Nepal Life

फर्स्ट माइक्रोफाइनान्सको संस्थापक शेयरमा आजसम्म आवेदन दिन सकिने

NMB Bank
  • BFIS News
  • 2024 Mar 28 09:03
फर्स्ट माइक्रोफाइनान्सको संस्थापक शेयरमा आजसम्म आवेदन दिन सकिने
National Life

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयरमा आवेदन दिने आज (चैत १५ गते) अन्तिम दिन हो। लघुवित्तले १ लाख ५० हजार कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको छ। कम्पनीले चैत १३ गतेदेखि उक्त संस्थापक शेयर लिलामी बिक्रीमा ल्याएको थियो।

Shikhar
NIMB

लिलामी शेयरमा कम्पनीका संस्थापक शेयरधनी वा अन्य संघसस्था तथा सर्वसाधारणले पनि आवेदन दिन सक्नेछन्।  यसमा न्यूनतम ३०० रुपैयाँ वा सोभन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेस गर्नुपर्नेछ ।

लगानीकर्ताले न्यूनतम १५ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । शेयर खरिदकर्ताले खरिद गर्न चाहेको शेयर संख्या र सोको मूल्यसमेत तोकि मुक्तिनाथ क्यापिटल लिमिटेड, नारायणचौर, नक्साल, काठमाडौंमा आइपुग्नेगरी आवेदन दिनुपर्नेछ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार