NIMB Header 2
Nepal Life

नेप्सेसँगै कारोबार रकम पनि घट्यो, तीन कम्पनीको शेयरमूल्य सर्किट लेभलमा

National Life
  • BFIS News
  • 2024 Mar 20 15:45
नेप्सेसँगै कारोबार रकम पनि घट्यो, तीन कम्पनीको शेयरमूल्य सर्किट लेभलमा
Sanima Reliance

काठमाडौं । बुधबार नेप्से परिसूचक ३.३४ अंकले घटेको छ। यसदिन नेप्से ०.१६ प्रतिशतले घटेर २०६३.९५ विन्दुमा बन्द भएको छ। आज ३ अर्ब ४९ करोड ६२ लाख ८४ हजार ३६ रूपैयाँको शेयर कारोबार भएको छ।

Shikhar
NIMB

गत कारोबार दिन अर्थात् मंगलबार ३ अर्ब ६३ करोड ३९ लाख ३६ हजार ५५४ रूपैयाँको कारोबार भएको थियो। अघिल्लो दिनको तुलनामा कारोबार रकममा १४ करोड रूपैयाँ कमी आएको हो।

यस दिन ३०५ वटा धितोपत्रको ९४ लाख ४५ हजार ६९७ कित्ता सेयर किनबेच भएको हो। बुधबार ९४ कम्पनीको सेयर मूल्य बढेको छ भने १४७ वटाको घटेको छ। यस्तै, ४ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।

आज ३ कम्पनीको शेयरमूल्य सर्किट लेभलमा बढेको छ। गोर्खाज फाइनान्स र बुद्धभूमी नेपाल हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतका दरले बढेको छ भने सर्वोत्तम सिमेन्टको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ।

बोटलर्स नेपाल (बालाजु) को मूल्य सर्वाधिक ९.३२ प्रतिशतले घटेको छ। उक्त कम्पनीको सेयर मूल्य १८ हजार ३५० रूपैयाँमा झरेको छ। यस्तै, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–३ को इकाइ मूल्य ८.०८ प्रतिशतले घटेर प्रति इकाइ मूल्य ८ रूपैयाँ ३१ पैसामा झरेको छ।

बुधबार सोनापुर मिनरल्सको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको प्रतिकित्ता ४९३ रूपैयाँमा १९ करोड ५२ लाख बराबरको सेयर कारोबार भएको हो। यो मूल्य अघिल्लो दिनको तुलनामा २.५७ प्रतिशत घटेको हो।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा शिवम् सिमेन्ट रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ५३९ रूपैयाँमा १७ करोड ६० लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये वित्त, म्युचुअल फण्ड र व्यापार समूहको परिसूचक बढेको छ भने बाँकी सबै समूहको परिसूचक घटेको छ।

बुधबार लघुवित्त समूहमा लगानीकर्ताहरूको उच्च आकर्षण देखिएको छ। उक्त समूहको परिसूचक सर्वाधिक २.५१ प्रतिशतले बढेको छ। यस्तै, उत्पादन तथा प्रशोधन समूहको परिसूचक सर्वाधिक १.४५ प्रतिशतले घटेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया