नेप्सेमा १ करोड ५१ लाख ६९ हजार कित्ता बोनस शेयर सूचीकृत
- BFIS News
- 2024 Apr 02 14:00
काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा १ करोड ५१ लाख ६९ हजार १६६.५ कित्ता बोनस शेयर सूचीकृत भएको छ।
लक्ष्मी सनराइज बैंकले शेयरधनीहरुलाई प्रदान गरेको ७ प्रतिशत बोनस बापतको शेयर आज सूचीकृत भएको नेप्सेले जनाएको छ।
बैंकले गत आव २०७९/८० का लागि ७ प्रतिशत बोनस शेयर र ०.३७ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) गरी कुल ७.३७ प्रतिशत लाभांश प्रदान गरेको थियो।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)

















प्रतिक्रिया