NIMB Header 2
Nepal Life

सर्वोत्तमको शेयरमूल्यमा लगातार 'अपर सर्किट'

National Life
  • BFIS News
  • 2024 Mar 26 13:22
सर्वोत्तमको शेयरमूल्यमा लगातार 'अपर सर्किट'
Sanima Reliance

काठमाडौं । दोस्रो बजारमा कारोबार सुरु भएको पाँचौ दिनमा पनि सर्वोत्तम सिमेन्टको शेयरमूल्यमा अपर सर्किट लागेको छ।  

Shikhar
NIMB

सर्वोत्तमको सेयर मूल्यमा पाँचौ कारोबार दिन सोमबार पनि १० प्रतिशत बढ्दा अपर सर्किट लागेको हो।  

आज बजार खुलेको केही मिनेटमै सर्वोत्तम सिमेन्टको शेयरमूल्य प्रतिकित्ता ८१.३० रुपैयाँले बढेर ८९५.१० पुगेको हो। लगानीकर्ताले केही साताभित्रै सर्वोत्तम सिमेन्टको शेयरबाट १४८ प्रतिशतभन्दा बढी रिटर्न पाइसकेका छन् ।

कम्पनीको शेयर दोस्रो बजारमा चैत ६ गतेदेखि कारोबारमा आएको हो । पहिलो कारोबार ५५६ रुपैयाँमा भएको थियो । कम्पनीले बुक बिल्डिङ मार्फत प्रति कित्ता ३६०.९० का दरले आइपीओ बिक्री गरेको थियो ।

पहिलो कारोबार ५ सय ५६ रुपैयाँमा खुलेको उक्त कम्पनीको शेयरभाउ पहिलो दिन ६११.७, दोस्रो दिन ६७२.७, तेस्रो दिन ७३९.९ हुँदै चौथो दिन ८१३.८ रुपैयाँ पुगेर चौथो सकारात्मक सर्कीट लागेको थियो।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया