Nepal Life

सर्वोत्तम सिमेन्टद्वारा लाभांश घोषणा, साधारण सभा कहिले ?

Global Ime detail Page
  • BFIS News
  • 2024 Apr Tue 18:17
सर्वोत्तम सिमेन्टद्वारा लाभांश घोषणा, साधारण सभा कहिले ?
Sanima Reliance

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको आज बसेको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गरेको हो । बैठकले गत आर्थिक वर्ष २०७९/८० का लागि चुक्तापूँजीको १५ प्रतिशत नगद लाभांश(करसहित)घोषणा गरेको हो ।

NIMB

बैठकले कम्पनीको पाँचौं वार्षिक साधारण सभासमेत डाकेको छ । वैशाख १२ गते बिहान १० बजे होटल भिलासा भैरहवामा साधारण सभा गर्ने निर्णय कम्पनीले गरेको छ। कम्पनीद्वारा प्रस्तावित लाभांश उक्त सभाबाट पारित भएपछि शेयरधनीहरुलाई वितरण गरिनेछ । उक्त सभामा गत आर्थिक वर्षको वित्तीय विववरणहरु पारित हुनुका साथै पाँचजना संस्थापक र एकजना सर्वसाधारण र एकजना स्वतन्त्र सञ्चालकको निर्वाचने गर्ने प्रस्ताव समेत पारित हुनेछ ।  

लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि कम्पनीले आगामी चैत ३० गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ चैत २९ गतेसम्म कायम शेयरधनीहरु मात्रै कम्पनीको लाभांश प्राप्त गर्न र सभामा सहभागी हुन योग्य हुनेछन् ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया