NIMB Header 2
Nepal Life

नेप्सेको लगातार ओरालो यात्रामा ब्रेक, दोहोरो अंकले बढेपनि कारोबार रकम भने घट्यो

Muktinath Bank
  • BFIS News
  • 2024 Mar 26 15:37
नेप्सेको लगातार ओरालो यात्रामा ब्रेक, दोहोरो अंकले बढेपनि कारोबार रकम भने घट्यो
Everest Bank

काठमाडौं । केहीदिनको लगातार ओरालो यात्रापछि आज (मंगलबार) नेप्से परिसूचक दोहोरो अंकले बढेको छ। लगातार चार कारोबार दिन घटेको बजार यस दिन भने १०.१४ अंकले बढेको हो।

Shikhar
NIMB

यसदिन नेप्से ०.४९ प्रतिशतले बढेर २०४१.७० विन्दुमा बन्द भएको छ। मंगलबारको बजारमा २ अर्ब ३५ करोड ४३ लाख ४८ हजार ५०३ रूपैयाँको शेयर कारोबार भएको छ।

गत कारोबार दिन अर्थात् सोमबार २ अर्ब ४८ करोड ९१ लाख १८ हजार ४८५ रूपैयाँको कारोबार भएको थियो। अघिल्लो दिनको तुलनामा कारोबार रकममा १३ करोड रूपैयाँ कमी आएको हो।

यस दिन ३१० वटा धितोपत्रको ६८ लाख ४२ हजार ३९२ कित्ता शेयर किनबेच भएको हो। मंगलबार १६८ कम्पनीको शेयर मूल्य बढेको छ भने ६८ वटाको घटेको छ। यस्तै, १० कम्पनीको शेयर मूल्य स्थिर रहेको छ।

दोल्ती पावरको शेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ। उक्त कम्पनीको प्रतिकित्ता मूल्य ४३० रूपैयाँ १० पैसा कायम भएको छ। यस्तै, सर्वोत्तम सिमेन्टको शेयर मूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ८९५ रूपैयाँ १० पैसा कायम भएको छ।

धौलागिरी लघुवित्तको मूल्य सर्वाधिक ९.३५ प्रतिशतले घटेको छ। उक्त कम्पनीको शेयर मूल्य १ हजार ३९९ रूपैयाँ ६० पैसामा झरेको छ। यस्तै, भगवती हाइड्रोपावरको शेयरमूल्य ४.७५ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ६१९ रूपैयाँ १० पैसामा झरेको छ।

मंगलबार शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको प्रतिकित्ता ५३० रूपैयाँमा ९ करोड ३१ लाख बराबरको शेयर कारोबार भएको हो। यो मूल्य अघिल्लो दिनको तुलनामा ०.५७ प्रतिशत बढेको हो।

सर्वाधिक शेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा सोनापुर मिनरल्स रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ४८७ रूपैयाँमा ८ करोड ५७ लाख रूपैयाँ बराबरको शेयर कारोबार भएको छ।

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये वित्त, जीवन बीमा र व्यापार समूहको परिसूचक १ प्रतिशतभन्दा कमले घटेको छ भने बाँकी सबै समूहको परिसूचक बढेको छ। यसदिन उत्पादन तथा प्रशोधन समूहको परिसूचक सर्वाधिक २.११ प्रतिशतले बढेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया