Nepal Life

धितोपत्र बोर्डको अध्यक्षका लागि पूर्व डेपुटी गभर्नर श्रेष्ठ सहित बीमा प्राधिकरणका पूर्व अध्यक्ष चपागाइको आवेदन

Global Ime detail Page
  • BFIS News
  • 2024 Mar Tue 22:31
धितोपत्र बोर्डको अध्यक्षका लागि पूर्व डेपुटी गभर्नर श्रेष्ठ सहित बीमा प्राधिकरणका पूर्व अध्यक्ष चपागाइको आवेदन
Sanima Reliance

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्षका नेपाल राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर शिबराज श्रेष्ठ सहित चार जनाले आवेदन दिएका छन् ।

NIMB

बोर्डको अध्यक्षका लागि आजसम्ममा नेपाल बीमा प्राधिकरणका पूर्व अध्यक्ष चिरञ्जीवी चापागाईं, धितोपत्र कार्यकारी निर्देशकद्वय डा. नबराज अधिकारी र कृष्ण पोखरेलले आवेदन दिएका छन् । यद्यपी भोलिसम्म आवेदन दिने म्याद रहेको छ । 

सरकारले माघ ४ गते राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठको संयोजकत्वमा अर्थसचिव कृष्णहरि पुष्कर र शंकरदेव क्याम्पसका प्राध्यापक उदय निरौला सदस्य रहेको समिति गठन गरेको थियो । सो समितिले ‘अध्यक्ष नियुक्तिका लागि सिफारिससम्बन्धी कार्यविधि, २०८०’ तयार गरेर आवेदन आह्वान गरेको थियो । यहि कार्यविधि अनुसार प्रकृयाँ अगाडी बढेको हो । 

अध्यक्ष उम्मेदवारका लागि विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरी धितोपत्र बजार व्यवस्थापन, पुँजी बजार विकास, आर्थिक, वित्तीय, वाणिज्य, व्यवस्थापन वा कानुन क्षेत्रमा कम्तीमा सात वर्ष काम गरेको हुनुपर्ने मापदण्ड बनाइएको छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया