Nepal Life

नेपाल ‘फोर्थ इन्क्लुसिभ इन्स्योरेन्स इनोभेसन ल्याव’मा चयन, बीमा प्राधिकरणले अन्तर्राष्ट्रिय मञ्चमा सहकार्य गर्ने

Global Ime detail Page
  • BFIS News
  • 2024 Mar Sat 22:25
नेपाल ‘फोर्थ इन्क्लुसिभ इन्स्योरेन्स इनोभेसन ल्याव’मा चयन, बीमा प्राधिकरणले अन्तर्राष्ट्रिय मञ्चमा सहकार्य गर्ने
Sanima Reliance

काठमाडौं । नेपाल चौथो ‘इन्क्लुसिभ इन्स्योरेन्स इनोभेसन ल्याव’मा चयन भएको छ । यस अन्तर्राष्ट्रिय परियोजनामा  नेपालको तर्फबाट नेपाल बीमा प्राधिकरण सहित आर्मेनियाको सेन्ट्रल बैंक अफ आर्मेनिया र सेनेगलको डिरेक्सन डेस एस्योरेन्स चयन भएका हुन् ।

 

NIMB

एटुआइ ‘एक्सेस टु इन्स्योरेन्स इनिसेटिभ’ले आगामी एक वर्षका लागि तीन वटा देशलाई चयन गरेको हो । एटुआइएको यो चौथो परियोजना हो । यस भन्दा अगाडी तीन वटा परियोजनाहरु सम्पन्न भइसकेका छन् । यस पटकको परियोजना जलवायु परिवर्तनको प्रभाव विरुद्ध लचिलोपन बढाउन नवीनतम समाधानका उपायहरु पत्ता लगाउने विषयमा केन्द्रित हुनेछ । यसका लागि तीन वटै देशले राष्ट्रिय अन्तर्राष्ट्रिय वर्कसप आयोजना गर्नेछन् । यस्तो वर्कसपमा सम्बन्धित देशका बीमा क्षेत्रका विभिन्न स्टेकहोल्डरहरु सँग अन्तर्क्रिया तथा छलफल हुने नेपाल बीमा प्राधिकरणकी निर्देशक पुजन ढुङ्गेलले जानकारी दिइन् ।

यसै क्रममा नेपाल बीमा प्राधिकरणले पहिलो चरणमा गत बुधबार र बिहीबार दुई दिने वर्कसप सम्पन्न गरिसकेको छ । यस परियोजनाले जलवायु परिवर्तनको उच्च जोखिममा रहेका तीन वटै देशहरुलाई जलवायु परिवर्तनको असरलाई कसरी बीमाको माध्यमबाट समाधान गर्न सकिन्छ भनेर मद्दत पुर्याउनेछ । यस क्षेत्रका जनसंख्या सबैभन्दा जोखिममा रहेको हुँदा प्रयोगशालाले संबोधन गर्नेछ ।  

बीमा प्राधिकरणले यस क्रममा बीमा कम्पनीहरु, डिजिटल भुक्तानी सेवा प्रदायक संस्थाहरु, सहकारीहरु सँग छलफल आयोजना गर्ने निर्देशक ढुङ्गेलले जानकारी दिइन् । यसरी तीन वटै देशले आफ्ना बहुपक्षीय टोलीहरु सँग संवाद र आपसी छलफल गर्ने छन् । यसले बीमा क्षेत्रमा इनोभेटिक समाधानका उपायहरुका विषयमा गोष्ठी तथा कार्यशाला सञ्चालन गर्नेछ । त्यसमा पनि यस वर्ष जलवायु परिवर्तनको समाधानका लागि कसरी नविनतम कार्य गर्न सकिन्छ भनेर छलफल हुनेछ ।

यस परियोजनालाई तीन चरणमा विभाजन गरिएको छ । प्रत्येक चरणमा राष्ट्रिय र अन्तर्राष्ट्रिय पक्षहरुको सहभागिता हुनेछ । जसमा सहभागीहरूले भर्चुअल र व्यक्तिगत कार्यशालाहरूमा भाग लिनेछन् ।  देश भित्र र देश बाहिरका टोलीहरूले आफ्ना कुराहरु आदानप्रदान गर्ने छन् ।

पहिलो चरणमा डिस्कभरी, दोस्रो चरणमा इनोभेसन र तेस्रो चरणमा कार्यान्वयन रहेको छ । अहिले तीन वटै देश पहिलो चरणमा काम गरिरहेका छन् । अवकै केहि समय भित्रै अन्तर्राष्ट्रिय गोष्ठी आयोजना हुँदैछ । यस सँगै पहिलो चरण सकिनेछ । दोस्रो चरणमा पनि भर्चुअल माध्यमबाट राष्ट्रिय स्तरका विभिन्न किसिमका सेसन सञ्चालन हुनेछन् । त्यस्तै अन्तर्राष्ट्रिय स्तरमा भने ४ दिन जतिको इभेन्ट आयोजना हुनेछ ।

यसरी राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा हुने छलफल तथा गोष्ठी पछि सुझाइएका विषयहरुलाई तेस्रो चरणमा कार्यान्वयन गरिनेछ । यो चरण सन् २०२४ को अन्तिम दुई महिनामा सञ्चालन हुनेछ । यस परियोजनाको प्रमुख आयोजक इन्टरनेशनल एसोसिएसन अफ इन्स्योरेन्स सुपरभाइजर ‘आइएआइएस’ रहेको छ । नेपाल बीमा प्राधिकरणले अव अन्तर्राष्ट्रिय मञ्चमा आफ्ना कुराहरु प्रस्तुत गर्ने मौक पाउनेछ भने अन्य मुलुकका अभ्यसहरु पनि बुझ्ने मौका पाउने छ ।  

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया