राजीनामा होइन, जिम्मेवारीमा व्यस्त छु: कुलमान घिसिङ
- BFIS News
 - 2025 Nov 03 18:13
 
                    
काठमाडौं। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफू पदबाट राजीनामा गर्न लागेको भन्ने समाचार असत्य भएको बताएका छन्। विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा प्रसारित ‘राजीनामा दिने तयारीमा कुलमान घिसिङ’ भन्ने समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको उनले बताएका छन्।
घिसिङले सोमबार सार्वजनिक गरेको वक्तव्यमा भनेका छन्, “विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा मैले पदबाट राजीनामा दिंदै गरेको भन्दै प्रसारित समाचारहरूप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । पदबाट राजीनामा दिन लागेको भन्ने समाचारमा सत्यता नरहेको प्रष्ट पार्न चाहान्छु ।”
उनले थप बताएका छन् कि जेन–जी पुस्ताको ऐतिहासिक आन्दोलनपछि बनेको यो सरकारले जनताको आशा र विश्वास पूरा गर्न प्रतिबद्धता जनाएको छ। “तीनवटा मन्त्रालयको जिम्मेवारी सम्हाल्दै, म निरन्तर रूपमा आन्दोलनले दिएको जनादेश र विश्वास पूरा गर्न क्रियाशील छु,” घिसिङले भनेका छन्।
राजीनामाको समाचारले सामाजिक सञ्जालमा व्यापक चर्चा पाएको भए पनि घिसिङले त्यसलाई ‘पूर्णतः असत्य र भ्रामक’ भएको बताउँदै जनतालाई भ्रममा नपर्न आग्रह गरेका छन्।
                        ![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)







                                                            
                                                            
                                                            
                                                            
                                                            








प्रतिक्रिया