Nepal Life

घट्दो बजारमा लगानीकर्तामा देखिने प्रमुख बिचलनहरु, शिवचन्द्रको विश्लेषण

Global Ime detail Page
  • शिव चन्द्र
  • 2024 Mar Sat 21:42
घट्दो बजारमा लगानीकर्तामा देखिने प्रमुख बिचलनहरु, शिवचन्द्रको विश्लेषण
Sanima Reliance

काठमाडौं । शेयर बजार घट्नु र बढ्नु यसको प्रमुख विशेषता हो । घट्दा आत्तीने र बढ्दा मात्तीने प्रवृत्तीले कसैलाई पनि फाइदा पुर्याउदैन । त्यसैले शेयर बजारमा सुझ बुझ र संयमता पुर्वक लगानी गर्नु नै बुद्धिमता हुन जान्छ । 

NIMB

घट्दो बजारमा लगानीकर्तामा देखिने प्रमुख बिचलनहरु

१. मिडियाहरुमा मार्फत प्रकाशन/प्रशारण हुने समाचारको हेडलाईन मात्र हेरेर गाली गर्नु ।

२. सामाजिक सञ्जालमा आउने पोष्टहरु राम्रै भए पनि सँधै नकारात्मक प्रतिकृया मात्र दिनु ।

३. कसैले तथ्य कुरा नै लेखेछ भने पनि सहि वा गलत हो भन्ने भेरीफाई गर्न छाडेर 'ए.... यसले त सेयर बेचेछ' अथवा 'यसले त सेयर किनेछ' भन्ने मानसिकतामै सिमित रहनु ।

४. हल्लाकै भरमा आफुले खरिद गरेको कम्पनीको सेयरको बारे कसैले नकारात्मक कुरा गरेको खण्डमा सत्य तथ्य पचाउनै नसक्नु।

५. समग्र सोच र पुरै दैनिकी नै तनावयुक्त रहनु ।

६. पटक पटक सेक्टर परिवर्तन गर्दै हौसिएर नबढेको सेक्टरबाट बढेको सेक्टरमा स्थानान्तरण हुनु, अनि पछि पछुताउनु ।

७. जसरी बढ्दो बजारमा अब बजार कहिल्यै घट्दैन सँधै भरी बढिरहन्छ भन्ने सोच हाबी हुन्छ ठिक त्यसैगरी घट्दो बजारमा अब बजार फेरी बढ्छ भन्ने बिश्काश नै नगर्नु ।

८. बढ्दो बजारमा हौसिएर ऋण लिएर कारोबार गर्ने तर घटेको बेलामा ऋण लिएर कारोबार गर्न डराउने ।

९. आफु ढंग पुर्‍याउन नसक्ने दोष भने खाली अरु माथी मात्र थोपर्ने ।

१०. समय अनुसार नचल्ने , महँगो मुल्यमा किनिएका पुराना सेयरहरु मुल्य आएपछि फाईदा भएपछि मात्र बिक्री गर्छु भन्ने सोच राखेर बर्षौंसम्म धारण गरेर राख्ने सोच बनाउनु ।

आफ्नो लगानीलाई १०४° को ज्वरोले समात्दा यस्तो भावनाले ठाउँ लिनु स्वाभाबिक नै हो । सायद आफै पनि भुक्तभोगी भएर होला म चाहिं यो बिषयलाई एकदमै सहज रुपमा लिन्छु । (नोट: केही वर्ष अघिको पोष्टलाई समय सान्दर्भिक लागेर बुँदाहरु थप गरी पुन: पोष्ट गरिएको ।)

प्रस्तुत सामाग्री शिव चन्द्रको सामाजिक सञ्जाल फेसबुकबाट लिइएको हो । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया