याएको बताइन्छ । बैंक तथा वित्तीय संस्थाको बढ्दो खराब कर्जाले अन्य क्षेत्रमा पनि प्रभाव पारेको छ । बैंक, वित्तीय संस्थाको खराब कर्जाले सूचीकृत कम्पनीको नाफामा प्रत्यक्ष असर परेका कारण तिनले शेयरधनीलाई लाभांश वितरण गर्न नसकेको जानकार बताउँछन् । लाभांश घोषणा गरेका धेरैजसो कम्पनीले साधारणसभाबाट पारित गरिसकेका छन् । केहीको पारित हुन बाँकी छ । 

लाभांश दिएका कम्पनीमध्ये धेरैजसोको लाभांशदर घटेको छ । नेपाल राष्ट्र बैंकले लघुवित्त कम्पनीहरूलाई १५ प्रतिशतभन्दा बढी लाभांश प्रस्ताव गरेमा १५ प्रतिशतभन्दा बढी लाभांशको ९५ प्रतिशतसम्म कोषमा राख्नुपर्ने व्यवस्था गरेपछि अधिकांशको लाभांशदर घटेको हो । 

धितोपत्रको दोस्रो बजारमा सूचीकृत कम्पनीमध्ये लघुवित्तको शेयरप्रति लगानीकर्ताको आकर्षण केही वर्षअघि बढी नै देखिन्थ्यो । आकर्षक लाभांशकै आधारमा लगानीकर्ताले बढी लघुवित्त कम्पनीको शेयर कारोबार गर्थे । तर, गतवर्ष राष्ट्र बैंकले १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गरेको खण्डमा कोषमा रकम राख्नुपर्ने प्रावधान लागू गरेपछि लघुवित्त कम्पनीको शेयर मूल्य निरन्तर ओरालो लागेको छ । प्रतिकित्ता ५५ सय रुपैयाँभन्दा माथि पुगेका कम्पनीको शेयर मूल्य अहिले १६ सय रुपैयाँमा झरेको छ । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया