NIMB Header 2
Nepal Life

निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा चुनावका लागि साढे सात अर्ब रुपैयाँ खर्च हुने अनुमान

Muktinath Bank
  • BFIS News
  • 2025 Oct 26 13:50
निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा चुनावका लागि साढे सात अर्ब रुपैयाँ खर्च हुने अनुमान
Everest Bank

काठमाडौँ । निर्वाचन आयोगले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि साढे सात अर्ब रुपैयाँ खर्च हुने प्रारम्भिक अनुमान गरेको छ। आसन्न चुनावको तयारी अन्तर्गत आयोगले प्रारम्भिक बजेट तयार पारेको भए पनि अन्तिम टुंगो भने लगाइसकेको छैन। आयोगले बजेटलाई अन्तिम रूप दिएर चाँडै अर्थ मन्त्रालयमा पठाउने तयारी गरेको छ।

Shikhar
NIMB

आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार बजेट निर्माणको कार्य जारी छ। उनले भने, “साढे सात अर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। तर, यसबारे अन्तिम टुंगो अझै लाग्न बाँकी छ।”

सामग्रीहरूको सूची तयार हुँदै

निर्वाचन आयोगले बजेट निर्माणसँगै निर्वाचनका लागि आवश्यक सामग्रीहरूको सूची तयार गरिरहेको छ। छठ पर्व सकिएलगत्तै आवश्यक सामग्री खरिद प्रक्रिया सुरू गर्नुपर्ने आयोगको तयारी छ। यसका लागि आयोगले अर्थ मन्त्रालयसँग छलफल जारी राखेको जनाएको छ।

आयोगले यसअघि नै उपलब्ध सामग्री पनि प्रयोग गर्ने र बाँकी आवश्यक सामग्री थप खरिद गर्ने योजना बनाएको छ।

हिमाली क्षेत्रमा हेलिकप्टरको व्यवस्था

सामग्री खरिदका अतिरिक्त आयोगले केही रकम ‘आकस्मिक व्यवस्थापन’ शीर्षकमा राख्ने तयारी गरेको छ। हिमाली तथा दुर्गम क्षेत्रमा प्रतिकूल मौसमका कारण निर्वाचन सञ्चालनमा कठिनाइ आउने सम्भावनालाई ध्यानमा राख्दै आयोगले हेलिकप्टरबाट कर्मचारी खटाउने तथा निर्वाचन सामग्री ढुवानी गर्ने व्यवस्था गर्न बजेट छुट्याउने योजना बनाएको हो। मौसम खुलेका बेला हेलिकप्टरमार्फत कर्मचारी र सामग्री पठाउने तयारी भइरहेको आयोगले जनाएको छ।

हजार मतदाता भए एक मतदान केन्द्र

निर्वाचन आयोगले एक हजार मतदाता भए एक मतदान केन्द्र स्थापना गर्ने गरी तयारी अघि बढाएको छ। विगतका निर्वाचनहरूमा पनि यस्तै अभ्यास गरिएको थियो।

आयोगका अनुसार सबैभन्दा बढी खर्च निर्वाचनमा खटिने कर्मचारीमा हुने अनुमान छ। एक मतदान केन्द्रमा कम्तीमा १४ जना कर्मचारी आवश्यक पर्ने भएकाले यस क्षेत्रमा बजेटको ठूलो हिस्सा खर्च हुने देखिएको छ। साथै, मतगणनाका लागि पनि अतिरिक्त जनशक्ति व्यवस्थापन गर्नुपर्ने आयोगले जनाएको छ।

निर्वाचन आयोगका अनुसार, आवश्यक तयारीहरू पूरा गर्दै आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा चुनाव निर्धारित मितिमै सम्पन्न गर्ने लक्ष्य लिइएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया