Nepal Life

बैंकहरुले ७ महिनाको नाफाबाट कर्मचारीलाई छुट्टाए ५ अर्ब ७५ करोड बोनस, कुन बैंकको कति ?

Global Ime detail Page
  • BFIS News
  • 2024 Mar Wed 18:08
बैंकहरुले ७ महिनाको नाफाबाट कर्मचारीलाई छुट्टाए ५ अर्ब ७५ करोड बोनस, कुन बैंकको कति ?
Sanima Reliance

काठमाडौं । बैंक तथा वित्तीय संस्थाको रोजगारीमा पहिलेदेखि नै आकर्षक रहेको छ । कुनै एक बैंकले रोजगारी खुला गर्यो भने त्यसमा आवेदन दिनेको घुईंचो लाग्ने गरेको छ । यसको मुख्य कारण भने बैंकले कर्मचारीहरुलाई दिने तलब भत्ताका साथै अकर्षक बोनस प्रमुख कारण मानिएको छ । कर्मचारीको बोनसका लागि मात्रै वाणिज्य बैंकहरुले ठूलो रकम छुट्याएका हुन्छन् ।

NIMB

प्रत्येक बैंक तथा वित्तीय संस्थाले बोनस ऐनले तोकेअनुसार कुल नाफा (कर तिर्नुअघि)को बाट १० प्रतिशत कर्मचारीलाई बोनस वापत छुट्याउने गरेका छन् । यसरी छुट्याइएको रकमबाट बैंकहरुले कर्मचारीलाई बोनस वितरण गर्दै आएका छन् । चालु आर्थिक वर्षको ७ महिना अर्थात माघ महिनासम्मको मुनाफाबाट बैंकहरुले कर्मचारीका लागि ५ अर्ब ७५ करोड रुपैयाँ छुट्याएका छन् । 

कुन बैंकले कर्मचारी बोनसका लागि कति रकम छुट्याए ?

चालु आर्थिक वर्षको ७ महिनामा सबैभन्दा धेरै मुनाफा आर्जन गरेको नविल बैंकले कर्मचारीका लागि पनि सबैभन्दा धेरै ६२ करोड ६७ लाख रुपैयाँ प्रोभिजनिङ गरेको छ । त्यस्तै दोस्रो धेरै ग्लोबल आइएमई बैंकले आफ्ना कर्मचारीका लागि ४१ करोड ५४ लाख रुपैयाँ छुट्टाएर राखेको छ । तेस्रो नम्बरमा रहेको प्राइम बैंकले कर्मचारी बोनस बापत ४० करोड ४२ लाख रुपैयाँ प्रोभिजनिङ गरिसकेको छ । 

नेपाल इन्भेष्टमेन्ट बैंकले कर्मचारी बोनसका लागि ३७ करोड ८५ लाख, एनआइसी एशिया बैंकले ३४ करोड ८ लाख, एभरेष्ट बैंकले ३१ करोड ५८ लाख, स्ट्याण्डर्ड चार्टर्ड बैंकले ३० करोड ८२ लाख, हिमालयन बैंकले २९ करोड ९४ लाख, एनएमबी बैंकले २६ करोड ६ लाख, कुमारी बैंकले २२ करोड ९० लाख, सिद्धार्थ बैंकले २२ करोड ६७ लाख, लक्ष्मी सनराइज बैंकले २२ करोड ३६ लाख, सानिमा बैंकले २१ करोड ६७ लाख रुपैयाँ प्रोभिजनिङ गरेको छ । दोस्रो धेरै मुनाफा आर्जन गरेको सरकारी बैंक राष्ट्रिय बाणिज्य बैंकले भने कर्मचारीका लागि २० करोड १७ लाख रुपैयाँ छुट्टाएको छ । 

यस्तो बोनस आर्थिक वर्ष समाप्त भए पछि मात्रै कर्मचारीले प्राप्त गर्नेछन् । आर्थिक वर्षको अन्तिमसम्ममा बैंकहरुले जति मुनाफा आर्जन गर्छन् त्यसको १० प्रतिशत रकम आर्थिक वर्ष सकिए पछि तथा साधारणसभा हुनुभन्दा अगाडी पाउने गरेका छन् । तर बैंकहरु मर्जर पछि कतिपय बैंकमा कर्मचारी धेरै हुँदा प्रति व्यक्ति प्राप्त हुने रकममा भने धेरै गिरावट भएको कर्मचारीहरु बताउछन् । जुन बैंकहरुले मर्जरको बाटो रोजेनन् उनिहरुको कर्मचारीहरुले पाउने बोनस तुलनात्मक रुपमा धेरै आकर्षक हुने गरेको बैंकरहरु बताउछन् । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया