Nepal Life

किसानलाई पैसा दिन नसक्ने डिडिसी भने नाफामा, धुलो दुध (एसएमपी) मिसाउनु नपरेपछि खर्च घट्यो

Global Ime detail Page
  • BFIS News
  • 2024 Mar Sat 09:18
किसानलाई पैसा दिन नसक्ने डिडिसी भने नाफामा, धुलो दुध (एसएमपी) मिसाउनु नपरेपछि खर्च घट्यो
Sanima Reliance

काठमाडौं । दुध उत्पादन गर्ने किसानलाई लामो समयदेखि भुक्तानी नदिएको दुग्ध विकास संस्थान (डिडिसी) यो चालु आर्थिक वर्षमा नाफा कमाएको छ । प्राप्त विवरण अनुसार छ वर्षदेखि घाटामा रहेको डिडिसी यो चालु आव २०८०/८१ को छ महिनामा नाफामा गएको देखिन्छ । 

NIMB

चालु आव २०८०/८१ को साउनदेखि पुस मसान्तसम्म डिडिसीले पाँच करोड १५ लाख पाँच हजार १९४ रुपियाँको नाफा देखाएको छ । डिडिसीले साउनदेखि पुससम्ममा एक अर्ब ९४ करोड ४९ लाख आम्दानी गरेको छ भने एक अर्ब ८८ करोड ७७ लाख रुपियाँ खर्च गरेको देखिन्छ । 

त्यस हिसाबले कर फस्र्योटपछि पाँच करोड १५ लाख नाफा गरेको छ । गत आव २०७९/८० मा डिडिसी ४९ करोड ५१ लाख ४० हजार रुपियाँ घाटामा थियो । गत आवमा तीन अर्ब ६५ करोड ६६ लाख ६० हजार रुपियाँ आम्दानी गरेको थियो भने चार अर्ब १५ करोड १८ लाख एक हजार रुपियाँ खर्च गरेको थियो । 

डिडिसी छ वर्षअघि अर्थात् आव २०७४/७५ मा चार करोड ७५ लाख रुपियाँ नाफा गरेको थियो । त्यसपछि लगातार घाटामा गइरहेको थियो । यो चालु आवमा नाफा देखाएको छ । त्यो नाफा अहिले नगदमा देखाइएको छैन । डिडिसीका महाप्रबन्धक सञ्जीव झाले यो आवमा छ महिनाको हिसाब निकाल्दा पाँच करोड नाफामा गएको देखिन्छ तर त्यो नगदका रूपमा हात नपरेको बताए । उत्पादन गरिएको दुग्धजन्य पदार्थ मौज्दात रहेका कारण नगद हात लागेको छैन तर चैतदेखि सुक्खा सिजन सुरु हुँदै छ, त्यसमा मौज्दात दुग्धजन्य पदार्थ खपत भएपछि नगद हातमा आउने उनले बताए ।  

उनले भने, “हाम्रो भण्डारमा एक अर्ब १० रुपियाँ बराबरको दुग्धजन्य पदार्थ मौज्दात रहेका छन्, जसमा ८५० मेट्रिक टन धुलो दुध, ७५० मेट्रिक टन बटर रहेका छन् । किसानबाट खरिद गरिए पनि त्यो बिव्रmी नहुँदा किसानलाई भुक्तानी गर्न समस्या भएको बताउँदै उहाँले मौज्दात रहेको दुग्ध पदार्थ बिक्री भयो भने भुक्तानीका लागि केही समस्या नहुने उनले बताए । डिडिसीले करिब एक अर्ब रुपियाँ भुक्तानी गर्न बाँकी छ । किसानलाई भुक्तानी गर्न सरकारले ३० करोड रुपियाँ सहुलिय ऋण उपलब्ध गराएको छ । 

नाफामा जानुको मुख्य कारणमा उनले दुधमा आएको गुणस्तरमा सुधार नै रहेको दाबी गरे । उनले भने, “पहिला किसानसँग दुध लिँदा एसएनएफ ७.५ प्रतिशत मात्र हुन्थ्यो, त्यसमा त्यसलाई आठ प्रतिशत बनाउनका लागि थप धुलो दुध (एसएमपी) मिसाउनु पथ्र्यो अहिले किसानले नै आठ प्रतिशत एसएनएफ भएको दुध दिन थालेपछि एसएमपी मिसाउन नपरेका कारण खर्च घटेको छ ।”

दुधमा थप एसएपपी मिसाउँदा वार्षिक १५ करोड रुपियाँ खर्च हुन्थ्यो तर अहिले त्यो शून्यमा झडेको छ । एसएमपीमा लाग्ने खर्च बचत हुनुका साथै अन्य उत्पादन खर्चमा पनि नियन्त्रण गरी खर्च कटौती गरेको उनले बताए । उनले अहिले १२ प्रतिशतले दुध तथा दुग्ध पदार्थ बिक्रीमा वृद्धि भएको छ । प्रशोधन, ढुवानी, वितरण, प्रशासनिक खर्चमा पनि नियन्त्रण गरिएको बताउँदै उनले सबैभन्दा मुख्य कारण दुधको गुणस्तरमा आएको सुधारले नै डिडिसी नाफामा गएको बताए । 

यसअघि किसानले पानी तथा अन्य कुराहरू मिसाएर दिन्थे, जसले गर्दा एसएनएफमा कम हुन्थ्यो । मापदण्ड दुध बनाउनका लागि एसएमपी थप्नु पथ्र्यो । किसानबाट आठ प्रतिशत एसएनएफ नभएको दुध लिन छाडेपछि बाध्य भएर उनीहरू आठ प्रतिशत एसएनएफ भएको दुध दिन थालेको डिडिसीले दाबी गरेको छ । मापदण्ड अनुसार उपभोक्तालाई तीन प्रतिशत फ्याट र आठ प्रतिशत एसएनएफ भएको दुध दिनुपर्ने हुन्छ । (गोरखापत्रबाट)

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया