NIMB Header 2
Nepal Life

नेप्सेको ओरालो यात्रा जारी, आज दोहोरो अंकको गिरावट

National Life
  • BFIS News
  • 2024 Mar 25 15:40
नेप्सेको ओरालो यात्रा जारी, आज दोहोरो अंकको गिरावट
Sanima Reliance

काठमाडौं । सोमबार नेप्से परिसूचक १७.०१ अंकले घटेको छ। गत मंगलबारदेखि घटेको सेयर बजारले आज पनि निरन्तरता पाएको हो। मंगलबार, बुधबार, बिहीबार र सोमबार गरी चार दिनमा नेप्से ४१.९६ अंकले घटेको छ।

Shikhar
NIMB

यसदिन नेप्से ०.८३ प्रतिशतले घटेर २०३१.५५ विन्दुमा बन्द भएको छ।

सोमबारको बजारमा २ अर्ब ४८ करोड ९१ लाख १८ हजार ४८५ रूपैयाँको शेयर कारोबार भएको छ। गत कारोबार दिन अर्थात् बिहीबार ४ अर्ब ३१ करोड ३० लाख १७ हजार ७१३ रूपैयाँको कारोबार भएको थियो। अघिल्लो दिनको तुलनामा कारोबार रकममा १ अर्ब ८३ करोड रूपैयाँ कमी आएको हो।

यस दिन ३०४ वटा धितोपत्रको ७० लाख ६१ हजार १२ कित्ता शेयर किनबेच भएको हो। सोमबार ३७ कम्पनीको शेयर मूल्य बढेको छ भने २०४ वटाको घटेको छ। यस्तै, ३ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ।

आज बोटलर्स नेपाल (बालाजु)को शेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ। उक्त कम्पनीको प्रतिकित्ता मूल्य १८ हजार २७६ रूपैयाँ ५० पैसा कायम भएको छ। यस्तै, सर्वोत्तम सिमेन्टको शेयर मूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ८१३ रूपैयाँ ८० पैसा कायम भएको छ।

किसान लघुवित्तको मूल्य सर्वाधिक १० प्रतिशतले घटेको छ। उक्त कम्पनीको शेयर मूल्य ९१८ रूपैयाँमा झरेको छ। यस्तै, बुद्धभूमी नेपाल हाइड्रोपावरको शेयरमूल्य ९.९९ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ४९० रूपैयाँ १० पैसामा झरेको छ।

सोमबार गोर्खाज फाइनान्सको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको प्रतिकित्ता ८७२ रूपैयाँमा २८ करोड ९० लाख बराबरको शेयर कारोबार भएको हो। यो मूल्य अघिल्लो दिनको तुलनामा १.९९ प्रतिशत बढेको हो।

सर्वाधिक शेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा शिवम् सिमेन्ट रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ५२७ रूपैयाँमा १३ करोड ७८ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये होटल्स, उत्पादन तथा प्रशोधन, म्युचुअल फण्ड र व्यापार समूहको परिसूचक बढेको छ भने बाँकी सबै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो।

यसदिन उत्पादन तथा प्रशोधन समूहको परिसूचक सर्वाधिक २.१९ प्रतिशतले बढेको छ भने लघुवित्त समूहको परिसूचक सर्वाधिक २.२५ प्रतिशतले घटेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया