Nepal Life

बजार लगातार घट्दा पनि नाफा कमाउन सकिन्छ, यसरी गर्नुस् ‘पोर्टफोलियो’ व्यवस्थापन

Global Ime detail Page
  • BFIS News
  • 2024 Mar Fri 21:56
बजार लगातार घट्दा पनि नाफा कमाउन सकिन्छ, यसरी गर्नुस् ‘पोर्टफोलियो’ व्यवस्थापन
Sanima Reliance

काठमाडौं। शेयर बजार घट्ने तथा बढ्नु यसको स्वाभाविक प्रकृया हो। शेयर बजार घट्दा भाग्ने तर बढ्दा कारोबार गर्ने परिपाटीले सबै लगानीकर्ता सँधै बजारमा रहँदैनन्। यदि शेयर बजारको ट्रेण्ड हेरेर कारोबार गर्ने हो भने कहिले पनि बाहिरिनु पर्दैन । 

NIMB

बजार घटिरहेको बेलामा लगानीकर्ताले ‘फण्डामेन्टल’ रुपमा बजारलाई हेर्नु पर्ने बजार विश्लेषकहरु बताउछन् । यसले कुन कम्पनी बढ्दै छ भन्ने अन्दाज गर्न सकिन्छ। जुन कम्पनी बढ्ने ट्रेन्डमा देखिन्छ त्यस्ता कम्पनीमा लगानी थप्दै जानु पर्छ। साथै जुन कम्पनीले राम्रो गरिरहेका छैनन् ति कम्पनीलाई बेच्दै जानु पर्छ ।  

बजार एकदमै पेनिक हुँदा फण्डामेन्टल रुपमा बलिया कम्पनीलाई छान्नु पर्छ। यस्तो बेलामा आफुसँग भएका नराम्रा कम्पनीका शेयर राम्रा कम्पनीमा परिवर्तन गर्नुपर्छ। नेप्से घट्दा राम्रा कम्पनीको भाउ पनि धेरै घटेको हुन्छ जसले गर्दा आफुसँग भएका घट्दो दरका कम्पनीको शेयर बेचेर राम्रो भैरहेको कम्पनीमा लगानी गरेर राख्न सकिन्छ।

राम्रा भैरहेको कम्पनीको शेयर किन्ने मात्र होइन एभरेज देखिएका कम्पनीका पनि शेयर किनेर राख्न सकिन्छ । पोर्टफोलियो म्यानेज गर्दा पनि यहि फर्मुला लगाउनुपर्ने विश्लेषकहरु बताउछन् । शेयर बजार घटेको वेलामा अन्य क्षेत्र जस्तो ‘डेरिभेटिभ’ बजारमा पनि लगानी गर्न सकिन्छ।  

घटेको होस् या बढेको वेलामा फाइदा गर्नको लागि नियमित बजारको अध्ययन गर्नैपर्ने हुन्छ। बजार डिमाण्ड र सप्लाइको नियमबाट नै चल्ने हो त्यसैले यसमा लगानीकर्ताले विशेष चनाखो हुनु पर्छ।

डिमाण्ड र सप्लाइलाई के के कुराले असर पार्छ त्यसलाई केलाउन सक्नु पर्छ। बजारमा बर्षौदेखि कारोबार गर्दै आएका पोख्त लगानीकर्ता छन् जसले थोरै भन्दा थोरै मार्जिनमा पनि कारोबार गरिरहेका हुन्छन। तर नयाँ लगानीकर्तालाई त्यसरी कारोबार गर्न गाह्रो पर्छ। साथै लगानीकर्तासँग शेयर र पैसाको पर्याप्त तरलता भएमा कहिले पनि घाटा खानु पर्दैन।

दोस्रो बजारमा लगानी गर्नको लागि सबै भन्दा पहिले आफुले किनेको शेयर बारेमा थाहा हुनु पर्ने हुन्छ । आफुले किनेको शेयर किन्दा कति रकमको थियो र अहिले कति पुगेको छ भन्ने सामान्य ज्ञान हुनु पर्छ। साथै आफुले किनेको कम्पनी र अन्य कम्पनीको तुलना गर्नुपर्छ। आफुले किनेको र अरु कम्पनीमा के कति फरक पर्न आयो भन्ने बारेमा जानकारी लिनु पर्छ।

यी सबै हेरेर कम्पनीको एभरेज निकाल्नु पर्छ। आफ्नो क्षमता अनुसार लगानी गर्दै जानु पर्छ। यदि १०० रुपैयाँ लगानी गर्ने क्षमता छ भने पहिलो दिन २५ रुपैयाँमा गर्नु पर्छ अनि दोस्रो दिनको लागि बजार हेरेर लगानी थप गर्ने या नगर्ने निर्णय गर्नु पर्छ। बढ्यो भने फाइदा लिन सकिने भयो यदि घटिहाल्यो भने आफुसँग थप लगानी गर्ने क्षमता रहन्छ।

सबै कुरा हेरेर पछिल्लो दिनमा थप २५ प्रतिशत बढाउन सकिन्छ। अहिलेको जस्तो बजार धेरै नै घटेको समयमा एभरेज हेरेर कारोबार गर्न सकिन्छ। एकदमै तल झरेका बाणिज्य बैंकको शेयर किनेर राख्न सकिन्छ। अहिले २०० रुपैयाँ भन्दा तलका शेयर किनेर राख्ने हो भने नेप्से विस्तारै उकालो लाग्दा बैंकको भाउ २०० भन्दा माथि पुगेपछि बेच्न सकिन्छ। यसरी बजार कभर गर्दै जान सकिन्छ। समग्रमा पूँजी बजारबाट जति पनि घाटा भएको छ यसबाट सन्तुलनमा पुर्याउन सकिन्छ।

अहिलेको अवस्थामा कम्पनीको ६ महिनाको वित्तीय विवरण हेर्दा तथा अन्य कुनै पनि हिसावले राम्रो लागेन भने बेचेर शेयर परिवर्तन गर्ने अवस्था पनि हो। साथै राम्रा तथा नराम्रा दुबै कम्पनीको बजार भाउ एउटै जस्तो लागेको छ भने यो बेला भनेको राम्रोबाट खस्केर नराम्रो परिणाम ब्योहोरिरहेका कम्पनीका शेयर बेच्ने बेला पनि भएको छ । पोर्टफोलियो म्यानेज गर्दा बैंक, उत्पादन तथा प्रशोधनमुलक कम्पनी, माइक्रोफाइनान्स, इन्स्योरेन्सको सूचक हेर्नु पर्छ। कुन सेक्टरको सूचक कहाँ छ र कहाँ पुग्ने अवस्थामा छ भन्ने बारेमा विश्लेषण गर्नुपर्छ । 

अहिलेको अवस्थामा होटल तथा पर्यटन, लगानी, इन्स्योरेन्सको सूचक धेरै माथि छ साथै बाणिज्य तथा विकास बैंकको सूचक धेरै तल छ । यसले गर्दा तल रहेका सूचक नै माथि पुग्ने हुन र धेरै माथि पुगेका सूचक नै तल झर्ने हुँदा बिशेष सजग रहनुपर्छ। तर पछिल्ला दिनमा कम पूँजी भएका कम्पनीहरुको शेयर मूल्यमा छिटो सुधार हुने गरेको छ । न्युन चुक्ता पूँजी भएका जलविद्युत कम्पनीको शेयर मूल्यमा धेरै उछाल आएको देखिन्छ । 

जम्मा नेप्सेको सूचकसँग अन्य उपसूचकलाई तुलना गर्दै एभरेजमा हेरेर आफ्नो पोर्टफोलियो म्यानेज गर्न सकिन्छ। यदि आफुसँग बीमा क्षेत्रमा धेरै शेयर छ भने केही शेयर बैंकिङ क्षेत्रमा परिवर्तन गर्न सकिन्छ। यदि बैंकिङ क्षेत्रमा धेरै शेयर छ भने छिटो बढ्ने खालका कम्पनीमा केही मात्रामा लगानी गर्न सकिन्छ।

छिटै बढ्ने कम्पनीको शेयर चाढै घट्न पनि सक्छ त्यसैले एकै समुहमा शेयर राख्नु हुँदैन। पोर्टफोलियो म्यानेज गर्दा सबै शेयर १०० रुपैयाँको हो र त्यसैको बजार भाउ १०० रुपैयाँदेखि बढेर नै १० हजार रुपैयाँ  भन्दा पनि माथि पुगेका हुन् भन्ने बुझ्नु पर्छ। यसले गर्दा धेरै माथि पुगेका शेयरमा रिस्क पनि धेरै छ भन्ने बुझ्नु पर्छ। यदि कम रिस्क लिन चाहने हो भने अहिलेको अवस्थामा बैंकिङ समूह सबै भन्दा राम्रो मान्न सकिन्छ। तर यसमा क्यापिटल गेन भने एकदमै न्युन छ । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया