Nepal Life

नेपाल इन्भेष्टमेन्ट बैंक ३८ औं वर्षमा प्रवेश, ‘तीन करोडबाट ४ खर्ब ७४ अर्बको यात्रा’

Global Ime detail Page
  • BFIS News
  • 2024 Feb Mon 18:47
नेपाल इन्भेष्टमेन्ट बैंक ३८ औं वर्षमा प्रवेश, ‘तीन करोडबाट ४ खर्ब ७४ अर्बको यात्रा’
Sanima Reliance

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक ३७ वर्ष पुरा गरि ३८ औं वर्षमा प्रवेश गरेको छ । आज भन्दा ३८ वर्ष अगाडी आजैका दिन २०४२ साल फागुन १५ गते साविकको इन्डोस्वेज बैंकको नाममा स्थापना भएको थियो । यो बैङ्क नेपाल र फ्रान्सको साझेदारीमा स्थापना भएको थियो ।

 

NIMB

२०३७ सालको जनमत संग्रहपछि नेपाल सरकारले अत्याधिक मात्रा खर्च गर्न थाल्यो र मुलुकको बजेट घाटा बढ्यो । फलस्वरुप मुलुकमा संकट आयो । उक्त संकटको समाधानका लागि नेपालले एशियाली विकास बैंकसँग हारगुहार गर्यो । यसका लागि एडीबीले वित्तीय बजार निजी क्षेत्रका लागि पनि खुला गर्नुपर्ने र सरकारको संलग्नता घटाउनुपर्ने शर्त राख्यो ।

आफूलाई विदेशी सहयोगको आवश्यकता भएकाले नेपालले उक्त शर्त मान्यो । त्यसपछि, वाणिज्य बैंक ऐन २०३१ लाई संशोधन गरेर फ्रि इन्ट्री फ्रिी एक्जिटको प्रावधान थपियो र वित्तीय क्षेत्रमा प्रतिष्पर्धा बढाउने उद्देश्यका साथ निजी क्षेत्र र विदेशी लगानीलाई प्रवेश गराइयो । परिणमस्वरुप, २०४३ सालसम्ममा नेपालमा नविल बैंक, स्टान्डर्ड चार्टर्ड बैंक (साविकको ग्रीनलेज बैंक) र नेपाल इन्भेष्टमेन्ट बैंक (साविकको इन्डोस्वेज बैंक) गरी तीन वटा संयुक्त लगानीका बैंकहरु संचालनमा आए ।

बैंक स्थापना हुँदा नै फ्रान्सको क्रेडिट एग्रिकोल इण्डोस्वेजको ५० प्रतिशत लगानी रहेको थियो । यो कम्पनी विश्वभर फैलिएको ठूलो बैंकिङ समुहको सहायक कम्पनी हो । बैंक स्थापना हुँदा बैंकको नाम नेपाल इण्डोस्वेज बैंक रहेको थियो ।

सन् २००२ मा फ्रेन्च लगानीकर्ताले लगानी फिर्ता लैजान खोजेपछि नेपाली लगानीकर्ता पृथ्वी बहादुर पाँडे लगायतको समुहले फ्रेञ्च लगानीकर्ताको होल्डिङ खरीद गर्यो । बैंकको नेतृत्व पनि पाँडे कै हातमा रह्यो । नेपाली लगानीकर्ताको हातमा बैंक आएपछि नाम पनि परिवर्तन भएर नेपाल इन्भेष्टमेन्ट रह्यो । लामो समयमा बैंकको कार्यकारी अध्यक्ष रहेका पाँडे हाल बैंकको अध्यक्ष छन् । नेपाल राष्ट्र बैंकले कार्यकारी अध्यक्ष अभ्यासलाई अन्त्य गरेपछि पाँडे बैंकको अध्यक्षको रुपमा रहँदै आएका हुन् ।

नेपाल इन्भेष्टमेन्ट बैंक नेपालमा स्थापना भएको निजी क्षेत्रको दोस्रो बैंक हो । निजी क्षेत्रबाट स्थापना भएको तत्कालीन नेपाल अरब बैंक (नबिल बैंक) पछि इन्भेष्टमेन्ट बैंक स्थापना भएको थियो । यो भन्दा अघि सरकारी लगानीमा सञ्चालनमा रहेको नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंक सञ्चालनमा थिए । हालको इन्भेष्टमेन्ट बैंकको स्थापना भएको एक वर्षमा नै बेलायती बैंकको स्ट्याण्डर्ड चार्टर्ड बैंकको सहायक कम्पनी स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालको स्थापना भएको थियो ।

अन्तर्राष्ट्रिय लगानीका तीन बैंक स्थापना भएपनि त्यसपछि भने वाणिज्य बैंकहरु थपिनका लागि समय लाग्यो । विसं २०४७ सालमा आएको राजनीतिक परिवर्तनपछि देशको अर्थव्यवस्थाले खुला बजार अर्थतन्त्रलाई अंगिकार गर्यो । त्यसपछि निजी क्षेत्रबाट बैंक स्थापना हुने क्रम बढ्यो ।

सन् १९९० को दशकमा हिमालयन बैंक, नेपाल एसबिआई बैंक, नेपाल बंगलादेश बैंक, एभरेष्ट बैंक तथा नेपाल क्रेडिट एण्ड कमर्स बैंकको स्थापना भए । नेपाली लगानीकर्ताको हातमा नेपाल इन्भेष्टमेन्ट बैंक आएपछि सबैभन्दा धेरै पूँजी भएको र वित्तीय आधारमा सबैभन्दा बलियो बैंकको रुपमा स्थापित भयो । निवर्तमान गर्भनर डा. चिरञ्जिवी नेपालले वाणिज्य बैंकको चुक्ता पूँजी न्यूनतम ८ अर्ब पुर्याउने नीति लिएपछि वित्तीय आधारमा यस बैंकलाई पछि पार्ने अन्य बैंकहरु अगाडी आए । वि.स. २०७० को दशकभन्दा अघि बैंकले आफ्ना समकालिन बैंकहरुमा आफुलाई बलियो र अन्य भन्दा फरक संस्थाको रुपमा स्थापना गर्न सफल भएको थियो ।

मर्जरबाट अन्य बैंकहरु अगाडी देखिन थाले सँगै नेपाल इन्भेष्टमेन्ट बैंकले पनि मेगा मर्जरको नीति अगाडी सार्यो । केहि समय हिमालयन बैंक सँग मर्जरमा अल्झियो । तर सफल हुन नसके पछि बैंकले मेगा बैंक सँग मर्जर गर्यो । मर्जर सँगै चुक्ता पूँजी ३४ अर्ब १२ करोड रुपैयाँ पुगेको छ ।

विसं २०४२ सालमा तीन करोड पूँजी सहित स्थापना भएको बैंकको व्यालेन्स सिटको आकार ४ खर्ब ७४ अर्ब रहेको छ । बैंकले ३ खर्ब ८९ अर्ब रुपैयाँ निक्षेप संकलन गरि तीन खर्ब १२ अर्ब रुपैयाँ कर्जा विस्तार गरेको छ ।  

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया