NIMB Header 2
Nepal Life

साताको कारोबारको अन्तिम दिन नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकममा भने वृद्धि

National Life
  • BFIS News
  • 2024 Mar 21 15:46
साताको कारोबारको अन्तिम दिन नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकममा भने वृद्धि
Sanima Reliance

काठमाडौं । साताको अन्तिम कारोबार दिन अर्थात् बिहीबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ। आज नेप्से १५.३७ अंकले घटेको हो। यसदिन नेप्से ०.७४ प्रतिशतले घटेर २०४८.५७ विन्दुमा बन्द भएको छ।

Shikhar
NIMB

बिहीबारको बजारमा ४ अर्ब ३१ करोड ३० लाख १७ हजार ७१३ रूपैयाँको सेयर कारोबार भएको छ। गत कारोबार दिन अर्थात् बुधबार ३ अर्ब ४९ करोड ६२ लाख ८४ हजार ३६ रूपैयाँको कारोबार भएको थियो। अघिल्लो दिनको तुलनामा कारोबार रकममा ८२ करोड रूपैयाँ वृद्धि भएको हो।

यस दिन ३१५ वटा धितोपत्रको १ करोड ८५ लाख ५२ हजार ७०५ कित्ता सेयर किनबेच भएको छ। बिहीबार ४९ कम्पनीको शेयर मूल्य बढेको छ भने १८७ वटाको घटेको छ। यस्तै, ८ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ।  

आज धैलागिरी लघुवित्तको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ। उक्त कम्पनीको प्रतिकित्ता मूल्य १ हजार ४०८ रूपैयाँ कायम भएको छ। यस्तै, सर्वोत्तम सिमेन्टको सेयर मूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ७३९ रूपैयाँ ९० पैसा पुगेको छ।

बुद्धभूमी नेपाल हाइड्रोपावरको मूल्य सर्वाधिक १० प्रतिशतले घटेको छ। उक्त कम्पनीको सेयर मूल्य ५४४ रूपैयाँ ५० पैसामा झरेको छ। यस्तै, गोर्खाज फाइनान्सको सेयरमूल्य ९.६२ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ८५५ रूपैयाँ ५० पैसा कायम भएको छ।

बिहीबार माछापुच्छ्रे बैंकको संस्थापक सेयरको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको प्रतिकित्ता १३१ रूपैयाँमा १ अर्ब २१ करोड ३२ लाख ८१ हजार बराबरको सेयर कारोबार भएको हो। यो मूल्य अघिल्लो दिनको तुलनामा १० प्रतिशत घटेको हो।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा गोर्खाज फाइनान्स रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ८७४ रूपैयाँमा २८ करोड ५३ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये व्यापार समूहको परिसूचक ०.६५ प्रतिशतले बढेको छ भने बाँकी सबै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया