Nepal Life

निर्जीवन बीमा व्यवसायमा देखिन थाल्यो सुधार, ८ महिनामा २५ अर्ब ८७ करोड आर्जन हुँदा शिखर पहिलो सलिको दोस्रो

Global Ime detail Page
  • BFIS News
  • 2024 Mar Wed 14:14
निर्जीवन बीमा व्यवसायमा देखिन थाल्यो सुधार, ८ महिनामा २५ अर्ब ८७ करोड आर्जन हुँदा शिखर पहिलो सलिको दोस्रो
Sanima Reliance

काठमाडौं । निर्जीवन बीमा व्यवसायमा सुधार देखिन थालेको छ । आर्थिक मन्दीको प्रत्यक्ष प्रभावमा परेको निर्जीवन बीमा व्यवसाय आर्थिक सूचकमा देखिएको क्रमिक सुधारले निर्जीवन बीमा कम्पनीहरुको कुल बीमा शुल्क आर्जमा पनि झिनो सुधार देखिएको छ ।

NIMB

गएका महिनामा बृद्धिदर ऋणात्मक रहेकोमा यस महिनादेखि सुधार देखिएको हो । चालु आर्थिक वर्षको फागुन महिनासम्ममा निर्जीवन बीमा कम्पनीहरुले २५ अर्ब ८७ करोड रुपैयाँ आर्जन गरेका छन् । गत वर्षको यहि अवधिमा निर्जीवन बीमा व्यवसाय २५ अर्ब ५८ करोड रुपैयाँ थियो ।

समिक्षा अवधिमा सर्वाधिक धेरै शिखर इन्स्योरेन्स कम्पनीले तीन अर्ब ७१ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले गएको वर्षको यहि अवधिमा तीन अर्ब ३४ करोड रुपैयाँ आर्जन गरेको थियो । त्यस्तै दोस्रो स्थानमा रहेको सगरमाथा लुम्बिनी सलिकोले तीन अर्ब ४ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा साविक सगरमाथा, लुम्बिनी र मर्जर पश्चातको सलिकको तीन अर्ब १० करोड थियो । कम्पनीको मर्जर सम्पन्न भएको एक वर्ष पुरा भएको छ । मर्जर पश्चात अर्थतन्त्रमा देखिएको मन्दिको असरलाई सामना गर्दै आएको कम्पनीले यस महिनादेखि पुरानो व्यवसायलाई फर्काउदै आइरहेको छ । अवको केहि समयमा कम्पनीले पुर्ण रुपमा सिनर्जी प्राप्त गर्ने देखिएको छ ।

तेस्रो नम्बरमा रहेको सिद्धार्थ प्रिमियरले २ अर्ब ५६ करोड, चौथो नम्बरमा रहेको आइजिआइ प्रुडेन्सियलले २ अर्ब ३० करोड, नेकोले २ अर्ब ११ करोड, हिमालयन एभरेष्टले २ अर्ब ८ करोड, युनाइटेड अजोडले एक अर्ब ७४ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

बजार हिस्साका हिसावले सबैभन्दा धेरै शिखरको १४.१६ प्रतिशत रहेको छ भने दोस्रो स्थानमा रहेको सगरमाथा लुम्बिनीको ११.५८ प्रतिशत छ । सिद्धार्थ प्रिमियरको ९.७५ प्रतिशत, आइजिआइ प्रुडेन्सियलको ८.७६ प्रतिशत छ ।

पछिल्ला दिनमा आयात बढिरहेको छ । मोटर गाडीको आयातमा क्रमिक सुधार आउदा बीमा शुल्क आर्जनमा पनि सुधार देखिएको छ । साथै यो अवधि ठेक्का पट्टाको सिजन भएकाले निर्जीवन बीमा कम्पनीहरुले इन्जिनियरिङ बीमाबाट पनि राम्रै बीमा शुल्क आर्जन गर्दै आइरहेका छन् ।

नयाँ स्थापना भएका माइक्रोइन्स्योरेन्स कम्पनीले पनि १० करोड ३३ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । जसमा नेपाल लाइफले ४ करोड ९० लाख, प्रोटेक्टिभले ३ करोड ४८ लाख र स्टार माइक्रोले एक करोड ९४ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया