Nepal Life

मर्जर पछि सगरमाथा लुम्बिनीको हरेक सूचकमा उत्साहप्रद सुधार, 'बन्यो नेपालको बीमा क्षेत्रमै उदाहरणीय'

Global Ime detail Page
  • गोविन्द राज जोशी
  • 2024 Apr Wed 23:23
मर्जर पछि सगरमाथा लुम्बिनीको हरेक सूचकमा उत्साहप्रद सुधार, 'बन्यो नेपालको बीमा क्षेत्रमै उदाहरणीय'
Sanima Reliance

काठमाडौं । नेपालको बीमा क्षेत्रको इतिहासमा २९ वर्ष पूरा गरेको सगरमाथा इन्स्योरेन्स कम्पनी र १९ वर्ष पूरा गरेको लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी गाभिएर निर्माण भएको सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी ‘सलिको’को व्यवसाय, पूँजी, क्षमता, सेवा प्रवाह, आम समुदायमा पहुँच आदिको हिसावले अत्यन्तै उत्साहप्रद देखिएको छ ।

NIMB

सेवाग्राहीप्रतिको दायित्व तथा कम्पनीको आन्तरिक सवलीकरणमा जोड दिदै ‘विश्वासको सम्बन्ध, एकताको प्रतीक’भन्ने मूल उद्देश्य राखी दुई कम्पनी विच मर्जर सम्पन्न भएको कम्पनीका अध्यक्ष मनोहर दास मुलले बताए । उनले भने ‘मर्जर पश्चात आन्तरिक रुपमा कम्पनीको सुशासन, कर्मचारीहरुको सेवाको सुरक्षालाई प्राथमिकतामा राखी उनिहरुको क्षमतालाई कम्पनीको हितमा उपयोग गर्ने नीतिका कारण दुबै कम्पनीका कर्मचारीहरुको समायोजन अत्यन्तै सहज, सौहार्दपूर्ण मात्र नभई बीमा क्षेत्रको लागि उदाहरणीय रुपमा सम्पन्न गर्न सफल भएका छौ ।’

कम्पनी गाभिने क्रममा देखिने स्वभाविक चुनौतीहरुलाई व्यवस्थापनले अवसरको रुपमा लिइ दुबै कम्पनीका कर्मचारीहरुको सेवाको सुरक्षालाई प्राथमिकतामा राख्दै समान रुपमा क्षमता अनुसारको बाँडफाँड गरी कर्मचारीहरुका बीचमा सौहार्दपूर्ण रुपमा समायोजन गर्न सफल भएको र कर्मचारीमा नयाँ खालको उत्साह र उर्जा पैदा गर्न सफल भएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले बताए । उनले थपे ‘देशको आर्थिक गतिविधिहरु सन्तोषजनक नभएपनि भएका अवसरहरुको समुचित उपयोग गर्दै कम्पनीलाई देशको अग्रणी निर्जीवन कम्पनीको रुपमा स्थापित गर्न व्यवस्थापन दत्तचित्त भइ लागेको छ ।’

कम्पनीको खुद बीमा शुल्क आर्जन

मर्जर पछि तत्काल बीमा शुल्क आर्जनमा खासै सुधार नदेखिए पनि चालु आर्थिक वर्षमा भने व्यवसायमा क्रमश सिनर्जी इफेक्ट देखिदै आएको छ । साविक सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले विगत ५ वर्षदेखि खुद बीमा शुल्क आर्जनमा पनि क्रमिक सुधार गर्दै आइरहेको छ ।

कम्पनीले आर्जन गरेको बीमा शुल्क मध्ये सर्वाधिक धेरै हिस्सा मोटर बीमाको ४४.३१ प्रतिशत छ । दोस्रो धेरै बीमा शुल्क आर्जनको हिस्सा सम्पत्ती बीमाको २२.०७ प्रतिशत छ । त्यस्तै अन्य बीमा व्यवसायहरु मरिन २२.१४ प्रतिशत, इन्जिनयरिङ ११.१४ प्रतिशत, लघु बीमा ३.५१ प्रतिशत, हवाइ बीमा ६.६९ प्रतिशत रहेको छ ।

तीन वर्षअघि विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ र नेपाल सरकारले समय समयमा जारी गरेको लकडाउन, निषेधाज्ञाको कारण नेपालको उद्योग, व्यापर लगायतका आर्थिक गतिविधिहरुमा अवरोध रहँदा त्यसको असर अहिलेसम्म पनि परेको अध्यक्ष मुलको विश्लेषण छ । उनले थपे ‘आन्तरिक रुपमा आर्थिक गतिविधिहरु पूर्ण क्षमतामा चलायमान हुन नसकेको तथा राजनीतिक स्थिरतामा केहि आशाप्रद भए पनि आर्थिक क्षेत्र अन्यन्तै तरल अवस्थामा रहेको छ । त्यसैगरी बाह्य रुपमा रुस युक्रेन युद्ध, मध्यपूर्वमा देखिएको संकट, विश्वव्यापी आर्थिक मन्दीका कारण अन्तर्राष्ट्रिय आर्थिक गतिविधिमा परेको असरको बाछिटा नेपालमा पनि देखिएको छ ।’

दाबी भुक्तानी

बीमालेख हस्तान्तरण तथा दाबी भुक्तानी प्रकृयालाई छिटो छरितो रुपमा सम्पन्न गर्दै विद्युतीय माध्यमबाट समेत कम्पनीको सेवा लिन सकिने व्यवस्था गरिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत क्षेत्रीले जानकारी दिए । उनले भने ‘दाबी भुक्तानीमा कम्पनीले लागु गरेको 'भिआइपी अन दि स्पट’ कार्यक्रमले खासगरी निजी सवारी साधनका ग्राहकहरुलाई छिटो छरितो दाबी भुक्तानी गर्ने र उनिहरुको माध्यमबाट कम्पनीले थप व्यवसाय प्राप्त गर्दै आइरहेको छ ।’ विगत ५ वर्षदेखिको तथ्याङ्क हेर्ने हो भने कम्पनीको दाबी भुक्तानी बढ्दो क्रममा छ । गत आर्थिक वर्षमा कम्पनीले तीन अर्ब १४ करोड रुपैयाँ दाबी भुक्तानी गरेको छ ।  यसरी हुने दाबी भुक्तानीको सर्वाधिक धेरै हिस्सा पनि मोटरकै रहेको छ । कुल दाबी भुक्तानीको ५२ प्रतिशत मोटर बीमा तर्फ रहेको कम्पनीले जनाएको छ ।

कृषि बीमाको लागि कम्पनीलाई तोकिएको जिल्लाहरु र अन्य स्थानमा समेत स्थानीय कृषक तथा व्यवसायीहरुलाई बाली तथा पशुपन्छी बीमाको सेवा उपलब्ध गराउनुका साथै नष्ट भएक बालि तथा मृत्यु भएका पशुपन्छीहरुको यथाशक्य चाडो दाबी भुक्तानी गरी राहत प्रदान गर्ने गरिएको प्रमुख कार्यकारी अधिकृत क्षेत्रीले बताए ।

कम्पनीको लगानी

कम्पनीले गत आर्थिक वर्षको अन्तिम अवधिसम्ममा ६ अर्ब २२ करोड रुपैयाँ कुल लगानी गरेको छ । यस्तो लगानी हरेक वर्ष बढ्दै आइरहेको छ । सलिकोको कुल लगानीको ७६.४३ प्रतिशत मुद्दती निक्षेपमै रहेको छ । त्यस्तै विभिन्न कम्पनीको शेयरमा १७.६० लगानी रहेको देखिन्छ । कम्पनीमा रहेको पूँजीको उपयोग गर्दै लगानीको विविधिकरण गर्ने उद्देश्यले निकट भविष्यमा सहायक कम्पनीको रुपमा लगानी कम्पनी दर्ता गर्ने प्रकृयाको थालनी गरिएको कम्पनीले जनाएको छ ।

जनशक्ति

कम्पनीमा कार्यरत कर्मचारीहरु मध्ये सबैभन्दा धेरै कर्मचारी मानव संशाधन, कानुन र ग्राहक सेवा तर्फ ३१४ जना छन् । अण्डराइटिङ तर्फ १९१ जना र दाबी भुक्तानी तर्फ १३० जना कर्मचारी कार्यरत छन् ।

देशको आर्थिक गतिविधिहरु सन्तोषजनक नभएपनि भएका अवसरहरुको समुचित उपयोग गर्दै कम्पनीलाई देशको अग्रणी निर्जीवन बीमा कम्पनीको रुपमा स्थापित गर्न व्यवस्थापन दत्तचित भइ लागेको उनले बताए । कम्पनीले आफ्ना कर्मचारीहरुको लागि समयानुकुल तालिमहरु प्रदान गर्नुपर्ने यर्थार्थलाई मध्यनजर गरी इन्स्योरेन्स इन्स्टिच्युट लगायत देशभित्र र भारतमा समेत आयोजना हुने तालिमहरुमा सहभागी गराउदै आएको छ ।

बीमालाई सबै जनताहरुको पहुँच पुर्याउने सरकारको नीति अनुसार बीमा सेवालाई शहरदेखी ग्रामिण क्षेत्रसम्म विस्तार गर्ने क्रममा प्रधान कार्यालय लगायत मुलुकभरका प्रादेशिक कार्यालय सहितका १११ वटा कार्यालयहरुबाट सेवा प्रदान गर्दै आएको छ ।

दुबै कम्पनीहरु एकआपसमा मर्ज भएपछि बजारको विश्वासमा अझ बृद्धि हुने, दक्ष जनशक्ति एकिकृत भइ व्यवस्थापन पक्ष सशक्त हुने, कम्पनीको व्यवसाय उल्लेख्यनीय रुपमा बढ्ने आत्मविश्वास यथार्थमा देखिएको अध्यक्ष मुलको बताए ।   

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया