Nepal Life

पूँजीबजार बजार सुधारका लागि नेपाल सेयरधनी संघले दियो ११ बुँदे सुझाव

Global Ime detail Page
  • BFIS News
  • 2024 Mar Mon 16:23
पूँजीबजार बजार सुधारका लागि नेपाल सेयरधनी संघले दियो ११ बुँदे सुझाव
Sanima Reliance

काठमाडौं । नेपाल शेयरधनी संघले नेपाल धितोपत्र बोर्डमा पूँजीबजार बजार सुधारका लागि ११ बुँदे सुझाव पेश गरेको छ । संघका अध्यक्ष घनश्याम पाण्डे सहितको कार्यसमितिले नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक डा. नवराज अधिकारीलाई सुझाव पत्र पेश गरेको हो ।

NIMB

संघका अनुसार बिगत २/३ बर्षदेखि देशको अर्थतन्त्र अफ्ठ्यारो अवस्थाबाट गुज्रीरहेको छ। यसो हुनुमा नियमनकारी निकायहरुमा रहेको नीतिगत अन्योलता र उनीहरुले अबलम्बन गरेको गलत नीति नै प्रमुख रुपमा जिम्मेवार देखिएको संघको विश्लेषण छ । अर्थमन्त्री वर्षमान पुनले गत साता नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज र सिडिएससीलाई पत्र काटेर एक साता भित्र शेयर बजारका सरोकारवाल निकाय सँग सल्ला सुझाव दिएर आवश्यक सुझाव पेश गर्न निर्देशन दिएका थिए । सोहि निर्देशन पछि शेयर लगानीकर्ता संघले निम्न ११ बुँदे पूँजीबजार बजार सुधारका लागि तत्काल चाल्नु पर्ने कदमहरु पेश गरेको छ । 

१. बजारलाई चलायमान बनाउन अर्थमन्त्रीले पुँजीगत लाभकर घटाएर दीघकालीन लगानीकर्ताको लागि ३ प्रतिशत र अल्पकालीन लगानीकर्ताको लागि ५ प्रतिशत कायम गर्नु पर्छ । लाभकर घटाउँदा कारोबार बढ्न गई राजश्व झन् वृद्धि हुन्छ ।

२. धितोपत्र बोर्डले ब्रोकर कमिशन घटाउन सिफारिस गरेर अर्थ मन्त्रालयमा पठाएको छ । बोर्डको प्रस्ताव अनुसार नै ब्रोकर कमिशन घटाउने निर्णय अर्थमन्त्रीले गरिदिनु पर्छ ।

३. कर्जाको ब्याज एकल अंकमा ल्याउने वातावरण बनाउनु पर्छ ।

४. ब्रोकर मार्फत मार्जिन ल्यन्डिङ को तत्काल नीतिगत व्यबस्था गर्नु पर्छ ।

५. सबै शेयर धितोकर्जाको जोखिमभार घटाएर १०० प्रतिशत मै कायम गर्नु पर्छ । अहिलेको अवस्थामा शेयर धितो कर्जामा जोखिम छैन भन्ने विषय बुझ्नु जरूरी छ । त्यस्तै शेयर खरिदको लागि लिइने ऋणमा लगाईएको १५/२० करोडको सिमा हटाउनु पर्छ ।

६. बजारको लागि एउटा स्थिर नीति हुनु पर्छ । हरेक मौद्रिक नीतिको समीक्षा मार्फत बजारलाई प्रभाव पार्ने नीति आउनु हुदैन ।

७. नेपालमा पूँजीबजार बजारलाई कहिले सट्टेबाजी, कहिले जुवाघर, कहिले अनुत्पादक लगानीको क्षेत्र भनेर बजारप्रति नकारात्मक टिका टिप्पणी गरेर बजारको लय बिगार्ने काम नियमन गर्ने निकायबाट गर्नु हुदैन ।

८. स्टक मार्केटमा नयाँ साझेदार र प्रविधि ल्याउनु पर्छ ।अहिले चालु अवस्थामा रहेको नेपाल स्टक एक्सचेन्जसँग प्रविधिको अभाव र अबको बजारलाई थेग्न सक्ने क्षमता नभएकोले यसको सुधारका साथै नयाँ स्टक एक्सचेन्ज जरुरी देखिन्छ ।

९. धितोपत्र  बोर्डमा लामो समय अध्यक्ष नहुँदा अनेकौ काम रोकिएका छन् । बोर्डमा योग्य व्यक्तिलाई  तुरुन्त अध्यक्ष नियुक्त गर्ने व्यवस्था मिलाउने ।

१०. बजारको दायरा फराकिलो बनाउनको लागि गैर आवासीय नेपालीहरूलाई विनाशर्त दोस्रो बजारमा लगानी गर्न पाउने अधिकार दिने कुरा तुरुन्त लागू गरिनुपर्छ। यसले अन्तर्राष्ट्रिय बजारमा छरिएर रहेको लगानी नेपालको पुँजी बजारमा आई बजारलाई थप चलायमान बनाउन मद्दत गर्दछ ।

११. पूँजीबजारबजारको विकास र विस्तारका लागि नियमनकारी निकायको बीच समन्वय नीतिगत व्यवस्था,सांगठनिक व्यवस्था एवं कार्यनीतिमा एकरुपता ल्याउनको लागि एउटा स्वतन्त्र पुँजी बजार सुधार आयोग गठन आयोगको रायसल्लाह अनुसार नीतिगत सुधार गर्नुपर्ने देखिन्छ ।

संघले धितोपत्र बोर्डलाई सुझाव पेश गर्दै भनेको छ ‘नीति-नियमहरु तर्जुमा गर्दा खासगरी गलत, अव्यवहारिक र अपरिपक्क निर्णयले गर्दा देशको अर्थतन्त्र र यसका विभिन्न अंगहरुपनि धरापमा परिरहेका छन् ।’

अर्थतन्त्र अफ्ठ्यारो अवस्थामा रहेको कारण देशको पूँजीबजारबजार पनि अफ्ठ्यारो र सकसपूर्ण अवस्थाबाट गुज्रिरहेको छ। सुझावमा भनिएको छ, पूँजीबजारबजार आजको अर्थतन्त्रको आधार हो, अभिन्न अंग हो। पूँजीबजारबजारको सहि विकास र बिस्तार बिना देशले चाहेको आर्थिक वृद्धि हासिल गर्न सकिँदैन। यसले निष्क्रिय स्रोत र साधनलाई परिचालन गरेर सक्रिय मात्र गर्दैन, सो को अधिकतम र प्रभाबकारी उपयोग गरेर उत्पादकत्व पनि बढाऊछ। थप यसले रोजगारी पैदा गर्ने तथा राजश्वमा समेत योगदान गर्छ।

तर दुर्भाग्य, अर्थतन्त्रको यति महत्वपूर्ण पाटोलाइ सहि तवरबाट बुझ्ने र यसबाट अधिकतम लाभ लिने प्रयास नै गरिएको छैन। नेपालको पूँजीबजारबजारलाई ज्यादै अविकसित, पिछडीएको र दयनिय अवस्थामा राखिएको छ। पूँजीबजारबजारको सदुपयोग त धेरै परको बिषय उल्टै यसलाई अबमुल्यन गर्दै महत्वहीन बनाइएको छ। यतिले मात्र नपुगेर बिगत २/३ बर्ष यता उल्टै नेपालको पूँजीबजारबजारलाई प्रहार माथि प्रहार गरेर थला नै पारिएको छ।यस्तो पूँजीबजारबजारले न त लगानीकर्ताहरुको हक-हितको सुनिस्चितता गर्छ न त आर्थिक बिकासमा योगदान नै। पूँजीबजारबजारको सहि विकास र बिस्तार बिना लगानीकर्ताहरुको हक-हितको सुनिस्चितता पनि हुँदैन र देशको आर्थिक बिकास पनि सम्भब नै छैन।

पूँजीबजारबजारका ऐन-कानुनहरु अव्यवहारिक र एकापसमा बाझिने खालका छन्। पूँजीबजारबजारमा उपलब्ध बित्तिय साधन र संलग्न संस्था अति न्यून छन्। पूँजीबजारबजारको विकास र बिस्तारको जिम्मेवारी लिएको नियमन निकाय "धितोपत्र बोर्ड" प्रभाबकारी र सहयोगी देखिँदैन। बिकसित पूँजीबजारबजारहरुले गर्ने काम कार्यवाहीबारे उ पूर्णत बेखबर जस्तैछ। धितोपत्र बोर्ड संगसंगै स्थापना भएको भारतको नियमनकारी निकाय सेक्युरिटी बोर्ड अफ इन्डिया (सेबी) आज विश्वकै एक प्रमुख र प्रभाबकारी नियमन निकाय भैसकेको छ। तर नेपालको धितोपत्र बोर्ड अझै आधारभुत बिषयमै अनभिज्ञ, अकर्मण्य र उदासिन छ।

धितोपत्र बोर्डको सम्पूर्ण रुपान्तरण (Complete Overhaul) आबश्यक छ। त्यसको लागी जबसम्म धितोपत्र बोर्डलाइ सरकार वा मन्त्रालयबाट पूर्ण स्वायत्ता दिईदैन वा बनाईदैन तबसम्म यो संस्था यस्तै अकर्मण्य, असफल र अपाङ्ग रहिरहनेछ । देशका आम लगानीकर्ताहरू धितोपत्र बोर्ड एउटा स्वायत्त निकाय भएर निर्भिक र निडरका साथ पूँजीबजारबजारको सुधारमा काम गरेको हेर्न चाहन्छन्। सेवोनले यस सन्दर्भमा छलफल गरी नीतिगत निर्णय लिने संघले आशा व्यक्त गरेको छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया