Nepal Life

सेयर बजारमा किन लगाइन्छ सर्किट ब्रेक ? यस्तो छ अन्तर्राष्ट्रिय र नेपालको इतिहास

Global Ime detail Page
  • BFIS News
  • 2024 Mar Mon 12:02
सेयर बजारमा किन लगाइन्छ सर्किट ब्रेक ? यस्तो छ अन्तर्राष्ट्रिय र नेपालको इतिहास
Sanima Reliance

काठमाडौं । केहि समयदेखि लगातार घटिरहेको शेयर बजारमा सोमबार एकाएक हलचल आएको छ । सत्ता गठबन्धनमा आएको हलचल सँगै शेयर बजारमा पनि यसको प्रत्यक्ष प्रभाव देखिएको हो । 

NIMB

वर्तमान अर्थमन्त्री डा. प्रकाश शरण महतलाई शेयर बजारले खासै रुचाइरहेको थिए । त्यसमा पनि उतले अर्थमन्त्रका विषयमा खासै राम्रो गर्न नसकिरहेको भन्दै आलोचना हुँदै आइरहेको थियो । अहिलेको सत्ता गठबन्धन परिवर्तन हुनुको पहिलो कारण अर्थमन्त्री डा. महत नै रहेको विश्लेषण गरिएको छ । 

यसरी अर्थमन्त्रीबाट महत हटे सँगै शेयर बजार खुलेको तीन मिनेटमै पहिलो सर्किट लागेको छ । त्यस्तै पहिलो सर्किट पछि बन्द भएको बजार खुल्ने वित्तीकै ५ प्रतिशतले सुधार भएर दोस्रो सर्किट लागेको छ । ४० किनेटका लागि बन्द भएको कारोबार तेस्रो पटक पनि ६ प्रतिशतले बढ्यो भने आज दिनभरका लागि कारोबार नै बन्द हुनेछ । 

खासगरी सेयर बजारमा सर्किट ब्रेकको आवश्यकता लगानीकर्ता धेरै हतोत्साहित तथा आक्रामक नहुन भनेर सोचविचार गर्न दिइएको समय हो। 

विश्व सेयर बजारमा सबैभन्दा पुरानो इतिहास बोकेको डाउ जोन इन्डस्ट्रियल एभरेज (अमेरिकी सेयर बजार) नै हो। यो बजारमा सन् १९८७ अक्टोबर १९ (सोमबार) सबैभन्दा पहिले सर्किट ब्रेक लगाइएको थियो। अमेरिकी इतिहासमै यो दिन डाउ जोनमा २२.६ प्रतिशत अर्थात ५०८ प्वइन्टको गिरावट आएको थियो। 

कारोबार खुलेको पहिलो दिन सोमबार डाउजोनमा यति भारी अंकको गिरावट आएपछि यसको असर विश्वभरका सेयर बजारमा पर्न गयो। योसँगै यो दिनलाई विश्व सेयर बजारको इतिहासमा ‘ब्ल्याक मन्डे’ पनि भनिन्छ। 

योसँगै सन् २०१३ मा त्यहाँस्थित सेक्युरिटी बोर्डले गरेको परिमार्जनअनुसार सर्किटको तीनवटा लेभल तय गरिएको छ। जसअनुसार पहिलो तहमा एकैदिन ७ प्रतिशतले तलमाथि भयो भने १५ मिनेटका लागि कारोबार बन्द गरिन्छ। दोस्रो तहअन्तर्गत १३ प्रतिशतले गिरावट वा बढोत्तरी भएमा १५ मिनेटका लागि नै कारोबार बन्द गरिन्छ। त्यसपछि यदि बजार फेरि २० प्रतिशतले तलमाथि हुन्छ भने त्यो दिनभरिका लागि कारोबार बन्द गरिन्छ।

कस्तो छ नेपालमा सर्किट ब्रेकको व्यवस्था ? कसरी भयो सुरुआत ?

नेपालको सेयर बजारमा पनि  अमेरिकी सेयर बजारकै ढाँचामा कारोबार रोक्ने नियम गरिएको छ। हाल नेप्सेमा अन्तर्राष्ट्रिय अभ्यासअनुसार कारोबार सुरुआत भएको पहिलो घन्टा १२ बजेसम्म ४ प्रतिशतले बजार तलमाथि भएमा २० मिनेट कारोबार बन्द गरिन्छ। त्यसपछि खुलेको बजार फेरि १ बजेभित्र यदि ५ प्रतिशतले तलमाथि गर्छ भने ४० मिनेटका लागि नेप्सेले कारोबारमा रोक लगाउँछ। त्यसपछि पनि खुलेको बजार यदि २ बजेभित्र ६ प्रतिशतले तलमाथि गर्छ भने पूरै दिनभरका लागि कारोबार बन्द गरिन्छ। यो व्यवस्था नेपालको सेयर बजारमा २०६४ सालबाट सुरुआत गरिएको हो। 

सर्किट ब्रेक भन्ने शब्द बिजुलीको वायरिङ प्रविधिबाट आएको हो। जसरी ओभर भोल्टेजका कारण फ्युज गएर घर आगो लाग्नबाट बच्छ । त्यसै गरेर सेयर बजारमा पनि सर्किट ब्रेकबाट बजारमा उच्च उतारचढाव हुनबाट रोकिन्छ । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया