Nepal Life

लक्ष्मी सनराइज बैंक २३ औं वर्षमा, क्षेत्रीय स्तरको बैंकबाट सर्वाधिक १० ठुला बैंक भित्र पर्न सफल

Global Ime detail Page
  • गोविन्द राज जोशी
  • 2024 Apr Tue 05:15
लक्ष्मी सनराइज बैंक २३ औं वर्षमा, क्षेत्रीय स्तरको बैंकबाट सर्वाधिक १० ठुला बैंक भित्र पर्न सफल
Sanima Reliance

काठमाडौं । लक्ष्मी सनराइज बैंक सञ्चालनको २२ वर्ष पूरा भएको छ । सन् २००२ मा वीरगन्जबाट क्षेत्रीय बैंकको रूपमा कारोबार सुरु गरेको बैंक २००५ मा राष्ट्रियस्तरको बैंकको रूपमा स्तरोन्नति भएको थियो ।

NIMB

सन् २००४ मा लक्ष्मी बैंकले देशकै पहिलो कर्पोरेट मर्जरका रूपमा हाइसेफ फाइनान्सलाई गाभेको थियो । मर्जरकै क्रममा  बैंकले जनवरी २०१७ मा प्रोफेसनल दियालो विकास बैंकलाई प्राप्ति गरेको थियो । नेपाल राष्ट्र बैंकको विग मर्जरलाई आत्मसाथ गर्दै गएको असार २९ गते साविक लक्ष्मी बैंक र सन राइज बैंक एक आपसमा मर्जर भइ लक्ष्मी सनराइज बैंकको रुपमा एकिकृत कारोबार गर्दै आइरहेका छन् । एक बराबर एकको अनुपातमा मर्जर सँगै बैंकका हरेक सूचक टप टेन बैंक भित्र पर्न सफल भएको छ । 

मर्जर अगाडी लक्ष्मी बैंकको चुक्ता पुँजी ११ अर्ब ५५ करोड रुपैयाँ र सनराइज बैंकको चुक्ता पुँजी १० अर्ब ११ करोड रुपैयाँ थियो । दुई बैंक एक भएपछि चुक्ता पुँजी २१ अर्ब ६६ करोड रुपैयाँ नाघेकोमा मर्जर लगत्तै बैंकले वितरण गरेको बोनस शेयर शेयर पश्चात चुक्ता पूँजी २३ अर्ब १८ करोड नाघेको छ । मर्जर पश्चात बैंक पूँजीका हिसावले छैठौ नम्बरमा रहेको छ ।

दुई वाणिज्य बैंक एक भए सँगै हरेक सूचकमा बैंकले छलाङ मारेको छ । यस वर्षदेखि सिनर्जी इफेक्ट ल्याउने प्रयास गरिरहेकोमा केहि वर्षदेखि अर्थतन्त्रमा देखिएको मन्दीले नराम्रो प्रभाव पारिरहेको छ । मर्जरका कारण अन्य बैंकहरुले लाभांश दिन नसकिरहेको अवस्थामा लक्ष्मी सनराइज बैंकले भने यस वर्ष ७ प्रतिशत बोनस शेयर दिन सफल भएको छ ।

खुद मुनाफामा खराव कर्जाले प्रभाव पारे पनि बैंकको खुद व्याज आम्दानीमा उल्लेख्य सुधार देखिन्छ । अहिलेका लागि मुनाफा कम देखाउनु परे पनि भोलिका दिनमा खराव कर्जा सल्टिदै जादा बैंकले अहिलेको आर्जनलाई मुनाफामा देखाउदै जान पाउने छन् । यसले गर्दा बैंकले कर्जालाई राम्रो बनाउने प्रयास गरिरहेको छ ।

मर्जर अगाडीका दुई मर्चेन्ट बैंक एक भएर एलसएल क्यापिटल बनेको छ । मर्जर अगाडी लक्ष्मी बैंकको सहायक कम्पनीको रुपमा लक्ष्मी लघुवित्त वित्तीय संस्था तथा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड थिए भने सनराइज बैंकको सनराइज क्यापिटल थियो । सन राइज क्यापिटल नेपालकै सबैभन्दा पुरानो मर्चेन्ट बैंक हो ।

साविक लक्ष्मी बैंकको लाभांश वितरणको इतिहास हेर्ने हो भने सबैभन्दा उत्कृष्ट देखिन्छ । यस अवधिमा एक पटक सत प्रतिशत र एक पटक ३० प्रतिशतका दरले दुई पटक हकप्रद निष्काशन गर्यो । उता सनराइज बैंकको लाभांश इतिहास हेर्ने हो भने पनि उत्कृष्ट देखिन्छ ।

नेपाल राष्ट्र बैंकले ८ अर्ब रुपैयाँको क्यापिटल कार्यान्वयन गराउदासम्ममा दुबै बैंकको लाभांश एकदमै उत्कृष्ठ देखिन्छ । जव चुक्ता पूँजी ८ अर्ब पुरा भएर ९/१० अर्ब नाघ्न थाल्यो त्यस पछि मात्रै लाभांशको अनुपात घटेको देखिन्छ । यसरी लाभांशको अनुपात घटेपछि शेयरधनीहरुलाई अझ उत्कृष्ठ प्रतिफल दिन दुबै बैंकले मर्जरको नीति लिएका हुन् । मर्जरले बैंकको कर्जा वितरण गर्ने क्षमतामा उल्लेख्य बृद्धि भएको छ ।

पछिल्लो त्रैमाशिक वित्तीय विवरण हेर्ने हो भने बैंकले तीन खर्ब १० अर्ब रुपैयाँ निक्षेप संकलन गरि २ खर्ब ४७ अर्ब कर्जा लगानी गरेको छ । बैंकको पूँजी कोष ३८ अर्ब ६३ करोड नाघेको छ । विगत २२ वर्षमा बैंकले खुद्रा, मिड मार्केट, कर्पोरेट र ट्रेजरीजस्ता व्यापारमा आफ्नो पहुँच स्थापित गरेको छ । संस्थागत सुशासन, जोखिम व्यवस्थापन तथा सबल प्रविधिमार्फत लक्ष्मी सनराइज बैंकले उत्कृष्ट बैंकको रूपमा नेपालको बैंकिङ क्षेत्रमा उच्च गुणस्तर कायम गरेको छ ।

मर्जरको सँगै बैंकको शाखा सञ्जाल र कर्मचारीको संख्यामा पनि उल्लेख्य सुधार भएको छ । हाल बैंकका २५० सय भन्दा धेरै शाखा सञ्जाल छन् भने २५ सय भन्दा धेरै कर्मचारी कार्यरत छन् । बैंकको प्रमुख कार्यकारी अधिकृतमा बैंकिङ क्षेत्रमा लामो अनुभव हासिल गरेका अजय विक्रम शाह रहेका छन् । तीन दशक लामो बैंकिङ अनुभव हासिल गरेका शाह २०७६ सालदेखि बैंकको नेतृत्व सम्हाल्दै आइरहेका छन् । स्ट्याण्डर्ड चार्टर्ड बैंकबाट करिअर सुरुवात गरेका शाह एक दशक काम गरे पछि लक्ष्मी बैंक भित्रिएका थिए । उनि लक्ष्मी बैंकको सक्सेसर पनि हुन । 

 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया