Nepal Life

यि हुन् सर्वसाधारण निक्षेपकर्ताले मन पराएका बाणिज्य बैंक, कुन बैंकमा सर्वसाधारणको निक्षेप कति ?

NMB Bank
  • BFIS News
  • 2024 Mar 17 18:18
यि हुन् सर्वसाधारण निक्षेपकर्ताले मन पराएका बाणिज्य बैंक, कुन बैंकमा सर्वसाधारणको निक्षेप कति ?
National Life

काठमाडौं । बैंकहरुको निक्षेपको प्रमुख स्रोत आम सर्वसाधारण जनता र संस्था तथा कम्पनी हुन् । जुन बैंकमा सर्वसाधारणको निक्षेप धेरै हुन्छ त्यस्तो बैंकको ग्राहक धेरै हुन्छन् । अर्को तर्फ बैंक कति पपुलर छ भन्ने कुरालाई पनि यसले संकेत गर्छ ।

Shikhar
NIMB

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो वित्तीय विवरण अनुसार बाणिज्य बैंकहरुमा सर्वसाधारणको निक्षेपको हिस्सा ६२.११ प्रतिशत रहेको छ । जसमा सर्वसाधारणको निक्षेपको सर्वाधिक धेरै हिस्सा नेपाल बैंकमा रहेको छ । नेपाल बैंकको कुल निक्षेपको ८०.३८ प्रतिशत हिस्सा सर्वसाधारणको रहेको छ । त्यस्तै सर्वाधिक कम हिस्सा नेपाल एसबिआइ बैंकको ५२.१५ प्रतिशत छ ।

बैंकहरुले सकेसम्म बीमा कम्पनी, इन्भेष्टमेन्ट कम्पनी, अन्य विभिन्न कम्पनी तथा संस्थाहरुलाई तान्ने प्रयास गरिरहेका हुन्छन् । यस्तो निक्षेप धेरै हुँदा बैंकको सञ्चालन खर्च एकदमै कम हुन्छ ।

माछापुच्छ्रे बैंक सँग पनि सर्वसाधारण निक्षेप कर्ताको हिस्सा ७१.१३ प्रतिशत रहेको छ । विदेशी लगानीको स्ट्यार्डर्ड टार्टर्ड सँग पनि ६८.०८ प्रतिशत निक्षेप सर्वसाधारणकै छ । सानिमा बैंक सँग पनि ६७.३६ प्रतिशत छ । लक्ष्मी सनराइज बैंक सँग पनि ६६.५४ प्रतिशत हिस्सा छ ।

दुर्गा प्रसाइले केहि समय अगाडी एनआइसी एशिया बैंकको विषयमा नकारात्मक टिप्पणी गर्दा एनआइसी एशिया बैंक सँग सर्वसाधारणको हिस्सा ५७.४९ प्रतिशत छ । काठमाडौंको नेवार समुदायमा केन्द्रित प्राइम कमर्सियल बैंकको सर्वसाधारण निक्षेपको हिस्सा ५३.१८ प्रतिशत छ ।

सरकारी लगानीका बाणिज्य बैंकहरुमा सर्वसाधारणको सबैभन्दा धेरै आकर्षण देखिएको छ । कुनै समय अगाडी सरकारी बैंकमा पैसा राखे कतै जादैन भन्ने कथन थियो । निजी बैंकले १२ प्रतिशत र सरकारी बैंकले ५ प्रतिशत व्याज दिदा पनि सरकारीमै सर्वसाधारणको निक्षेप धेरै हुन्थ्यो । तर अहिले सरकारी र निजी बैंकको निक्षेपको व्याजदरमा खासै ठुलो अन्तर देखिदैन ।

अन्य बैंक वित्तीय संस्था भन्दा बाणिज्य बैंकहरु सुरक्षित मानिन्छ । यसले गर्दा सैनिक कल्याणकारी कोष, नेपाल राष्ट्र बैंक, नेपाल प्रहरी, सामाजिक सुरक्षा कोष, नागरिक लगानीकोष, नेपाल टेलिकम, नेपाल विद्युत प्राधिकरण, बीमा कम्पनी आदीको ठुलो रकम अन्तिममा बैंक वित्तीय संस्थामै जम्मा हुन्छ । कम्पनीहरुले बैंक वित्तीय संस्थामा जम्मा गरेको निक्षेपको प्रमुख स्रोत पनि सर्वसाधारण नै हुन् । राष्ट्र बैंकका अनुसार बैंकहरुमा जम्मा हुने निक्षेपको ९० प्रतिशत रकम सर्वसाधारणकै हो । यसरी सर्वसाधारणकै निक्षेपबाट सञ्चालन हुने बैंकहरुलाई संरक्षण गर्नु राष्ट्र बैंकको दायित्व हो ।

तथ्याङ्क स्रोत : दिलिप मुनकर्मी

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया