Nepal Life

कारोबारोको पहिलो दिनमै सर्वोत्तमको शेयर मूल्यमा सकारात्मक सर्किट

NMB Bank
  • BFIS News
  • 2024 Mar 19 11:47
कारोबारोको पहिलो दिनमै सर्वोत्तमको शेयर मूल्यमा सकारात्मक सर्किट
National Life

काठमाडौं। मंगलबार सर्वोत्तम सिमेन्टको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। दोश्रो बजारमा कारोबार शुरु भएको पहिलो दिनमै कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर सर्किट लागेको हो।

Shikhar
NIMB

मंगलबारको नियमित कारोबार खुल्न नपाउँदै कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ६११.६० रुपैयाँ पुगेको छ। जुन नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) ले तोकिदिएको अधिकतम मूल्यको तुलनामा प्रतिकित्ता ५५.६० रुपैयाँ बढी हो।

नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि न्युनतम प्रतिकित्ता १८५.३६ रुपैयाँ र अधिकतम ५५६.०८ रुपैयाँ तोकेको थियो। यससँगै कम्पनीको पहिलो कारोबार अधिकतम मूल्यबाट सुरु भएको थियो।

आजदेखि कारोबार सुरु भएकोमा बजार खुलेको ८ मिनेटमै कम्पनीको शेयरमूल्यमा अपर सर्किट लागेको हो। योसँगै दोश्रो बजारमा सूचीकृत चारवटा सिमेन्ट उत्पादन गर्ने कम्पनीमध्ये सर्वोत्तमको शेयर सबैभन्दा महंगो शेयर बन्न पुगेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार