Nepal Life

बैंकिङ प्रणालीमा दुर्गा प्रसाइदेखि सरकारकै हमला, बैंकर पिडित हुँदा राष्ट्र बैंक रमिते

Global Ime detail Page
  • अरुण सापकोटा
  • 2024 Feb Wed 18:30
बैंकिङ प्रणालीमा दुर्गा प्रसाइदेखि सरकारकै हमला, बैंकर पिडित हुँदा राष्ट्र बैंक रमिते
Sanima Reliance

काठमाडौं । बैंक तथा वित्तीय प्रणालीमा दुर्गा प्रसाइ तथा माओवादी कार्यकर्ता मनिराज ज्ञवालीले धावा बोल्दै गर्दा सिआईबीले प्रभु बैंकका डेपुटी सिइओ तथा पुर्व सिइओलाई गरेको पक्राउले सरकार र नेपाल राष्ट्र बैंकको भुमिकालाई लिएर शंका पैदा भएको छ ।

 

NIMB

कोरोना पछि अर्थतन्त्रमा आएको सुस्तताले सबै पक्ष प्रताडित छ । जो कोही आर्थिक संकटमा फसेका छन् । यस्तो विषम परिस्थितिमा सरकारले अर्थतन्त्रलाई लयमा ल्याउन विश्वासको वातावरण बनाउनु पर्नेमा झन् अराजकतालाई प्रश्रय दिनुका साथै अस्थिर वातावरणमा घ्यू थप्ने काम गरिरहेको छ ।

केहि समयदेखि दुर्गा प्रसाईको अराजक अभिव्यक्तिले बैंकिङ प्रणाली तरङ्गित बन्दै आएको छ । प्रसाइले बैंकको नाम नै किटार गरेर डुब्न लागेको भनेर सामाजिक सञ्जालमा पोष्ट गर्न उक्त बैंकबाट सर्वसाधारणले अर्बौ रुपैयाँ निक्षेप झिकेका छन् । अर्को तर्फ माओवादी कार्यकर्ता मनिराम ज्ञवाली लघुवित्त वित्तीय संस्था विरुद्धको संघर्ष समितिको अध्यक्षको रुपमा आन्दोलन गरिरहेका छन् । यसरी सरकार आफै आफ्ना कार्यकर्तालाई सडकमा उतारेर आन्दोलन गराइरहेको छ । मिटरव्याज पिडितका नाममा ठुलै प्रदर्शन हुँदै गर्दा यसको पछाडी पनि राजनीतिक रङ्ग देखिदै आएको छ ।

यति सबै हुँदै गर्दा हिजो मंगलबार सिआइबीले प्रभु बैंकका डेपुटी सिइओ मनोज न्यौपाने, तत्कालिन सेञ्चुरी बैंकका प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतम सहित ८ जनालाई पक्राउ गर्यो । यस सँगै बैंकिङ प्रणालीमा काम गर्ने कर्मचारीहरुमा भय सिर्जना भइरहेको छ ।

पुर्वका शाखा कार्यालयमा दुर्गा प्रसाइ तथा मनिरामका कार्यकर्ताहरु कालोमोसो दल्दै हिड्ने यता काठमाडौंमा बैंकका कर्मचारीहरुलाई पक्राउ गर्ने कार्यले पक्कै पनि बैंकिङ प्रणाली ध्वस्त बनाउन सरकार आफै लागि परेको छ । बैंकिङ प्रणाली कानुनद्धारा अत्यावश्यक क्षेत्रको रुपमा सुरक्षित क्षेत्र हो । यस्तो क्षेत्रमा असर पुर्याउने जो कोहीलाई सरकारले सजिलै पक्राउ गरेर कारबाही गर्न सक्छ । तर राष्ट्र बैंक यस्ता व्यक्तित्वलाई पक्राउ गर्नुको सट्टा उल्ट्टै संरक्षण गरिरहेको छ । उता राष्ट्र बैंक भने मुखदर्शक बनेर बसिरहेको छ ।

यदि कुनै बैंकले प्रवाह गरेको कर्जा खराब कर्जामा परिणत भयो र ऋण असुलीको क्रममा धितोले खामेन भन्दै बैंकिङ कसुर लगाउने हो भने बैंकका क्षेत्रिय प्रवन्धकदेखि लिएर प्रमुख कार्यकारी अधिकृत तथा सञ्चालकहरु कोहि पनि जेल बाहिर नहुने बरिष्ठ बैंकर मनोज ज्ञवाली बताउछन् । यस्ता हर्कतले अव कसैले पनि सत प्रतिशित धितोमूल्याङ्कन विना कर्जा प्राप्त गर्न सक्दैनन् । बैंकहरुले प्रोजेक्ट फाइनान्सिङमा नाममा एक रुपैयाँ पनि कर्जा प्रवाह गर्दैनन् । माथिका कुनै पनि वातावरणले बैंकिङ क्षेत्रमा करिअर बनाइरहेका व्यक्तिहरुलाई निरन्तरता दिन हच्काउने छ ।  

आज भन्दा १२ बर्ष अघि पनि नेपालको बैंक तथा बित्तिय संस्थाहरुको लागि सार्है खराब बर्ष रहेको थियो । त्यति बेला धेरै बैंक तथा बित्तिय संस्थाहरु असफल भएका थिए भने केहि बैंकरहरु कर्जा दुरुपयोगको अभियोगमा पक्राउ परेको बैंकर डा. बुद्धि मल्ल बताउछन् । अहिले २०२३/२४ मा नेपालका बैंक तथा बित्तिय संस्थाहरुको लागि निक्कै खराब बर्ष रहन पुगेको उनको भनाइ छ । १२ वर्ष पहिला नेपाल शेयर मार्केट्स एण्ड फाईनान्स, क्यापिटल मर्चेन्ट बैंकिङ्ग एण्ड फाईनान्स, सम्झाना फाईनान्स, युनाईटेड विकास बैंक, क्रिष्ट बैंक आदिमा कर्जा दुरुपयोग गर्नेहरु पक्राउ परेका थिए । जतिवेला ति संस्थाहरुलाई नेपाल राष्ट्र बैंकले कारवाही गरेको थियो ।

तर अहिले नेपाल राष्ट्र बैंकको क्षेत्राधिकार भन्दा बाहिर गएर सिआइबीले पक्राउ गरिरहेको छ । बैंक वित्तीय संस्थालाई प्रत्यक्ष रुपमा नेपाल राष्ट्र बैंकले नियमन गरेको हुन्छ । नियमनका क्रममा गल्ती गर्नेलाई राष्ट्र बैंकले कारबाही गर्छ । तर राष्ट्र बैंकले कुनै पनि कदम अगाडी नबढाउदा सिआइवीले बैंकरहरुलाई पक्राउ गरिरहेको छ ।

कहिले लगानीयोग्य रकमको अभाव त कहिले ब्याजदर चर्को भयो भनेर व्यवसायीहरुले नै विरोध गर्ने गरेका छन् । विरोध मात्रै हुँदा खासै असर नपरे पनि पछिल्ला दिनमा भइरहेका केहि हर्कतले बैंक क्षेत्रलाई नराम्रो असर पुर्याइरहेको छ । यस्तो कदमले कर्जामा काम गर्ने कर्मचारीहरुको आत्मबल कमजोर बनाएको बैंकर मल्ल बताउछन् । त्यसैले यि सबै कुरा बैंक तथा बित्तिय संस्था एवं समग्र अर्थतन्त्रको लागि राम्रो संकेत होईन ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक डुब्दैछ भन्ने हल्ला चलेपछि सर्वसाधारणले एनआईसी एसिया बैंकबाट मात्रै २७ अर्ब रुपैयाँ झिकिसकेको बताएका थिए । गभर्नरले यस्ता कार्यले केहि पनि असर नपरेको बताउदै गर्दा उनि आफै पनि बैंकिङ प्रणालीमा संबेदनशिल देखिदैनन् । गभर्नर जस्तो जिम्मेवार व्यक्तिले बैंकबाट पैसा झिकिएको तथ्याङ्क सार्वजनिक कार्यक्रममा बोल्नु पक्कै पनि आपत्तीजनक छ । अर्को तर्फ राष्ट्र बैंकले दुर्गा प्रसाइ तथा बैंकिङ क्षेत्रमा धावा बोल्नेलाई कारबाही गर्न सरकारलाई अपिल गरिरहेको छैन । राष्ट्र बैंकले यस्ता व्यक्तिलाई कारबाहीको दायरामा ल्याउन पहल गर्न सकेको छैन ।

यि सबै वातावरले निक्षेपकर्तालाई आफ्नो पैसाको सुरक्षामा संका पैदा भइरहेको छ । यदि यस्तै अवस्था भइरहने हो र सर्वसाधारणले आफ्नो निक्षेप झिक्न थाले भने बैंकिङ प्रणाली ढल्न केहि समय पनि लाग्दैन । यदि बैंकिङ प्रणाली ढल्यो आम सर्वसाधारणदेखि लिएर सरकार आफै चल्न सक्दैन । यदि यि सबै कुराहरुलाई सरकारले सामान्य रुपमा लिदै जाने हो भने भोलि जस्तो सुकै परिस्थिति सिर्जना हुन सक्नेछ । जुन सकैको पनि बसमा रहदैन ।

नेपालको अर्थतन्त्र एकदमै सानो छ । त्यसमा पनि लाखौ युवशक्ति विदेसिएको हुँदा आन्तरिक उत्पादन तथा व्यापार व्यवसाय ठप्प छ । यसरी अर्थतन्त्रको धरातल कमजोर भइरहदा सरकारले संवेदनशिल हुनु पर्नेमा रमिते बनेको छ ।

गएको अमेरिकामा दुई बैंक सिलिकन भ्याली बैंक र सिग्नेचर बैंक डुब्दा अमेरिकी अर्थतन्त्रमा ठुलो धक्का पुग्यो । अमेरिका जस्तो मुलुकमा बैंक डुब्न केहि समय पनि लागेन भने नेपाल जस्तो मुलुकमा यति साह्रो हेलचेक्राइ पक्कै पनि राम्रो होइन ।

नेपाली बैंकहरु विश्वासमा टिकेका छन् । सानो मात्रै विश्वास गुम्यो र बैंकहरुबाट जनताले पैसा झिक्न थाले पनि यहाँ कुनै पनि बैंक बाँकी रहदैनन् । यो दिन आउनु भनेको सबै जनता सडकमा आउनु हो । यति मात्रै होइन बैंक डुब्ने अवस्था आयो भने सबै नेपाली भोक भोकै बस्नु पर्छ । नेपालीहरुले दैनिक उपभोग गर्ने खाद्यान्न सामाग्रीहरु पछिल्ला दशकमा स्वदेशी उत्पादन भन्दा निर्यातमै भर पर्नु अवस्था छ ।

यो सबै चक्र बैंकिङ प्रणाली विना सम्भव छैन । यदि थोरै मात्रै विश्वास गुम्ने हो भने मात्रै पनि नेपाल राष्ट्र बैंकले एकदमै सुरक्षित भनेका बैंकहरु सबैभन्दा पहिला ढल्ने छन् । यसले गर्दा यो समय भनेको नेपाल राष्ट्र बैंक र सरकारले आम मानिसको विश्वास कायम गराउनु हो । यसका लागि सरकारले अराजक अभिव्यक्ति दिनेलाई कानुनी दायरामा ल्याउनु पर्छ । बैंकहरुहरुलाई अनावश्यक रुपमा पक्राउ गर्ने कामलाई रोक्नु पर्छ । आर्थिक गतिविधि बढाउने काम गर्नु पर्छ । जवसम्म आम सर्वसाधारणदेखि लिएर उद्यमी, व्यापारी व्यवसायीहरुले कन्फिडेन्सका साथ काम गर्ने वातवारण बन्दैन तवसम्म अर्थतन्त्रले पनि गति लिन सक्दैन । यसका लागि सबैलाई विश्वासमा लिएर अगाडी बढ्नु पर्छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया