Nepal Life

सहकारीहरुले लाभांश कम गरी डीजिटाइजेशनमा लगानी बढाउनुपर्छ : सिइओ गुरागाँइ

Global Ime detail Page
  • BFIS News
  • 2024 Mar Fri 17:42
सहकारीहरुले लाभांश कम गरी डीजिटाइजेशनमा लगानी बढाउनुपर्छ : सिइओ गुरागाँइ
Sanima Reliance

काठमाडौं। राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृतका बद्रीकुमार गुरागाँइले सहकारीहरुले सदस्यलाइ दिने लाभांशमा कम गरी डीजिटाइजेशनमा लगानी बढाउनुपर्ने बताएका छन्।

NIMB

राष्ट्रिय सहकारी महासंघको आयोजनमा भइरहेको प्रथम सहकारी डिजिटल कन्क्लेभमा बोल्दै उनले त्यसको प्रयोगका लागि सदस्यहरुलाइ समेत साक्षत्कार गरेर अघि बढ्नुपर्नेमा जोड दिए। सिइओ गुरागाइले बैंकले १० वर्षे रणनीति बनाएको र प्रविधिमैत्री सहकारी बनाउन मापदण्ड समेत तयार गरी अघि बढेको बताए। बैंकले प्रविधिमा गरेको लगानी अनुसार संस्थाहरुले प्रयोग गर्न नसकेको उनको भनाइ छ।

मोबाइल बैंकिङ र वालेटलाइ मात्रै ध्यान दिनेभन्दा पनि कर्मचारीहरुलाइ समेत दक्ष बनाइ नयाँ-नयाँ वस्तु तथा सेवाको प्रयोगमा समेत लाग्नुपर्ने उनको जोड छ।

बाफियामा चेक क्लियरिङ गर्ने व्यवस्था बैंक तथा वित्तीय संस्थालाइ मात्रै दिएको र सहकारीहरुले चेक नभइ भुक्तानी पुर्जामार्फत कारोबार गर्ने गरेका कारण चेक क्लियरिङमा जान नसकेको उनले प्रष्ट पारे। क्लियरिङको पछि लाग्नेभन्दा पनि सहकारीहरु डीजिटाइज भएर सेवालाइ विस्तार गर्न उनको सुझाव छ। पछिल्ला समय फण्ड ट्रान्सफरका विभिन्न माध्ययम रहेकाले त्यसको प्रयोग गर्दा प्रभावकारी हुने उनको बुझाइ छ।

कार्यक्रममा आफ्नो धारणा राख्दै नेपाल क्लियरिङ हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत निलेश प्रधानले सहकारीहरुले पनि डिजिटल कारोबार अगाडि बढाएको बताए। 'कानुनी रुपमा स्पष्टता नभएपनि सहकारीहरुले डिजिटल कारोबार गर्न नपाइने भन्ने छैन', उनले भने।

कोर बैंकिङ, मोबाइल बैंकिङ जस्ता सेवा विभिन्न कम्पनीसँग सहकार्य गरी सहकारीले अगाडी बढाइरहेको उनले सुनाए।

त्यस्तै आकाश डिजिटलका अध्यक्ष सुजनबाबु अधिकारीले सहकारीमा डीजिटाइजेशनको कुरा गर्दा वालेट र कोर बैकिङ मात्रै नभएको धारण राखे। कार्यालयमा हुने सम्पूर्ण कामलाइ कागजरहित बनाउनु नै डीजिटाइजेशन भएको उनको भनाइ छ। सदस्यहरुले घरमै बसेर सहकारीको सम्पूर्ण वित्तीय सेवा लिन सक्नु नै डीजिटाइज भएको उनको धारणा छ। डीजिटाइजेशनमा जाँदा सेवामा प्रभावकारीता र समयको बचत हुने हुँदा यसबाट सदस्यले बढी लाभ लिन सक्ने उनले बताए।

मोबाइल फाइनान्स टेक्नोलोजीका अध्यक्ष स्मरण दवाडीले डीजिटाइजेशनमा जान सहकारीले लगानी बढाउनुपर्ने र कुल खर्चको १० प्रतिशत पनि लगानी नभएको बताए। लगानी नगर्ने तर सेवा सुविधा मात्रै खोजेर नहुने उनको धारणा छ। सदस्यहरुले मोबाइलबाट पैसा तिर्ने मात्रै डिजिटाइजेशन नभएको भन्दै उनले सहकारीका सदस्यले उत्पादन गरेको वस्तु तथा सेवाको समेत बजारिकरण गरेर समुदायको समस्या समाधान गर्नतर्फ लाग्नुपर्ने उनको जोड छ। सहकारी बचत तथा ऋणको मात्रै कारोबार नभइ सदस्यको उत्पादनलाइ विश्व बजारमा बेच्न सक्ने सम्मको प्रविधिमा जोडिन सक्दा यसका सबै पक्षले फाइदा लिन सक्ने बताए।

मोरु डिजिटल वालेटका श्रेस पौडेलले सहकारीहरु ग्रास रुटसम्म पुगेको क्षेत्र भएकाले प्रविधि साक्षरता जगाउन उपयुक्त माध्ययम भएको बताए। सन् २०३० सम्म सहकारीमा डीजिटाइजेशनमा जान अहिलेदेखिनै लगानी बढाउनुपर्नेमा उनको जोड छ। प्रविधिको सीमा नभएको भन्दै उनले त्यो माइन्ड सेट गरेर कन्क्लेभबाट बाहिर निस्कन उनको आग्रह छ।

प्रतिस्पर्धी र गुणस्तरिय सेवा दिन सहकारीहरु पनि तयार हुनुपर्ने उनको जोड छ। कन्क्लेभमा सहभागिहरुले डिजिटाइजेशनमा जान दुर्गम क्षेत्रमा पूर्वाधारको विकास नभएको जनाए। दुर्गममा इन्टरनेट लगायत व्यवस्था नहुँदा सदस्यलाइ सहज सेवा दिन समस्या परेको उनीहरुको भनाइ छ।

 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया