NIMB Header 2
Nepal Life

अध्यक्ष नियुक्तिको टुंगो छैन, आइपिओ निष्कासनको अनुमति भने दिइँदै

National Life
  • BFIS News
  • 2024 Apr 03 19:02
अध्यक्ष नियुक्तिको टुंगो छैन, आइपिओ निष्कासनको अनुमति भने दिइँदै
Sanima Reliance

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले प्राथमिक शेयर (आइपिओ) निष्कासनको प्रक्रिया अघि बढाउन निर्देशन दिएपछि   नेपाल धितोपत्र बोर्ड त्यसको तयारीमा जुटेको छ। पाइपलाइनमा रहेका कम्पनीलाई प्रक्रिया पूरा गरेर स्वीकृति दिन निर्देशन भएपछि अब निष्कासनको प्रक्रिया अघि बढाउने तरखर बोर्डले गरेको हो।

Shikhar
NIMB

बोर्डका रमेशकुमार हमाल कार्यकाल सकिएर बिदा भएपछि आइपिओ निष्कासन स्वीकृतिको काम रोकिएको थियो। अध्यक्ष पदका लागि १९ जनाको आवेदन परेपनि हालसम्म छनोटको प्रक्रिया अघि नबढ्दा बोर्डका कामकारबाहीसमेत बिगत तीन महिनायता रोकिएका छन्।   

बोर्डले सुरुमा अंकित मूल्यमै जारी गर्न आवेदन दिएका केही कम्पनीलाई आइपिओ निष्कासनको अनुमति दिने तयारी गरेको छ। प्रिमियममा जारी गर्न आवेदन दिएकालाई भने केही समय होल्डमा राखिने बोर्डले जनाएको छ।

मंगलबार अर्थमन्त्रीले बोर्डका कायम मुकायम अध्यक्ष नवराज अधिकारीसँग छलफल गरी आइपिओ र हकप्रद शेयर निष्कासन अनुमति दिनका निर्देशन दिएका थिए। शुक्रबारसम्म बोर्ड बैठक बसेर केही कम्पनीलाई स्वीकृति दिने तयारी गरिएको छ।

बोर्डमा ३५ कम्पनीले आइपिओ निष्कासनका लागि अनुमति मागेका छन्। जसमध्ये पाँच कम्पनीले प्रिमियममा आइपिओ निष्कास अनुमति मागेका छन्। जगदम्बा स्टिल, सौर्य सिमेन्ट, मारुती सिमेन्ट, ह्याम्स हस्पिटल र रिलायन्स स्पिनिङ मिल्स (बुक बिल्डिङ) ले प्रिमियममा आइपिओ जारी गर्न अनुमति मागेका छन्। यी कम्पनीले भने हाल अनुमति पाउने छैनन्।

३५ कम्पनीले २७ अर्ब ६९ करोड ५० लाख ३७ हजार २३३ रुपैयाँ बराबरको आइपिओ निष्कासनका लागि अनुमति मागेका छन्। सबैभन्दा धेरै जगदम्बा स्टिल्सले २ करोड ७० हजार कित्ता आइपिओ अनुमति मागेको छ। आइपिओ अनुमति माग्नेमा हाइड्रोपावर क्षेत्रका कम्पनी धेरै छन्। हाइड्रोका १७, उत्पादन तथा प्रशोधन क्षेत्रका ५, अन्य समूहका ९, होटल तथा पर्यटन समूहका २, लगानी र माइक्रोफाइनान्स समूहको एक/एक कम्पनी छन् ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया