Nepal Life

अर्थमन्त्री पुन नियुक्ति अगाडीकै अवस्थामा फर्कियो शेयर बजार, व्याज र किस्ताको दवावले घट्यो

Global Ime detail Page
  • BFIS News
  • 2024 Mar Wed 15:12
अर्थमन्त्री पुन नियुक्ति अगाडीकै अवस्थामा फर्कियो शेयर बजार, व्याज र किस्ताको दवावले घट्यो
Sanima Reliance

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनको नियुक्ति हुनु भन्दा अगाडीकै अवस्थामा शेयर बजार फर्किएको छ । पुन नियुक्ति हुनुभन्दा अगाडी नेप्से सूचक २०३० अंक थियो । सरकारको गठबन्धन परिवर्तन सँगै अर्थमन्त्रीमा पुनः विष्णु पौडेलको आगमन हुने हल्ला फैलाएर केहि दिन बढाइएको शेयर बजार उनि अर्थमन्त्री नहुने भन्ने वित्तीकै २०७८ अंबाट २००७ अंकमा झरेको थियो ।

 

NIMB

गठबन्धनले अर्थमन्त्रीमा पुनलाई नियुक्ति गरे पछि केहि दिन शेयर बजारमा लगातार सुधार पनि देखियो । यस क्रममा नेप्से सूचक २१११ अंकसम्म बढ्यो । पुनले शेयर बजार सुधारको लागि सरोकारवाला निकाय सँग सुझाव मागे सँगै लगानीकर्ता हौसिएका थिए । तर उनले सुझाव माग गरे पनि शेयर बजारमा तात्वीक रुपमा प्रभाव पार्न सक्ने कुनै पनि नीतिगत व्यवस्था गर्न सकेका छैनन् । अर्को तर्फ पुनले नेपाल धितोपत्र बोर्डको अध्यक्ष समेत नियुक्त गर्न सकेका छैनन् ।

यसरी नेपाल धितोपत्र बोर्डको अध्यक्ष समेत नियुक्त गर्न नसक्ने अर्थमन्त्रीको चाललाई नजिकबाट नियालीरहेका लगानीकर्ताको मनोविज्ञान बढ्न नसक्दा अन्तत उनि अर्थमन्त्री हुनु भन्दा अगाडीकै अवस्थामा शेयर बजार फर्किएको हो ।

बुधबार नेप्से सूचक १०.८३ अंकले घटेर २०३०.८६ अंकमा झरेको छ । आज नेप्से सूचक २०२५ अंकसम्म तल झर्यो । कारोबार खुलेको केहि समय ह्वात्तै बढ्ने क्रममा २०५३ अंकसम्म पुगेको शेयर बजार केहि समय पनि टिक्न सकेन ।

सरकारले बजेट निर्माणको आन्तरिक तयारी अगाडी बढाउदै गर्दा तत्काल गर्नु पर्ने कामबाट भने चुकिरहेको छ । लगानीकर्ता कसैमा पनि उत्साह छैन । सर्वोत्तम लगायत केहि कम्पनीमा देखिएको सुधारले बजारमा केहि सपोर्ट गरे पनि विकास बैंक तथा बीमा कम्पनीको शेयर मूल्यमा भने सुधार देखिन सकेको छैन ।

आज १८८ वटा कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ भने जम्मा ५१ वटा कम्पनीको शेयर मूल्यमा सामान्य सुधार देखिन्छ । कारोबार रकम एक अर्ब ९१ करोडमा सिमित भएको छ । चैत मसान्त नजिकिदै गर्दा लगानीकर्तामा व्याज र किस्ताको दवाव परेको छ । यसले गर्दा अवको केहि दिन शेयर बजारमा गिरावट देखिए पनि पुनः सुधार हुने विश्लेषकहरु बताउछन् । अवको एक साता दोस्रो बजारमा राम्रै दवाव पर्ने देखिन्छ । त्यस पछि पनि शेयर बजारमा केहि समय सुधारको माहोल रहनेछ ।  

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया