Nepal Life

शेयर बजारलाई एक वर्षदेखि आयाताकारको अवरोध तोड्न कठिन, यस्तो छ प्राविधिक विश्लेषण

Global Ime detail Page
  • अर्जुन डंगोल
  • 2023 Jul Sat 06:37
शेयर बजारलाई एक वर्षदेखि आयाताकारको अवरोध तोड्न कठिन, यस्तो छ प्राविधिक विश्लेषण
Sanima Reliance

काठमाडौं । शेयर बजारले विगत एक वर्षदेखि आयाताकार बारको अवरोधलाई तोड्न सकेको छैन । यस्तो अवरोध गएको वर्ष सन् २०२२ को जुलाइदेखिनै निर्माण भएको देखिन्छ । यसले गर्दा शेयर बजार १८०९ को विन्दुदेखि २२७३ को विन्दुसम्म घुमिरहेको छ । यस अवरोधलाई तोड्न तीन पटक प्रयास भइसकेको छ ।  

NIMB

पछिल्लो तीन महिनाको अवधिमा यस अवरोधलाई तोड्न धेरै नै प्रयास भए पनि २२७८ भन्दा माथि जानै सकेको छैन । जतिसुकै शक्ति सञ्चय हुँदा पनि माथि जान नसक्दा आताकार बारको अवरोध झन् झन् बलियो बन्दै गइरहेको छ । यदि आइतबार पनि बजार थामिएन र २१०० भन्दा पनि तल झर्यो भने बजार २०३७ को सपोर्ट लाइनमा रोकिन सक्छ । तर यसमा पनि थामिएन भने १९०३ अंकमा मात्रै सपोर्ट देखिन्छ ।

बिहीबार ट्रेण्ड लाइन ब्रेक गरेर तल झरेको हुँदा आइतबारको प्रारम्भिक मुभमेन्टलाई राम्रोसँग नियाल्नु पर्ने हुन्छ । एउटा आशा लाग्ने पक्ष बिहीबारको वन आवर प्याट्रन भने एकदमै मजबुद देखिन्छ । यसले गर्दा आइतबार रिभर्स भएर माथि जाने सम्भावना एकदमै बढि छ ।

यसरी बजार घट्नुको प्रमुख कारण वियरिस डाइभर्सनले गर्दा हो । आरएसआइमा वियरिस डाइभर्सन राम्ररी देख्न सकिन्छ । आरएसआई तल झर्दा स्ट्रेन्थ लुज भइरहेको हुन्छ  तर प्राइस भने माथि गइरहेको छ । यसरी आरएसआइ डाइभर्सन देखिने वित्तीकै लगानीकर्ताले नाफा बुक गर्न खोजिहाल्छन् । शेयर मूल्य बढ्दा पनि स्ट्रेन्थ बढ्न नसकेकाले वियरिस डाइभर्सन देखिएको हो । धेरै लगानीकर्ताहरुले यहि आरएसआइ डाइभर्सन हेरेरै आफ्नो रणनीति बनाउछन् ।

यदि आयाताकारको अवरोध तोड्यो भने वियरिस डाइभर्सनको अवरोध सकियो भन्ने हुन्छ । त्यसैले २२२७ देखि २२७३ को अवरोधलाई तोड्नु पर्छ । तर स्मार्ट इन्भेष्टहरुले १८०० देखि २२०० को विचमा खेलिरहेका छन् । १८०० को विन्दुमा झर्ने वित्तिकै उठाउने अनि २२ अंक पुग्न थाले पछि बिक्री गर्ने प्रवृत्तीले गर्दा अवरोध तोड्न धेरै गाह्रो भएको छ । यसैले गर्दा कम्पनीको शेयर मूल्य बढिरहेको छ तर सूचकमा सुधार हुन सकेको छैन ।

कारोबार रकमलाई हेर्यो भने पनि त्यस्तै देखिन्छ । जव नेप्से सूचक १८०० को लाइनमा झर्छ कारोबार रकम घट्दै जान्छ । अनि २२ को लाइनमा टच हुन थाले पछि कारोबार रकम ह्वात्तै बढ्छ । लगानीकर्ताले तल्लो विन्दुमा शेयर खरिद गरेर माथिल्लो विन्दुमा लिक्वीडी क्रियट गरिरहेका छन् । माथिल्लो विन्दुमा शेयर बिक्री गरेर आफ्नो लिक्वीडी बढाउन यस सँगै बजार तल झर्छ तत्कालै खरिद गर्न थाल्ने । यसैमा बजारका प्लेयरले राम्रो सँग खेलिरहेका छन् ।

माथिल्लो अवरोध र तल्लो सपोर्ट विन्दुलाई राम्रो सँग हेरिरहेका ठुला लगानीकर्ताले जहिले पनि पर्ख र हेरको अवस्थामा हुन्छन् । माथिल्लो विन्दुमा पुग्ने वित्तीकै ३०/४० प्रतिशत शेयर बिक्री गर्ने अनि तल्लो विन्दुमा भएको अवस्थामा आफु सँग भएको सबै लिक्वीडिटी खर्चेर बसेका हुन्छन् । यदि माथिल्लो अवरोधलाई ब्रेक गर्यो भने पनि उनिहरुले सहजै थप शेयर उठाएर मुनाफा आर्जन गर्न सक्छन् ।

यदि अहिलेको २२७८ को अवरोधलाई ब्रेक गर्यो भने पनि नेप्से सूचक २३ हाराहारी पुगे पछि एउटा अवरोध देखिन्छ । यो अवरोधलाई तोड्न सक्यो भने मात्रै बजारले अर्को नयाँ गति लिन सक्छ । यसका लागि ट्रेण्ड लाइन कसरी बन्छ भनेर हेर्नु पर्छ । सबैभन्दा पहिला अहिलेको आयाताकार अवरोधलाई नै तोड्नु पर्छ । अर्थात २२७८ को विन्दु पार गर्यो भने शेयर बजारले अर्को ट्रेण्ड लाइन सेट गर्नेछ ।

जसले लहै लहैमा प्राविधिक पक्षलाई नहेरी खरिद गर्छन् भने उनिहरु फस्ने सम्भावना एकदमै बढि हुन्छ । लगानीकर्ताले पिरामिड स्टाइलमा पनि खेलिरहेको देखिन्छ । घटिरहेको अवस्थामा कुनै कुनै तल्लो सपोर्ट विन्दु खोजिरहेको हुन्छ । स्मार्ट इन्भेष्टरले जुनसुकै सपोर्ट विन्दुमा थोरै थोरै गरेर शेयर खरिद गरिरहेका हुन्छन् । यदि सपोर्ट विन्दु भन्दा अझै तल झर्यो भने अझै उठाउन थाल्छन् । यदि सपोर्ट विन्दुबाट माथि उठिहाल्यो भने पनि केहि न केहि नाफा भइहाल्छ ।

मानौ कसै सँग एक लाख रुपैयाँ छ भने पहिलो आधार विन्दुमा २० हजार रुपैयाँको उठाउने, दोस्रो सपोर्ट विन्दुमा अर्को २० हजारको उठाउने, तेस्रो सपोर्ट विन्दुमा अर्को २० हजार उठाउने गर्दा गर्दै कुनै न कुनै सपोर्ट विन्दुबाट बजार उठ्न थाल्छ । यसरी पनि बजारबाट राम्रो सँग कमाउन सकिन्छ ।

प्राविधिक रुपमा हेर्नु पर्दा हाइड्रो र बीमा डाउन ट्रेण्डमा देखिन्छ । नेप्से सूचक ३२ सय अंक चुम्दा हाइड्रोपावरको ट्रेण्ड लाइन एकदमै ठुलो थियो । त्यस पछि धेरै ठुलो फल डाउन भयो । जवसम्म तल्लो ट्रेण्ड लाइन क्लियर हुँदैन तवसम्म हाइड्रोपावरको सम्भावना कमै छ । तर हाइड्रोको सेक्टरमा एकुमुलेसन भइरहेको देख्न सकिन्छ । तल्लो ट्रेण्डलाइनबाट क्रमश बडिरहेको देखिन्छ । जवकी अन्य सूचकमा यस्तो सिनारियो देख्न सकिदैन । यदि बजार बढ्यो भने हाइड्रोपावरले गति लिने सम्भावना एकदमै धेरै छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया