Nepal Life

नबिल बैंकको पूँजी कोष बलियो बनाउने रणनीति, ५ अर्बको अग्राधिकार शेयर क-कसले किन्न पाउछन् ?

Global Ime detail Page
  • BFIS News
  • 2024 Mar Thu 13:19
नबिल बैंकको पूँजी कोष बलियो बनाउने रणनीति, ५ अर्बको अग्राधिकार शेयर क-कसले किन्न पाउछन् ?
Shikhar detail

काठमाडौं । मुनाफादेखि सम्पुर्ण सूचकमा अगाडी देखिएको नबिल बैंकले पूँजी कोष बलियो बनाउने रणनीति बनाएको छ । अधिक तरलताको अवस्थालाई सदुपयोग गर्दै बैंकले ५ अर्ब रुपैयाँको अग्राधिकार शेयर र तीन अर्ब रुपैयाँको ऋणपत्र जारी गर्ने प्रस्ताव अगाडी सारेको हो ।

NIMB

बैंकले प्रति इकाइ १०० रुपैयाँको दरले ५ करोड इकाइका अग्राधिकार शेयर जारी गर्न नेपाल राष्ट्र बैंक सँग स्वीकृति लिने प्रस्ताव गरेको छ । बैंकले अहिले प्रस्ताव गरेको अग्राधिकार शेयरको अभ्यास यस भन्दा अगाडी कृषि विकास बैंकले गरिसकेको छ । जुन शेयर नेपाल सरकार एक्लैले खरिद गरेको छ । नेपाल सरकारले यस्तो शेयरबाट ६ प्रतिशत भन्दा धेरै लाभांश पाउदैन । त्यसमा पनि अन्य सर्वसाधारण लगानीकर्ताले प्राप्त गरेको समयमा मात्रै नेपाल सरकारले उक्त प्रतिफल प्राप्त गर्नेछ ।

अहिले नविल बैंकले घोषणा गरेको अग्राधिकार शेयरको प्रतिफल ८ प्रतिशत तोकिएको छ । यस्तो प्रतिफल बैंकले मुनाफा आर्जन गरेको वर्षमा मात्रै वितरण हुनेछ । यदि बैंकले कुनै वर्ष नोक्सानी बेहोर्नु पर्यो भने अग्राधिकार शेयरका शेयरधनीले प्रतिफल पाउने छैनन् ।

नेपालमा कृषि सँगै अर्को एभरेष्ट बैंकले पनि अग्राधिकार शेयरको अभ्यास गरेको छ । तर एभरेष्ट बैंकको अग्राधिकार शेयर भने अलि फरक प्रकृतिको छ । बैंकले जारी गरेको परिवर्तनीय अग्राधिकार शेयर निश्चित अवधिको अन्तरालमा सर्वसाधारण शेयरमा परिणत हुँदै आइरहेको छ । एभरेष्ट बैंकले यस्तो शेयरमा ७ प्रतिशत लाभांश सुनिश्चित गरेको छ ।

अहिले नविलले तयारी गरेको अग्राधिकार शेयर कृषि र एभरेष्ट बैंकको भन्दा केहि फरक देखिएको छ । कृषिले जस्तो नविलले सर्वसाधारणलाई लाभांश नदिदा नदिने भन्ने हुँदैन । बैंकले कुनै वर्ष सर्वसाधारणलाई लाभांश दिन नसके पनि अग्राधिकार शेयरधनीलाई भने दिनै पर्नेछ ।

बीमा कम्पनी जस्ता संस्थागत लगानीकर्ताका लागि भने लगानी गर्ने दायरा थप फराकिलो भएको छ । ऋणपत्र तथा अन्य विभिन्न इन्स्ट्रमेन्टमा लगानी गर्दै आएका संस्थागत लगानीकर्ताले नयाँ अप्सन प्राप्त गर्ने छन् । लगानीकर्ताले जोखिम व्यवस्थापनका लागि भिन्न औजारहरुको प्रयोग गर्दछन् । नविल बैंकले निष्काशन गर्ने यस्तो अग्राधिकार शेयर पनि उपयुक्त औजार बन्नेछ ।  

सर्वसाधारण लगानीकर्ताले किन्न नपाउने

बैंकले घोषणा गरेको यस्तो अग्राधिकार शेयर सर्वसाधारण लगानीकर्ताले भने खरिद गर्न पाउने छैनन् । बैंकले संस्थागत लगानीकर्तालाई मात्रै खरिदका लागि आह्वान गर्न सक्ने छ । साथै भोलिका दिनमा संस्थागत लगानीकर्ताले सर्वसाधारणलाई बिक्री गर्न पाउने कि नपाउने भन्ने कुरा भने अन्योलमै छ ।

ऋणपत्र जस्तै यो शेयर पनि दोस्रो बजारमा सूचिकृत हुनेछ । संस्थागत लगानीकर्ताले पनि दोस्रो बजारमा कसरी कारोबार गर्छन् भन्ने कुरा अहिलेसम्म स्पष्ट हुन सकेको छैन । भोलिका दिनमा नेपाल राष्ट्र बैंकले के कसरी अनुमति दिन्छ र नेपाल धितोपत्र बोर्डले पनि कुन कुन सर्त राखेर अनुमति प्रदान गर्छ हेर्न बाँकी छ ।

बैंकिङ तरलता व्यवस्थापन गर्ने उपयुक्त उपकरण

बैंकहरुले निक्षेपकर्ताबाट पैसा लिएर ऋणीलाई दिँदै गर्दा सम्भावित जोखिम व्यवस्थापन, निक्षेप फिर्ताको सुनिश्चितता आदि कारण बैंकिङ व्यवसाय विस्तारमा सेयरधनीको पनि निश्चित प्रतिशत योगदान हुनैपर्ने नियामकीय व्यवस्था छ । यस्तो पुँजीगत योगदान पुँजीकोषको हिस्साका रूपमा रहन्छ । भारित जोखिमको आधारमा स्वपुँजी, सञ्चित र जगेडाजस्ता सेयरधनीको सम्पत्ति वा कोष (सेयरहोल्डर्स इक्विटी) समेतको प्राथमिक पुँजीकोष तथा डिबेन्चर र अन्य पुँजीयोग्य रकम सहितको पूरक पुँजीकोष सहितको कुल पुँजीकोष कायम गर्नु बाध्यात्मक हुन्छ । बैंकहरुले समय समयमा पुँजीकोष र लगानीयोग्य रकमको दबाब झेल्दै आइरहेको छ ।

जव पूँजीकोष दवावमा पर्छ तव महंगो व्याजदरमा ऋणपत्र जारी गर्दा पनि बिक्री गर्न नसक्ने बैंकहरु जव बैंकमा अधिक तरलता थुप्रदै जान्छ तव ऋणपत्र समेत जारी गर्दैनन् । जसले यस्तो समयमा ऋणपत्र तथा अन्य औजारहरु ल्याउछन् त्यसले सहजै बिक्री गर्न सक्ने छन् ।

अग्राधिकार शेयर भनेको के हो ?

कम्पनीले निष्कासन गरेको शेयरमध्ये प्रतिफल तथा पूँजी फिर्तामा अग्र अधिकार हुने शेयरलाई अग्राधिकार शेयर अर्थात् प्रिफिरेन्स शेयर भनिन्छ । अग्राधिकार शेयरधनीलाई लाभांश बाँडिसकेपछि मात्र साधारण शेयर बापतको लाभांश बाँडिन्छ । कुनै पनि कम्पनीले तोकिएको दरमा लाभांश वितरण गर्ने गरी अग्राधिकार शेयर जारी गर्दछ । साधारण शेयर बापतको लाभांश कम वा बढी हुने सम्भावना रहन्छ भने अग्राधिकार शेयरको लाभांश सधैं एउटै हुने सुनिश्चित हुन्छ । 

यद्यपि कम्पनीले नाफा गर्न सकेन भने अग्राधिकार शेयरधनीले पनि लाभांश पाउँदैनन् । कम्पनी विघटनमा जाँदा पनि अग्राधिकार शेयरधनीलाई आफ्नो लगानी तथा लाभांश प्राप्त गर्ने पहिलो अधिकार चाहिँ हुन्छ । यही कारण साधारण शेयरभन्दा अग्राधिकार शेयरमा गरिएको लगानी सुरक्षित हुन्छ ।

कतिपय अग्राधिकार शेयर निश्चित समयावधिपछि साधारण शेयरमा परिणत हुने खालका हुन्छन् । यस्तो शेयरलाई परिवर्तनीय (कन्भर्टिबल) अग्राधिकार शेयर भनिन्छ । यसरी परिवर्तन गर्न नसक्ने खालको शेयरलाई अपरिवर्तनीय (ननकन्भर्टिबल) अग्राधिकार शेयर भनिन्छ । साधारण सभामा अग्राधिकार शेयरधनीलाई मतदान गर्ने अधिकार दिएको वा नदिएको आधारमा पनि अग्राधिकार शेयरको वर्गीकरण गर्न सकिन्छ । 

अग्राधिकार शेयरका अन्य प्रकार :

क्युमुलेटिभ, ननक्युमुलेटिभ अग्राधिकार शेयर कुनै वर्ष कम्पनीले अग्राधिकार शेयरधनीलाई तोकिएको लाभांश दिन सकेन भने त्यो लाभांश आगामी वर्षमा नाफा भएमा अघिल्लो वर्षको समेत जोडेर दिने व्यवस्था छ भने त्यस्तो शेयरलाई क्युमुलेटिभ अग्राधिकार शेयर भनिन्छ । जुन वर्ष नाफा भएको हो, त्यही वर्ष मात्र लाभांश बाँडिने शेयरलाई ननक्युमुलेटिभ अग्राधिकार शेयर भनिन्छ । 

रेडिमेबल, इरेडिमेबल अग्राधिकार शेयर निश्चित समयपछि साँवा रकम फिर्ता हुने अग्राधिकार शेयरलाई रेडिमेबल अग्राधिकार शेयर भनिन्छ भने फिर्ता नहुने अर्थात् कम्पनी रहुन्जेलसम्म रहने गरी जारी गरिएको अग्राधिकार शेयरलाई इरेडिमेबल (अग्राधिकार) शेयर भनिन्छ ।

यसरी कुनै अग्राधिकार शेयर कन्भर्टिबल, क्युमुलेटिभ र रेडिमेबल हुन सक्छ भने कुनै कन्भर्टिबल, ननक्युमुलेटभ र रेडिमेबल हुन सक्छन् । त्यस्तै, कुनै अग्राधिकार ननकन्भर्टिबल, क्युमुलेटिभ र रेडिमेबल पनि हुन सक्छ । 

यस्तो अग्राधिकार सञ्चित लाभांश कम्पनी कुनै वर्ष घाटामा गएर लाभांश वितरण गर्न नसकेमा बाँकी रहेको लाभांश सञ्चित भएर आगामी वर्षहरूमा प्राप्त गर्ने व्यवस्था हुन सक्छ । यस्तो लाभांशलाई सञ्चित लाभांश भनिन्छ । त्यसैगरी कम्पनी विघटनमा गएर पूँजी फिर्ता गर्ने क्रममा अंकित मूल्य बराबर नै फिर्ता गर्नुपर्ने हुन्छ । सोही कारण अग्राधिकार शेयरमा अंकित मूल्य तोकिएको हुन्छ ।

आम्दानी र सम्पत्तिमा प्राथमिकता अग्राधिकार शेयरधनीलाई आम्दानी प्राप्त गर्ने र कम्पनी घाटामा गएमा पनि पूँजी फिर्ता गर्ने क्रममा साधारण शेयरधनीलाई भन्दा पहिलो प्राथमिकता हुन्छ । यस्तो शेयरलाई मिश्रित प्रतिभूति पनि भनिन्छ । किनभने अग्राधिकार शेयरमा साधारण शेयर र ऋणपत्र दुवैको विशेषता हुन्छ । नेपालको कम्पनी ऐनअनुसार अग्राधिकार शेयर रकम फिर्ता गरेमा वा फिर्ताको प्रस्ताव गरेमा सो शेयरको अंकित मूल्यबराबरको नयाँ शेयर जारी गर्न सक्ने व्यवस्था छ । 

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया