Nepal Life

तीन महिनामै एमडिआरटी बन्न सफल माधव भण्डारीको टिओटी बन्ने लक्ष्य, जागिर र अभिकर्ता दुबैमा सफल

Global Ime detail Page
  • BFIS News
  • 2024 Mar Sat 18:47
तीन महिनामै एमडिआरटी बन्न सफल माधव भण्डारीको टिओटी बन्ने लक्ष्य, जागिर र अभिकर्ता दुबैमा सफल
Sanima Reliance

काठमाडौं । नेपाल लाइफमा सर्वाधिक जीवन बीमा व्यवसाय गर्दै आएका माधव भण्डारी सन् २०२५ का लागि पहिलो तीन महिनामै एमडिआरटी बन्न सफल भएका छन् । सन् २०२४ को लगि टिओटी बन्न सफल भण्डारीले यस वर्ष टिओटीको लागि सुरुवातिदिन देखिनै मिहिनेत गरिरहेका छन् । उनको मिहिनेतको पहिलो खुड्किलो पुरा भएको छ ।

NIMB

यस वर्ष सुरुवाति दिनमै एमडिआरटीको सफलता मिलेको उनले बताए । उनि भन्छन् ‘यस वर्ष अघिल्लो वर्षको भन्दा धेरै राम्रो भएको छ । यस वर्ष टिओटी बन्ने मेरो लक्ष्य रहेको छ ।’ नेपाल लाइफले चैत महिनासम्ममा एमडिआरटीको लक्ष्य पुरा गर्ने अभिकर्तालाई ३० हजार रुपैयाँ इन्सेन्टिभ सहित प्रोत्साहित गरेको छ ।

यस वर्ष एमडिआरटीको लागि ४७ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गर्नु पर्छ । यनले यहि तीन महिनाको अवधिमा ५१ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरिसकेका छन् । भण्डारीले गएको साउन महिना यता साढे दुई करोड रुपैयाँ बीमा शुल्क आर्जन गरिसकेका छन् । हालको अवस्थासम्ममा उनि नेपाल लाइफबाट सर्वाधिक व्यवसाय गर्नेमा दोस्रो नम्बरमा छन् । उनले ९ महिना भित्रमा १५० भन्दा धेरैको बीमा गर्न सफल भएका छन् ।

जीवन बीमामै आफ्नो जीवन समर्पित गरेका भण्डारीले धेरै मिहिनेत गर्ने गरेको घोराही दाङ शाखाका प्रमुख विष्णु प्रसाद शर्मा बताउछन् । उनले हरेक वर्ष आकर्षक व्यवसाय गर्दै आइरहेको उनले जानकारी दिए ।  

उनि गत वर्ष सन् २०२३ को लागि व्यक्तिगत व्यवसाय तर्फ नेपाल लाइफबाट तेस्रो भएका थिए । भने आर्थिक वर्ष २०७९/८० को लागि भने तेस्रो भएका थिए । यस वर्ष भने उनि आर्थिक वर्षमै 'नेपाल फर्स्ट' हुने लक्ष्यका साथ अगाडी बढेका छन् । उनि आइएमई लाइफ इन्स्योरेन्स कम्पनीमा रहेर व्यवसाय गर्दा पनि नेपाल टप भएका थिए । आइएमई लाइफबाट नेपाल लाइफ भित्रिएका भण्डारीले नेपाल लाइफबाट पनि पहिलो हुने लक्ष्यका साथ अगाडी बढेका छन् ।

एजेन्सी म्यानेजर माधव भण्डारी सन् २०२४ का लागि नेपाल लाइफ इन्स्योरेन्स कम्पनीबाटै पहिलो सिओटी बन्न सफल भएका थिए । भण्डारीले गत वर्ष सन् २०२३ मा एक करोड २६ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरि कोर्ड अफ दि टेवल ‘सिओटी’मा पर्न सफल भएको कम्पनीका घोराही शाखा प्रमुख शर्माले जानकारी दिए । अहिलेको आर्थिक मन्दीको समयमा एमडिआरटीको लक्ष्य हासिल गर्न धौ धौ परिरहेको अवस्थामा भण्डारीले भने तीन महिना भित्रै लक्ष्य पुरा गरेका हुन् ।

३४ वर्षे भण्डारीको जन्म घर गुल्मी हो । प्रविणता प्रमाणपत्र तह गुल्मीबाटै पुरा गरेका उनले स्नातक भने काठमाडौंबाट गरे । जागिरको सिलसिलामा १२/१३ वर्षदेखि दाङमा बस्दै आइरहेका भण्डारीको अभिकर्ता यात्रा पनि जागिर सँगै सुरु भयो ।

उनले करिअरको सुरुवात नेपा टप कम्पनीको राप्ति अञ्चल अन्तर्गतको डिपो प्रमुखबाटै सुरु भयो । हाल पनि उनि यसै डिपोमा प्रमुखको जिम्मेवारी सम्हालिरहेका छन् । मृदुभाषी भण्डारी जागिर र अभिकर्ता दुबै पेशालाई सफलतापुर्वक सम्हालिरहेका छन् ।

आफ्नै अंकलको छोरा यदुनन्द भण्डारीले जागिर मात्रै गरेर हुँदैन अभिकर्ताको काम पनि गर्नु पर्छ भनेर अभिकर्ताको लाइसेन्स झिकिदिएका थिए । दाइले अभिकर्ता पेशामा लागेर राम्रो कमाइ पनि हुने र पुर्णकालिन समय पनि दिनु नपर्ने भने पछि उनि अभिकर्ता पेशा प्रति आकर्षित भएका थिए ।

यसरी आफ्नै दाइको अनुरोध पछि २०७० सालमा अभिकर्ता बनेका भण्डारीले कहिलै पनि पछाडी फर्केर हेर्नु परेको छैन । उनले जुन महिनादेखि अभिकर्ताको काम सुरु गरेका थिए त्यस पछि आजको दिनसम्ममा पनि उनि घोराही शाखामा दोस्रो अभिकर्ता बनेका छैनन् । उनि शाखामा मात्रै होइन राप्ति अञ्चलमै पहिलो नम्बरमा पर्छन् ।

उनले नेपाल लाइफका साथ सँगै आइएमई लाइफमा पनि ५/६ वर्ष अभिकर्ताको काम गरे । आइएमई लाइफमा पहिलो वर्षमै सर्वाधिक धेरै व्यवसाय भित्र्याएका भण्डारीले दोस्रो वर्षमा आफ्नै कोड र टिमबाटै सर्वाधिक धेरै व्यवसाय भित्र्याएका थिए । गएको आर्थिक वर्षमा व्यक्तिगत तर्फबाट सर्वाधिक धेरै व्यवसाय भित्र्याउने तेस्रो नम्बरमा पर्न सफल भएका थिए ।

यसरी दुई वटै कम्पनीमा सर्वाधिक धेरै व्यवसाय भित्र्याउने भण्डारीको दिनचर्या विहान ७ बजेदेखि सुरु हुन्छ । विहानै घरबाट निस्किए पछि बेलुका ७/८ बजे मात्रै घरमा पुग्छन् । यस विचमा अधिकाम्स समय अभिकर्ता पेशाका लागि खर्चिन्छन् । परिवारको पनि राम्रो साथ र सहयोग पाइरहेका भण्डारीले हालसम्म ८ सय भन्दा धेरैको बीमा गराइरहेका छन् ।

बीमालाई राम्रो सँग बुझाउन सक्ने क्षमताकै कारण उनि सर्वाधिक धेरै बीमा शुल्क आर्जन गर्न सफल भएका हुन् । सामान्यतया अन्य अभिकर्ताले जसरी पनि बीमा गराउने अभिप्रायले थोरै थोरै बीमाङ्कको बीमा गराउने गर्छन् । तर उनि सुरुवाति दिनदेखिनै के कुरामा प्रष्ट थिए भने ‘बीमाङ्कले आफ्नो र परिवारको जोखिम बहन गर्न सक्नु पर्छ ।’

उनको यहि बुझाइले गर्दा आजका दिनसम्ममा सर्वाधिक धेरै व्यवसाय भित्र्याउने एजेन्सी म्यानेजर भित्र पर्दै आइरहेका छन् । वार्षिक आम्दानी गर्नेले कम्तिमा पनि २ देखि ३ महिनाको आम्दानीले खाम्नेगरी बीमा गर्नु पर्ने उनको भनाइ छ । उनले भने ‘मैले बीमा गराउदा जहिले पनि घरमा मुख्य आम्दानी गर्ने व्यक्तिको मात्रै बीमा गराउछ । यसरी बीमा गराउदा उहाँहरुको २ देखि ३ महिनाको आम्दानीले वार्षिक प्रिमियम भ्याउने गरि बीमा गराउछु । यसले गर्दा उहाँलाई केहि भइहाल्यो भने पनि परिवारले राम्रो पैसा पाउनु हुन्छ । साथै भोलि पोलिसी परिपक्व हुँदै गर्दा केहि गर्न सक्ने गरी पैसा आउछ ।’

जीवन बीमा सबै मानिहरुलाई आवस्यक पर्ने तर भरपर्दो र विश्वासिलो मान्छे नहुँदा मानिसहरुले बीमा गर्न उपेक्षा गर्ने ट्रेण्ड रहेको उनको भनाइ छ । यसले गर्दा बीमा गराउने व्यक्तिले विश्वास दिलाउन सक्नु पर्छ । उनि तिनै बीमितको दरिलो र विश्वासिलो माध्यम बन्न पुगे । उनको सम्बन्ध सबैभन्दा धेरै हार्डवेयर व्यवसायीहरु सँग छ । यस्ता व्यवसायीहरु लाखौ होइन करोडौमा खेल्छन् । अव यस्ता व्यक्तिलाई एक दुई लाखको बीमा गराएर केहि अर्थ हुँदैन । यहि नेटवर्कबाट विश्वास जित्ने क्रममा उनि ठुलो ठुलो बीमाङ्कको पोलिसी बिक्री गराउन सफल भएका हुन् । उनले जति पनि व्यक्तिको बीमा गराएका छन् ति सबैलाई उनि आफुले सकेको सहयोग गर्छन् ।

यहि पेशामा लागेर उनले घर, जग्गादेखि गाडीसम्म जोड्न सफल भएका छन् । अहिलेसम्मको यो सफलतामा घोराही शाखाको पनि ठुलो साथ सहयोग रहेको उनि बताउछन् । अभिकर्ता पेशा सबै दृष्टिकोणबाट सर्वाधिक आकर्षक रहेको उनको भनाइ छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया