Nepal Life

ग्लोबल मनी विक: किन गर्ने बचत ? कसरी बसाल्ने बचत गर्ने बानी ?

Global Ime detail Page
  • BFIS News
  • 2024 Mar Sun 12:58
ग्लोबल मनी विक: किन गर्ने बचत ? कसरी बसाल्ने बचत गर्ने बानी ?
Sanima Reliance

काठमाडौं । खर्च कटौती गरी सञ्चित गर्नु नै बचत हो। वर्तमानको आम्दानी वा खर्च कम गरी भविष्यको लागि केही रकम छुट्टाएर राख्नु पनि बचत हो। बचत तीन प्रकारले गर्न सकिन्छ। पहिलो, आम्दानीको केही भाग छुट्टाएर। दोस्रो, खर्च कटौती गरेर। तेस्रो, दैनिक, साप्ताहिक, मासिक, वार्षिक रूपमा केही न केही बचाएर।

NIMB

हाम्रो खल्तीमा भएको पैसा यसै सकिन्छ। नियमित तलब बाहेक विभिन्न स्रोतबाट आर्जन हुने पैसालाई खर्च गरेर बाँकी रहेको रकमलाई थोरै थोरै गरेर भए पनि बाध्यात्मक बचन गर्ने बानी बसाल्न सकिन्छ । पैसा हुँदा फजुल खर्च गर्ने अनि नहुँदा संकटमा जीवन गुजारा गर्ने हामी नेपालीको बानी नै हो । सानै उमेरदेखि थोरै बचत गर्न थालियो भने ठूलो हुँदा धेरै रकम जम्मा भइसकेको हुन्छ।

भविष्यमा आइपर्ने पैसाको खाँचोलाई सजिलै पार लगाउन बचत आवश्यक हुने बैंकर अशोक शेरचन बताउछन् । ‘सानै उमेरदेखि बचत गर्दा आवश्यक परेको बेला यो ठूलो सहयोगी हुन सक्छ । आम्दानी कम भएको समयमा खर्च धान्न र शिक्षा, स्वास्थ्य उपचार, व्यवसाय सञ्चालन गर्न ठूलो सहयोग पुग्छ।’

यदि तपाईले दैनिक एक सय रुपैयाँको तरकारी किन्दै आउनु भएको छ भने ८० रुपैयाँको मात्रै खरिद गर्दा खासै ठुलो असर पर्दैन । हजारौ पर्ने ब्राण्डेर सामाग्री खरिद गर्दै आउनु भएको छ भने उहि गुणस्तरको नन ब्राण्डेर सामाग्री खरिद गर्दा पनि ठुलो रकम बचत हुन्छ ।

यसरी आफ्नो नियमित बानीलाई सुधार गरेर बचेको रकमलाई बचत गर्दै जाने हो भने निश्चित अवधि पछि हामी सँग ठुलो रकम जम्मा हुन्छ । एउटा क्षेत्रबाट बचेतको रकमलाई अर्को क्षेत्रमा खर्च गर्नु भन्दा जुन जुन क्षेत्रबाट जति रकम बचत गरिन्छ सोहि रकमलाई बैंक वित्तीय संस्थामा बचत गर्दै जाने हो भने हामी सँग निश्चित अवधि पछि ठुलो रकम जम्मा भइसकेको हुन्छ । जुन हामीले कल्पना गरेको भन्दा धेरै हुन्छ ।

हामी चकलेट, जंक फुड लगायतका अखाद्य बस्नुमा खर्च गरिरहेका हुन्छौ । यस्तो बस्तु खादा हाम्रो शरिरमा हानी पुर्याइरहेको हुन्छ भने पैसा पनि खर्च भइरहेको हुन्छ । यदि यस्तो बानी बन्द गर्ने हो भने केहि रकम थप बचत हुन्छ । यसरी बचत भएको रकम समस्या परेको बेला खर्च गर्न पाइन्छ।

यसरी जम्मा भएको रकम बैंक तथा वित्तीय संस्थासम्म पुग्छ। विभिन्न पेसा/व्यवसाय गर्नेले आफुलाई आवश्यक परेको समयमा कर्जाको रुपमा लैजान्छन् । उनीहरूले त्यसलाई उत्पादनशील क्षेत्रमा लगानी गर्छन्। यसले उसको आर्थिक उन्नति पनि हुन्छ र बचत गर्ने व्यक्तिले ब्याज पनि पाउँछ। यसो हुँदा दोहोरो फाइदा हुन्छ। हामीले बचत गरेको थोरै पैसा धेरै हुन पुग्छ। स–सानो बचतले पनि बैंकमा ठूलो पुँजी जुट्छ। अनि लगानीयोग्य पुँजी निर्माण हुन्छ।

बैंक वित्तीय संस्थाले बालबालिकादेखि लिएर युवा र बृद्धहरुलाई समेत लक्षित गरि बचतका स्किमहरु ल्याइरहेका हुन्छन् । हामीले आफ्ना बालबालिकालाई बैंकहरुको बचत गर्ने स्किममा सहभागी गराउदै लैजान सक्छौ । जसका लागि कयौ बैंकहरुले निःशुल्क बचत खाता खोल्न मिल्ने व्यवस्था मिलाएका छन् । कुनै बैंकमा निश्चित रकम पनि लाग्न सक्छ।

खातावाला बच्चा वयष्क भएपछि खाता हस्तान्तरण गरिने एवं सुलभ शैक्षिक कर्जालगायतका बालबालिका मैत्री सुविधाहरू बैंक तथा वित्तीय संस्था, सहकारीले प्रदान गर्दै आएका छन्।

बैंकका साथै सहकारी, लघुवित्त वित्तीय संस्थाहरु पनि बचतका विभिन्न योजनाहरु ल्याएका छन् । बचत गर्ने बानीको विकास गर्न बैंक वित्तीय संस्था तथा सहकारीहरुले उपहार सहितको कार्यक्रमहरू सार्वजनिक गर्ने गरेका छन् ।

बचत कहाँ गर्ने

आफूसँग भएको पैसा घरमै खुत्रुकेमा जम्मा गरेर राख्न सकिन्छ। अझ सुरक्षित तबरले राख्न बैंक तथा वित्तीय संस्था वा सहकारी संस्थामा खाता खोलेर जम्मा गर्न सकिन्छ। बचत सम्पत्ति जोड्ने वा जम्मा गर्ने तरिका पनि हो। तपाईंले जम्मा गरेको पैसाको ब्याज पनि आउँछ। अन्य बचतको तुलनामा बालबालिकाले गर्ने बचतमा आकर्षण ब्याज पनि बैंकले दिन्छ।

खुत्रुके वा दराजमा राखिएको रकमबाट व्याज पाइदैन । साथै हराउने, चोरी हुने जोखिम छदैछ । बैंक वित्तीय संस्थालाई नेपाल राष्ट्र बैंकले नियमन गर्ने भएकाले यस्तो क्षेत्र सबैभन्दा सुरक्षित मानिन्छ । जसले आफुलाई चाहिएको समयमा फिर्ता दिन सक्छन् ।

हामी धेरै व्याज पाउने प्रोलोभनमा व्यक्तिगत रुपमा सापटी दिइरहेका हुन्छौ । तर यो तुलनात्मक रुपमा धेरै नै जोखिमपुर्ण हुन्छ । सापटी लिएको व्यक्तिले फिर्ता नगरेमा कानुनी उपचार पाउन गाह्रो हुन्छ । साथ साथै सापटी लिने व्यक्ति भागेमा वा उसको मृत्यु भएमा आफ्नो रकम पनि सँग सँगै मर्छ । यसले गर्दा थोरै व्याज पाउने भएता पनि बैंक वित्तीय संस्थाहरु सबैभन्दा सुरक्षित क्षेत्र हुन् ।  

कुन बचत राम्रो

बैंक तथा वित्तीय संस्था, सहकारी संस्थाहरूमा मुख्यत तीन प्रकारका खाताहरू हुन्छन्। चल्ती खाता, बचत खाता र मुद्दती खाता प्रमुख हुन्। चाहेको बेला निकाल्न मिल्ने बचत खाता र चल्ती खाता हो। पैसा आवश्यक परिरहने हुन्छ भने यो खाता उपयुक्त हुन्छ। सामान्यतया बचत खातामा ब्याज हुन्छ भने चल्ती खातामा ब्याज पाइँदैन। बचत खातामा जति पटक पनि पैसा जम्मा गर्न सकिन्छ। तर यसमा बैंकले तोकेको सीमामा मात्र पैसा निकाल्न मिल्छ। यो खातामा जम्मा भएको पैसामा बैंकले निश्चित ब्याज दिन्छ। साना रकम जम्मा गर्दै जाने र आवश्यक परेको समयमा पैसा निकालिरहनुपर्ने व्यक्तिका लागि यो खाता उपयोगी हुन्छ।

मुद्दती खातामा निश्चित समय अवधि तोकेर पैसा जम्मा गरिन्छ। जस्तैः तीन महिना, ६ महिना, एक वर्ष, दुई वर्ष, पाँच वर्ष आदी। यसरी निश्चित समय अवधिका लागि राखेको पैसा अन्य बचतको तुलनामा बढी हुन्छ। हरेक बैंक तथा वित्तीय संस्थामा यस्ता खाता सञ्चालन हुने हुँदा आफूलाई उपयुक्त लागेको बैंक तथा वित्तीय संस्था रोज्नु राम्रो हुन्छ।

खाता कसरी खोल्ने ?      

आफूलाई पायक पर्ने स्थानमा रहेको बैंक तथा वित्तीय संस्था, सहकारी संस्थामा गएर खाता खोल्न सकिन्छ। बैंक तथा वित्तीय संस्थामा खाता खोल्न नागरिकताको प्रमाणपत्र, फोटो, आवेदन फारम, दस्तखत नमुनाजस्ता विवरण आवश्यक हुन्छ। बालकालिकाको हकमा अभिभावकको नागरिकता, फोटो, आवेदन फाराम, दस्तखत आवश्यक पर्छ। बालबालिकाको जन्मदर्ता पनि आवश्यक हुन्छ। यसका साथै बैंकको नियमअनुसारको विवरण दिनु पर्दछ।

बचत किन ?

– आपत्कालीन खर्चहरू टार्न

– व्यवसाय सञ्चालन गर्न

– ठूला खर्चहरू टार्न

– उच्चशिक्षा, विदेशयात्रा, वैदेशिक रोजगारीमा जान

– स्वावलम्बी र आत्मनिर्भर बन्न

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया