NIMB Header 2
Nepal Life

प्राथमिक शेयर बजारबाट राम्रो नाफा कसरी लिने, आइपीओ बेच्दा फाइदा कि होल्ड गर्दा ?

Muktinath Bank
  • गोविन्द राज जोशी
  • 2024 Mar 09 10:00
प्राथमिक शेयर बजारबाट राम्रो नाफा कसरी लिने, आइपीओ बेच्दा फाइदा कि होल्ड गर्दा ?
Everest Bank

काठमाडौं । पूँजी बजार प्रति आम लगानीकर्ताको चासो बढ्दै गइरहेको छ । दोस्रो बजारमा भन्दा पनि प्राथमिक बजार धेरैको चासो रहने गरेको छ । 

Shikhar
NIMB

कोभिड १९ को समयमा सर्वाधिक उचाइमा पुगेको शेयर बजार कोभिड १९ कै कारण सिर्जना भएको आर्थिक मन्दीले गर्दा शेयर बजार तल्लो विन्दुमा रहेको छ । समग्र अर्थतन्त्र सिथिल अवस्थामा छ । आर्थिक गतिविधि र चहलपहल ठप्प जस्तै छ । यसले गर्दा बैंकहरुमा कर्जाको माग छैन ।

अहिले लगानीका अन्य व्यावसायिक क्षेत्रहरु फस्टाउन सकेका छैन्न । मानिसहरुले भोलि के होला भन्ने डरले गर्दा खर्च कटौती गरिरहेका छन् । सकेसम्म बचत गरेरै राख्ने प्रचलन बढेको छ । बैंक वित्तीय संस्थामा थुप्रिएको निक्षेपको आकडाले पनि यसलाई पुष्टि गर्छ । बजार बढ्ने भन्ने अलिकति मात्रै कन्फिडेन्स बढ्ने वित्तीकै शेयर बजारमा उछाल आउने गरेको छ । अर्को तर्फ बजारमा साना साना सूचनाले झिट्टै असर गर्ने गरेको छ । 

लगानीकर्ताको मनोविज्ञान कमजोर हुँदा शेयर बजार पनि अस्थिर जस्तै छ । जवसम्म अर्थतन्त्र चलायमान हुँदैन तवसम्म शेयर बजारले गति नलिने बजार विश्लेषक निरञ्जन टिवरेवाल बताउछन् । अझै पनि अर्थतन्त्रमा सुधारका संकेत देखिएको छैन । जवसम्म ठोस रुपमा सुधारका लक्षणहरु देखिदैन तवसम्म शेयर बजारले पनि रियाक्ट नगर्ने बजार विश्लेषकहरु बताउछन् । 

कुनै समय प्राथमिक बजारमा २० लाख भन्दा धेरैको आवेदन पर्ने गरेको थियो । अहिले १० लाखदेखि १५ लाखको विचमा आवेदकहरु छन् । प्राथमिक बजारबाट प्रिमियम संकलन गर्ने होडबाजीले पनि लगानीकर्ताको आकर्षण घट्दो छ । प्राथमिक बजारबाटै कम्पनीहरुले रअर्बौ रुपैयाँ संकलन गरिरहेका छन् । 

प्राथमिक बजारबाटै प्रिमियम संकलन गरेका कम्पनीको शेयर मूल्य भने दोस्रो बजारमा खासै आकर्षक देखिदैन । यस भन्दा अगाडी प्रिमियममा शेयर जारी गरेका कम्पनीको शेयर मूल्यमा त्यति ठुलो अन्तर नदेखिएकाले पनि लगानीकर्ताहरु निरास छन् । जस्ता सुकै कम्पनीलाई प्रिमियममा शेयर जारी गर्न दिइएको भन्दै आलोचना समेत हुने गरेको छ ।  

बुक विल्डिङ विधिबाट निष्काशन गरिएका शेयरमा न्युनतम ५० कित्ताको लागि आवेदन दिनु पर्ने भएकाले विद्यार्थी तथा साना साना लगानीकर्ताहरु भने डिमोटिभेट हुने गरेका छन् । तर सामान्य विधिबाट आइपिओ निष्काशन गरेका कम्पनीको शेयरमा भने न्युनतम १० कित्ताका लागि मात्रै आवेदन दिए पुग्ने भएकाले यस्ता कम्पनीको शेयरमा भने लगानीकर्ताको आकर्षण धेरै देखिन्छ ।  

होल्ड गर्ने कि बेच्ने

पूँजीबजारमा प्रवेश गर्ने नयाँ लगानीकर्ताहरु १० कित्ता आइपीओ बेच्ने कि होल्ड गर्ने भन्ने अलमलमा परेको देखिन्छ । बेच्ने हो भने कतिखेर बेच्ने र होल्ड गर्ने हो भने कहिलेसम्म होल्ड गर्ने ? द्विविधा छ । १० कित्ता शेयर बिक्री गरेर तुरुन्तै तात्विक भिन्नता नआउने विश्लेषकहरुको भनाइ छ ।

तर,आइपीओमा परेको १० कित्ताको माध्यमबाट पूँजीबजारलाई विस्तृत रुपमा बुझ्न सकिन्छ । प्राथमिक बजार कुनैपनि लगानी कर्ताको पूँजीबजारमा प्रवेश गर्ने पहिलो खुड्किला हो । जसमा थोरै लगानी र थोरै जोखीममै पूँजीबजारलाई बुझ्न र ग्रहण गर्न सकिन्छ ।

नेपाल धितोपत्र बोर्डले शेयर बजारमा बढीभन्दा बढी मानिसलाई प्रवेश गराउनको लागि शेयर बजारमा १० कित्ता नीति ल्याएको हो । यसले शेयर बजारमा आवद्ध हने मानिसको संख्या पनि बढाएको छ । यसले शेयर बजारलाई पनि चलायमान बनाउने विश्लेषकहरु बताउछन् । 

आइपीओ कतिखेर बेच्ने भन्ने कुरा विभिन्न पक्षसँग जोडिएको हुन्छ। पहिलो पक्ष हो कम्पनी । कम्पनीले कस्तो प्रतिफल दिने क्षमता राख्छ, त्यो विश्लेषण गर्नुपर्छ। प्रिमियममा शेयर निष्काशन गरेका कम्पनीहरुको बारेमा अझ राम्रो सँग बुझ्नु पर्ने हुन्छ । शेयर किन्नुभन्दा बेच्नु निकै विवेकपुर्ण कार्य हो । शेयर बिक्री नगरेसम्म नाफा भयो कि घाटा भयो भनेर मूल्याङ्कन गर्न सकिदैन । तर कहिले बिक्री गर्ने र कहिले खरिद गर्ने भन्ने कुरा नै मूख्य विषय हो । 

त्यसैले शेयर खरिद बिक्री गर्नु अगाडी शेयर बजारलाई अझ धेरै राम्रो सँग बुझ्नु पर्छ । बजारको ट्रेण्ड हेर्नु पर्छ । बजार बुलिस ट्रेण्ड हो कि वियरिस ट्रेण्ड के हो थाहा पाउनु पर्छ । अर्को तर्फ बुलिस वा वियरिस ट्रेण्डको कुन अवस्थामा शेयर बजार रहेको छ भन्ने विश्लेषण गरिएन भने धेरै पछुताउनु पर्छ । अर्थात शेयर बेच्ने समयमा शेयर बजारको चक्रलाई हेरेर बेच्नु पर्छ ।

अव रह्यो कम्पनी विशेषको कुरा, यदि आफुले खरिद गरेको कम्पनीको शेयरले बैंक वित्तीय संस्थाको व्याजदर भन्दा धेरै लाभांश दिन सक्छ भने होल्ड गर्नु बुद्धिमता हुन्छ । दोस्रो बजारमा लगानीकर्ता क्यापिटल गेन गर्ने कि लाभांश प्राप्त गर्ने भन्ने हो । यदि क्यापिटल गेन गर्ने हो भने शेयर बजारको चक्रलाई हेर्नु पर्छ । होइन भने कम्पनीको वित्तीय अवस्थालाई विश्लेषण गर्नु पर्छ ।  

शेयर बजारको आधारभुत मूल्य, मान्यता र सिद्धान्तको राम्रोसँग पालना गर्दै अध्ययन अनुसन्धान गर्दै लगानी गरेमा धेरै नाफा कमाउन सकिन्छ । हल्लाको भरमा, कसैको लहलहिमा लागेर नबुझिकन लगानी गर्दा बजारमा जोखिमु बढ्छ ।

सानो मूल्यको आइपीओमा परेको सेयरलाई होल्ड गर्दा नै उत्तम हुन्छ। सानो सेयरलाई हतार गरेर बिक्री गर्नुहुँदैन। कहिलेसम्म होल्ड गर्ने भन्ने कुरा लगानीकर्ताको आफ्नो क्षमताको कुरा हो। तर महंगो प्रिमियममा खरिद गरिएका कम्पनीको शेयर होल्ड गर्नु भन्दा बिक्री गर्नु सबैभन्दा राम्रो मानिन्छ । जस्तै प्रिमियममा एफपिओ जारी गरेका कम्पनीको विगतको बजार मूल्य हेर्नु भयो भने धेरै चकित पर्ने अवस्था छ । 

प्रिमियममा शेयर जारी गरेका कम्पनीको जगेडा कोष बलियो हुने हुँदा उनिहरुले आउदा केहि वर्ष आकर्षक प्रतिफल दिन सक्ने क्षमता राख्छ । यसले गर्दा यस्ता कम्पनीको शेयर अव आउने बुललाई पर्खेर बिक्री गर्नु उचित हुन्छ । तर आइपिओ निष्काशन गरिसके पछि आउने बुलमा बिक्री गरिएन भने पछुताउनु पर्छ । 

अहिले शेयर बजार बुलिस ट्रेण्डको प्रारम्भिक चरणमा छ । अवको एक दुई वर्ष लगानीकर्ताका लागि उत्साहजनक नै हुने देखिन्छ । यसले गर्दा पछिल्ला दिनमा आइपिओ जारी गरेका कम्पनीको शेयर अहिले नै बिक्री गर्नु भन्दा एक वर्ष कुर्दा राम्रो हुन्छ । तर बजारको ट्रेण्ड हेर्दा आइपिओ सूचिकृत भएर प्रारम्भिक चरणमा जति गतिमा मूल्य बढ्छ त्यसले राम्रो प्रतिफल दिने गरेको छ । पहिलो १०/१५ दिनमा जति बढ्यो बढ्यो त्यस पछि लामो समय त्यो मूल्यलाई ब्रेक गर्न सकेको देखिदैन । यस हिसावले प्रारम्भिक चरणको बढाइका क्रममा अधिकतम मूल्यमै बिक्री गर्नेले जितेका छन् । 

यसरी प्रारम्भिक चरणमा बढेको मूल्यमा बिक्री गर्न सकयो भने त्यस पछि घट्दै तल झर्ने क्रममा आउने मूल्यमा खरिद गरेर राखियो भने पनि कित्ता बढाउन सकिने विश्लेषकहरु बताउछन् । तर बिक्री गरेपछि खरिद गर्ने अभ्यास छैन भने बुलिस बजारको प्रतिक्षा गर्दा बढि फाइदा जनक हुन्छ । मात्रै के हो भने तपाई शेयर बजारमा कतिको धेरै खरिद बिक्री गर्नु हुन्छ भन्ने कुरा हो । यदि दोस्रो बजारमा नियमित खरिद बिक्री गर्नु हुन्छ भने प्रारम्भिक चरणमै बिक्री गर्नु उचित हुन्छ । होइन खरिद बिक्री गर्ने बानी छैन भने बुलिस बजार कुरेर बिक्री गर्न उचित हुन्छ ।  

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया