Nepal Life

कारोबारमा आएको चौथो दिनमा पनि सर्वोत्तमको शेयरमूल्यमा 'अपर सर्किट'

Global Ime detail Page
  • BFIS News
  • 2024 Mar Mon 12:09
कारोबारमा आएको चौथो दिनमा पनि सर्वोत्तमको शेयरमूल्यमा 'अपर सर्किट'
Sanima Reliance

काठमाडौं । दोस्रो बजारमा कारोबार सुरु भएको चौथो दिनमा पनि सर्वोत्तम सिमेन्टको शेयरमूल्यमा अपर सर्किट लागेको छ ।

NIMB

सर्वोत्तमको सेयर मूल्यमा चौथो कारोबार दिन सोमबार पनि १० प्रतिशत बढ्दा अपर सर्किट लागेको हो ।  

आज बजार खुलेको केही मिनेटमै सर्वोत्तम सिमेन्टको सेयरमूल्य प्रतिकित्ता ७३.९९ रुपैयाँले बढेर ८१३.८० रुपैयाँको उचाईमा पुगेको थियो ।

कम्पनीको सेयर दोस्रो बजारमा चैत ६ गतेदेखि कारोबारमा आएको हो । पहिलो कारोबार ५५६ रुपैयाँमा भएको थियो । कम्पनीले बुक बिल्डिङ मार्फत प्रति कित्ता ३६०.९० का दरले आइपीओ बिक्री गरेको थियो ।

यसरी लगानीकर्ताले आईपीओमा लगानी गरेको केही साताभित्रै सर्वोत्तम सिमेन्टको सेयरबाट १२६ प्रतिशत हाराहारीको रिटर्न पाएका छन् ।  

पहिलो कारोबार ५ सय ५६ रुपैयाँमा खुलेको उक्त कम्पनीको सेयरभाउ पहिलो दिन ६११.७, दोस्रो दिन ६७२.७, तेस्रो दिन ७३९.९ हुँदै चौथो दिन ८१३.८ रुपैयाँ पुगेर चौथो सकारात्मक सर्कीट लागेको हो ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया