NIMB Header 2
Nepal Life

सिंगटीको अवितरित हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन

National Life
  • BFIS News
  • 2024 Apr 02 08:01
सिंगटीको अवितरित हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन
Sanima Reliance

काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले बोलकबोल प्रक्रियामार्फत बिक्रीमा राखेको अवितरित हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन हो। कम्पनीले ४६ लाख ११ हजार ५३९ कित्ता अवितरित हकप्रद शेयर गत चैत १२ गतेदेखि बिक्रीमा राखेको थियो।

Shikhar
NIMB

कम्पनीले गत फागुन २ गतेदेखि २२ गतेसम्म १:१ अनुपातमा निष्कासन गरेको हकप्रदमा आवेदन नपरेको ४६ लाख ११ हजार ५३९ कित्ता शेयर लिलामीमातर्फ बिक्रीमा राखेको हो।  

शेयर खरिदका लागि जो सुकै व्यक्ति, कम्पनी वा संघसंस्थाहरुले आवेदन दिन सक्नेछन्। शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। बोलकबोल पेश गर्दा न्यूनतम १०० कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सकिने कम्पनीले जनाएको छ।

लगानीकर्ताले मुक्तिनाथ बैंकको प्रधान कार्यालय र शाखा कार्यालयहरु भक्तपुर ठिमी, कुमारीपाटी, विर्तामोड, वीरगंज, जनकपुर, हेटौडा, नारायणगढ, पोखरा, बाग्लुङ, बेनी, बुटवल घोराही, नेपालगंज, सुर्खेत, धनगढी र महेन्द्रनगरका शाखा कार्यायहरु तथा सिन्धु विकास बैंक चरीकोट दोलखाबाट बोलपत्र आवेदन पेश गर्नसक्नेछन्। 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया