Nepal Life

सर्वोत्तमको उडानमा 'ब्रेक', नेप्से पनि दोहोरो अंकले ओरालो लाग्यो

Global Ime detail Page
  • BFIS News
  • 2024 Mar Sun 16:05
सर्वोत्तमको उडानमा 'ब्रेक', नेप्से पनि दोहोरो अंकले ओरालो लाग्यो
Sanima Reliance

काठमाडौं । साताको पहिलो कारोबार दिन अर्थात् आइतबार नेप्से परिसूचक १७.३० अंकले घटेको छ। यसदिन नेप्से ०.८५ प्रतिशतले घटेर २०१८.३३ विन्दुमा बन्द भएको छ।

NIMB

नेप्से परिसूचक घटे पनि कारोबार रकममा भने आज वृद्धि भएको छ। आइतबारको बजारमा ३ अर्ब २० करोड ५३ लाख ३२ हजार ३२४ रूपैयाँको सेयर कारोबार भएको छ। गत कारोबार दिन अर्थात् बिहीबार २ अर्ब ६५ करोड ३३ लाख ४९ हजार ४६८ रूपैयाँको कारोबार भएको थियो। अघिल्लो दिनको तुलनामा कारोबार रकममा ५५ करोड रूपैयाँ वृद्धि भएको हो।

यस दिन ३१६ वटा धितोपत्रको ७९ लाख ५७ हजार ६५९ कित्ता सेयर किनबेच भएको हो। आइतबार ६३ कम्पनीको सेयर मूल्य बढेको छ भने १७२ वटाको घटेको छ। यस्तै, १० कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।  

यस दिन मायाखोला हाइड्रोपावरको शेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ। उक्त कम्पनीको प्रतिकित्ता मूल्य ३३४ रूपैयाँ ४० पैसा कायम भएको छ।

यस्तै, गरिमा डिवेञ्चर २०८५ को मूल्य ८.०८ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य एक हजार रूपैयाँ कायम भएको छ।

सर्वोत्तम सिमेन्टको मूल्य सर्वाधिक ९.९९ प्रतिशतले घटेको छ। उक्त कम्पनीको प्रतिकित्ता मूल्य ९७४ रूपैयाँ ५० पैसा कायम भएको छ।  लगातार सात दिन बढेको सर्वोत्तमको उडानमा आज ब्रेक लागेको हो। यस्तै, बोटलर्स नेपाल (बालाजु) को सेयरमूल्य ७.६४ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य १६ हजार ९०१ रूपैयाँ ४० पैसामा झरेको छ।

आइतबार सर्वोत्तम सिमेन्टको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको प्रतिकित्ता ९७४ रूपैयाँ ५० पैसामा २८ करोड ६८ लाख बराबरको शेयर कारोबार भएको हो।

सर्वाधिक शेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा गोर्खाज फाइनान्स रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ८७९ रूपैयाँमा १२ करोड ५६ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये निर्जीवन बीमा समूहको परिसूचक ०.१२ प्रतिशतले बढेको छ भने बाँकी सबै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको छ।

यसदिन उत्पादन तथा प्रशोधन समूहको परिसूचक सर्वाधिक ३.६५ प्रतिशतले घटेको छ।

 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया