Nepal Life

एचआइडिसिएलले संस्थापक शेयर बिक्री गर्दै, सवैले आवेदन दिन पाउने

Global Ime detail Page
  • BFIS News
  • 2024 Mar Sun 09:00
एचआइडिसिएलले संस्थापक शेयर बिक्री गर्दै, सवैले आवेदन दिन पाउने
Sanima Reliance

काठमाडौं । हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआइडिसिएल) ले संस्थापक शेयर बोलकबोल प्रक्रियामार्फत बिक्री गर्ने भएको छ।

NIMB

कम्पनीले १ करोड ७८ लाख ४० हजार १४० कित्ता शेयर लिलामीमातर्फ बिक्री गर्न लागेको हो। यसका लागि कम्पनीले आगामी चैत २५ गतेदेखि उक्त शेयरको बिक्री आवेदन खुलाउने जनाएको छ । बोलपत्र आवेदन पेस गर्ने अन्तिम मिति आगामी वैशाख ९ गते रहेको छ ।

शेयर खरिदका लागि सर्वसाधारण, कम्पनी वा संघसंस्थाले आवेदन दिन सक्नेछन्। कम्पनीका अनुसार शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। बोलकबोल पेस गर्दा न्यूनतम १०० कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन पेस गर्न सकिने कम्पनीले जनाएको छ ।

लगानीकर्ताले ग्लोबल आइएमई क्यापिटलको कार्यालय र ग्लोबल आइएमई बैंकको शाखा कार्यालयहरू नयाँ बानेश्वर, विर्तामोड, विराटनगर,जनकपुर, वीरगञ्ज, हेटौडा, चितवन, पोखरा, बुटवल, बाग्लुङ, नेपालगञ्ज, सुर्खेत, घोराही, धनगढी र महनेन्द्रनगर शाखा कार्यालयहरूमा बोलपत्र आवेदन पेस गर्नुपर्नेछ ।

 

 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया